धरानमा नयाँ वजेट बल्ल आयो, मेयर र उप मेयर कोषमा कति बजेट ?

  • साउन ७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ लामो विवादपछि धरान उपमहानगरपालिकाले नयाँ आर्थिक वर्षको बजेट बल्ल विनियोजन गरेको छ ।

आइतबार साँझ १५ औं नगर सभा मार्फत २०८१/०८२ को लागी १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार २ सय ८० को बजेट विनियोजन गरेको हो ।

सभामा उपमेयर अईन्द्र विक्रम बेघाले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कुल बजेटमा ४२ करोड ९७ लाख ६ हजार आन्तरिक स्रोत आय अनुमान गरिएको छ ।

आर्थिक वर्षका ०८१/८२ लागि आन्तरिक राजश्व बाट ४८ करोड ४१ लाख ३४ हजार २८०, सङ्घीय सरकार अनुदानबाट ८९ करोड १९ लाख, प्रदेश सरकार अनुदान ६ करोड ४० लाख ६४ हजार सघीय राजश्व बाँडफाँडबाट २१ करोड ३४ लाख प्रदेश राजश्व बाँडफाँडबाट २४ करोड ८ लाख ५० हजार प्राप्त हुने अनुमान गरिएको छ ।

उक्त अनुमान मध्ये २० वटै वडा तर्फ २१ करोड तथा सम्झौता तथा कार्यक्रम सम्पन्न भई भुक्तानी हुन नसकेको क्रमागत आयोजनका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा विषयगत तर्फ सहरी योजना तथा भौतिक पूर्वाधार विकासमा ४५ करोड ८२ लाख २९ हजार, शिक्षा युवा तथा खेलकुदमा ४६ करोड २६ लाख ९५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

स्वास्थ्यमा ८ करोड ३ लाख ८४ हजार, सामाजिक विकासमा ४ करोड ४१ लाख, आर्थिक विकासमा १ करोड ८४ लाख ९४ हजार, वन वातावरण ऊर्जा तथा विपद् व्यवस्थापनमा १ करोड ४० लाख, पर्यटनमा ९० लाख ५० हजार विनियोजन गरिएको छ ।

सूचना तथा सञ्चारमा २५ लाख ५० हजार, कानुन तथा न्याय सम्पादनमा १० लाख, सार्वजनिक जग्गा संरक्षणमा २० लाख , राजश्व परिचालनमा २३ लाख, वडा पूर्वाधार निर्माण कार्यक्रममा २५ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

मेयर र उपमेयर तजबीज कोषमा कति ?

नगरसभा मार्फत मेयर भिजन कार्यक्रम र उपमेयर भिजन कार्यक्रम भने वजेट विनियोजन गरिएको छ ।

यो विगतका वर्षमा मेयर कोष र उप मेयर कोष भनेर बजेट विनियोजना हुने गरेको थियो । तर यो पाली भने भिजन कार्यक्रम भनिएको छ ।

जुन मेयर र उपमेयरको तजबीजमा खर्च हुने वजेट हो ।

मेयरको लागि ५ करोड, उपमेयर भिजन कार्यक्रममा ३ करोड रुपैयाँ विनियोजन गरेको छ । मेयर कोषमा १ करोड ८० लाख, उपमेयर कोषमा ७५ लाख रहेको छ ।

धरानको ब्रान्ड युएन ...

धरान/ धरानको युएन कलेज नवोदय कोशी धरानमा गुणस्तरीय ...

ताप्लेजुङमा पहिरोले ...

ताप्लेजुङ/  ताप्लेजुङको सिदिङ्वा गाउँपालिका&n ...

धरानको इतिहास बोकेको ...

धरान/ धरान उपमहानगरपालिका भित्र अवस्थित डिपोट स्कु ...

धरानकी इचिङ्ग्सा लिम ...

झापा/ राष्ट्रिय स्तरको नृत्य रियालिटी शो ‘मे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved