सञ्चारकर्मी धमला आक्रमण प्रकरण: मेयरका श्रमदान अभियन्ता समीर पक्राउ

  • साउन ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ इलाका प्रहरी कार्यालय धरानको गेट अगाडि अराजकढंगबाट प्रस्तुत भएको भन्दै मेयर हर्कराज राईका समर्थक समिर तामाङलाई प्रहरीले धरानको भानुचौकबाट पक्राउ गरेको छ ।

सञ्चारकर्मी सञ्जिता धमलालाई उपचारकै क्रममा गत हप्ता बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आक्रमण भएपछि आक्रमणमा संलग्नलाई प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ गरेका व्यक्तिहरु निर्दोष भएको भन्दै रिहाइको माग गर्दै इलाका प्रहरी कार्यालय धरानको गेट तोडफोडको प्रयास गर्नेलाई प्रहरीले पक्राउ लिष्टमा राखेको थियो ।

पक्राउ परेका तामाङ मेयर राईको श्रमद्धान अभियानका खास व्यक्तिको रुपमा धरानमा चिनिदै आएका थिए ।

सोही अनुरुप प्रहरीले मंगलबार प्रहरीले टोलीले तामाङलाई पक्राउ गरेको हो ।

पक्राउपछि मेयर हर्कराज राईको समर्थक भनिदै आएका सचेत धरानका टोलीले विना सर्त रिहाइको माग गर्दै बुधबार विरोधसभाको आयोजना गरेका थिए ।

उनीहरुले पक्राउ परेका सबैलाई बिना सर्त रिहाइको माग गरेका थिए ।

सार्वजनिक स्थलमा कुटपिटको लागि धमलालाई एक्सरे कक्षबाट लछारपछार गर्न खोजेको सिसिटिभी फुटेजमा देखिएपछि सात जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक मुद्धामा जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।

मेयर हर्क राज राईसँग केही समय अगाडि जिल्ला प्रहरी कार्यालय सुनसरीले आयोजना गरेको सार्वजनिक सुनुवाईमा राखेको कुराको विषयमा मेयर राईसँग कार्यकक्षमै विवाद हुदा प्रहरी लगाएर धमलालाई निकालेको विषयमा चर्चामा आएको थियो ।

गणतान्त्रिक मुलुकमा बोल्न पाउने अधिकार हनन भएको कुरा व्यापक उठ्दै आएको बेला पुन : प्रतिष्ठानमै उपचारकै क्रममा हातपातको प्रयास भएपछि भने प्रहरीले हातपात गर्ने विरुद्ध पक्राउ अभियान नै अगाडि बढाएको थियो ।

सोही अभियान अन्तर्गत तामाङलाई समेत पक्राउ गरिएको इलाका प्रहरी कार्याय धरानले जनाएको छ ।

प्रहरीले सो घटनामा संलग्न ५ जना महिलाहरुलाई वीपी प्रतिष्ठानबाट पक्राउ थियो भने घट्नामा संलग्न भएको भन्दै सिर्जना बेघालाई ग्रीन टि पसल र पुर्ण वान्तवालाई माछा भौडीबाट गरेको थियो ।

 

 

 

 

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved