कोशीमा काँग्रेसलाई मन्त्रीको टुंगो लगाउन हम्मे

  • साउन १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ नेकपा माओबादी एमालेसँगको सत्ता समीकरणबाट बाहिरिएपछि सत्ता समीकरणमा रहेको नेपाली काँग्रेसलाई मन्त्रीहरूको नाम टुङ्ग्याउन काङ्ग्रेसलाई सकस परेको छ ।

पार्टी भित्र मन्त्री बन्ने आकाङ्क्षी धेरै भएपछि मन्त्रीको नाम टुङ्गो लगाउन काङ्ग्रेसलाई सकस परेको हो ।

मन्त्रीमण्डलमा पठाउनेको नाम टुङ्गोमा पुग्न नसकेपछि काङ्ग्रेस भित्र आन्तरिक किचलो बढेको छ । काङ्ग्रेस भित्रको गुटगत राजनीतिका प्रभावका कारण पनि मन्त्रीको नाम टुङ्गोमा पु¥याउन सकस भएको एक नेताले बताए ।

उनका अनुसार पार्टी सभापति देउवा निकटबाट दुई डा शेखर कोइराला निकटबाट एक र प्रभावशाली नेता कृष्ण सिटौला निकटबाट एक जनालाई मन्त्री मण्डलमा पठाउने गरिको सहमति जुटेको छ ।

तर कसलाई पठाउने भन्ने विषयमा भने पार्टी भित्र पेचिलो बहस सुरु भएको छ । कोशी प्रदेशमा काङ्ग्रेसका २९ जना संसद् रहेका छन् । ती मध्ये अधिकांश मन्त्री बन्न लबिङमा रहेका छन् ।

आफू निकटका नेताहरूलाई मन्त्री बनाइदिन उनीहरू लविङ्गमा रहेको काँग्रेसका नेताहरू बताउँछन् । मन्त्री बन्न अधिकांश प्रदेश सभा सदस्यहरू काठमाण्डौमा रहेका छन् ।

प्रदेश सभा सदस्य काठमाण्डौमा भएका कारण काङ्ग्रेस कोशी प्रदेश संसदीय दलको बैठक समेत काठमाण्डौमा बस्दै आएको छ ।

काङ्ग्रेसबाट मन्त्री बन्न खोटाङका भूपेन्द्र राई,मोरङका भीम पराजुली,इलामका गोविन्द गिरी, मोरङकै मानबहादुर लिम्बु मन्त्री बन्ने दौडमा छन् । यस्तै ताप्लेजुङका खगेनसिंह हाङ्गाम,झापाका भूमिप्रसाद राजवंशी, उदयपुरका हिमाल कार्की, ओखलढुङ्गाका प्रदीप सुनुवार समेत मन्त्री बन्ने दौडमा छन् ।

कार्की र सुनुवार दुवै यस अघि मन्त्री भइसकेका हुन् भने अरू यस अघि मन्त्री बनेका छ्रैनन् ।

यसै गरी मोरङकी शोभा चेम्जोङ्ग र सोलुखुम्बुकी डोल्मा तामाङमा समेत मन्त्री बन्न दौडमा रहेका छन् ।

यस्तै मोरङकै गयानन्द मण्डल समेत मन्त्री बन्ने दौडमा छ । मन्त्री बन्ने दौडमा रहेका भूपेन्द्र र भीम सिटौला निकट हुन् । उनीहरू मध्ये एक जना मन्त्री बन्ने पक्का रहेको काँग्रेस श्रोतले जनाएको छ ।

यस्तै गिरी र लिम्बु कोइराला निकट हुन् । उनीहरू मध्ये एक जनालाई मन्त्री बनाउने तयारी भएको छ ।

देउवा निकटहरूको सङ्ख्या धेरै भएकाले नाम फाइनल गर्न सकस देखिएको छ । मन्त्री बन्ने दौडमा अधिकांश प्रदेश सभा सदस्य र दलका नेता समेत काठमाडौँ भएका कारण सत्ता साझेदार एमाले समेत बैठकका लागि काठमाडौँ जानु परेको छ ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की समेत मन्त्री मण्डल टुङ्गोमा पु¥याउनका लागि छलफल गर्न काठमाण्डौमा छन् ।

शनिवार काठमाडौँ गएका मुख्यमन्त्री काङ्ग्रेस सँगको छलफलमा छन् । हिजो काङ्ग्रेससँग भएको छलफलमा मन्त्रालय बाँडफाँड मोटामोटी टुङ्गोमा पुगेको छ । छलफलमा काँग्रेसलाई ४वटा मन्त्रालय दिने सहमति भएको छ ।

एमालेले मुख्यमन्त्री सहित ५ मन्त्रालालयको जिम्मेवारी पाउने सहमति भएको छ ।नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मङ्गलबार सम्ममा सवै बिषयमा सहमति हुने बताए । उनका अनुसार अहिले सम्म मन्त्रालय बाँडफाँडका बिषयमा टुङ्गो लागेको बताए ।

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved