विराटनगर/ नेकपा एमालेका अध्यक्ष केपी शमौ ओलीले माओबादी अध्यक्ष पुष्पकमल दाहालसँगको सत्ता परिवर्तन गरी काँग्रेससँग सरकारको गठवन्धन गरि ओली स्वयम् प्रधानमन्त्री बनेपछि कोशी प्रदेशमा पनि त्यसको असर प¥यो । केन्द्रमा सरकार परिवर्तन भएसँगै कोशीमा हिक्मत कार्की नेतृत्वको सरकारमा रहेको माओबादी पार्टीका मन्त्रीहरुले राजीनामा दिए । त्यसपछि नेपाली काँग्रेसलाई मुख्यमन्त्री कार्कीले केन्द्रिय सरकारको समीकरण अनुसार सरकार बनाउनु पर्ने हो । तर नेपाली कांग्रेसलाई सरकारमा ल्याउन पहल अगाडि बढाइरहेको भए पनि अझै कांग्रेस अलमलमै देखिएको छ ।विशेष गरी कांग्रेसभित्रकै आन्तरिक विवादका कारण कोशी प्रदेश सरकार
धरान/ धराने जनताको ढाड सेक्ने गरि धरानमा खानेपानीको महशुल बृद्धि गरिएको भनेर धरानमा महसुल फिर्ताको आन्दोलन १० वटा राजनीतिक दलहरुले चकाईरहेको बेला धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले दलहरुको आन्दोलनलाई काउण्टर दिएका छन् । उच्च अदालत विराटनगर धरानको खानेपानी बोर्ड र अन्य काउन्टमा लगाइएको ताला तत्काल खोल्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि राजनीतिक पार्टीले खानेपानी व्यवस्थापन बोर्ड र काउण्टरमा लगाएको ताला खोलिने भएको छ । उक्त आदेशले ताला खोल्नका लागि खानेपानी बोर्डलाई बाटो खुल्ला गरि दिएको छ । अदालतले भनेको छ ,‘ २०८१ साउन २८ गतेसम्म धरान खानेपानी व्यवस्थापन बोर्डको कार्
काठमाण्डौ/ ३० जना यात्रुको ज्यान जोगाएर मृत्युवरण गरेका चालक मेघनाथ विकलाई मरनोपरान्त राष्ट्रिय सम्मान गर्दै पीडित परिवारलाई राहतको व्यवस्था गर्ने लगायत १० बुँदे प्रस्ताव पारित गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको राष्ट्रिय प्रतिनिधि परिषद् हेटौंडामा सम्पन्न भएकोछ । नारायण मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित १७ किलोमा असार २८ गते रुपन्देहीको छपियाबाट यात्रु लिएर काठमाण्डैं जाँदै गर्दा लु २ ख ६५६६ नम्बरको प्रतिज्ञा डिलक्सका चालक मेघनाथ विकलाई पहिरोबाट आएको ढुङ्ग लागेपछि घाइते अवस्थामै चालक विकले ३० जना यात्रु सहितको बसलाई ५० मिटर दुरीको सुरक्षित स्थानमा रोकेर
काठमाडौँ/ सत्ता साझेदार नेपाली कांग्रेसको आन्तरिक ‘किचलो’ का कारण कोशी प्रदेशमा सरकार विस्तार अड्किएपछि पार्टी सभापति शेरबहादुर देउवा नै सक्रिय भएका छन् । कोशीमा देखिएको सरकार विस्तारको ‘सकस’ फुकाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । बैठक सभापति देउवा निवास बूढानीलकण्ठमा आज (सोमबार) विहानैदेखि जारी छ ।कांग्रेसभित्रको गुट व्यवस्थापन गर्न नसकेपछि कांग्रेस संसदीय दलका नेता उद्धव थापा काठमाडौँ आएका छन् । कोशीमा कांग्रेस एमालेबिच भएको सहमतिअनुसार कांग्रेसले चार वटा मन्त्रालय पाउन
धरान/ धरानको खानेपानीको महसुल बृद्धि गरिएको विराेधमा धराने जनताले आन्दोलन गरिरहेको बेला संघीय सरकारको खानेपानी सरसफाई तथा सेवा महसुल निर्धारण आयोगले बृद्धि गरिएको महसुल कार्यान्वयन नगर्न निर्देशन दिएको छ । खानेपानी व्यवस्थापन बोर्ड धरानले वृद्धि गरेको खानेपानीको शुल्क र महसुल कार्यान्वयन नगर्न निर्देशन दिएको हो । आयोगको साउन १८ गते बसेको बैठकले तत्काल महसुल वृद्धि सम्बन्धी निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको धरान खानेपानी बोर्डलाई निर्देशन दिएको छ । धरानमा खानेपानीको शुल्क र महसुलमा वृद्धि गरेको विषयमा आयोगले तत्काल कार्यान्वयनमा नगर्न आदेश दिएको छ । आयोगका पत्रमा भनिए
इटहरी/ नेकपा एमाले केन्द्रीय कार्यसमितिले विभिन्न ठाउँमा इञ्चार्ज तोकेको छ । केही दिनअघि बसेको एमाले केन्द्रीय कमिटिको बैठकले विभिन्न प्रदेशसहित, जिल्ला र क्षेत्रमा इञ्चार्ज तोकेको हो । केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार कोशी प्रदेशमा शेरधन राईलाई इञ्चार्ज तोकिएको छ । यसैगरी कोशी प्रदेशका विभिन्न जिल्ला र क्षेत्रमा पनि इञ्चार्ज तोकिएको छ । सार्वजनिक विज्ञप्तिअुनसार सुनसरी जिल्लामा जगदीश कुशियतलाई इञ्चार्जको जिम्मेवारी दिइएको छ । उनी कोशी प्रदेशका पूर्व पर्यटन, वन तथा वातावरण मन्त्रीसमेत हुन् । उनी गत निर्वाचनमा प्रतिनिधिसभा क्षेत्र नं. ४ बाट उम्मे
धरान/ दश दिनदेखि बृद्धि भएको खानेपानी महसुल यथावथ बनाउनुपर्ने माग राख्दै आन्दोलित धरानका १० राजनीतिक दलहरुले आइतबार धरान १३ मा रहेको खानेपानी व्यवस्थापन बोर्डमा तालाबन्दी गरेका छन् । दश दलले आयोजना गरेको आन्दोलनको कार्यक्रममा धरानका सर्वसाधारणले समेत साथ दिएपछि आन्दोलन चर्किंदै गएको छ । धरान २ सिंहदेवीचौकबाट जनता मार्न पाइँदैन, बृद्धि भएको महसुल फिर्ता गर लगायतका नारा लगाउँदै दलबलसहित बोर्डमा पुगेको समूहले बोर्डका अध्यक्ष हर्कराज राई, कार्यकारी निर्देशक इन्जिनियर राजु पोख्रेल लगायतका कार्यकक्षमै तालाबन्दी गरेका हुन् । चरणबद्ध आन्दोलनमा उत्रिएका १० दलले खानीपानीको महसुल, जडान शुल्क, नाम
धरान/ धराने जनताको लागि खाने पानी सहज रुपमा आपूति गर्न पाउनु फलाम चपाएझै भएको छ। हिउदको समयमा खाने पानीको अभावमा कानाकरधनकाक हरुले बर्षाद्मा धारामा पानी प्रसस्त आए पनि चैनको निन्द्रा पाएका छैनन् यसको प्रमुख कारण हो खाने पानीको महसुल ९ हजार प्रतिशतभन्दा बढी बृद्धि हुनु। अहिले यसैको विरोधमा दल आन्दोलित छन् । दश दलको आन्दोलनलाई सर्वसाधारणले समेत समर्थन जनाएका छन्।मनव जीवनसँग जोडिएको अत्यावश्यक कुरामध्ये खानेपानी सबैभन्दा महत्वपूर्ण हो । यो विना जीवन चल्नै सक्दैन । तर पाानरिधाानति बढी हुने गरेको ५ सांसद, नगर प्रमुख, वडाध्यक्ष लगायतले चुनावताका खाने पानी समस्या समाधानको विषयलाई प्राथमिकताना
धरान/ खानेपानीको शुल्क बृद्धिको आन्दोलनमा होमिएका धरानका दश दललाई इमान्दार भएर आन्दोलन गर्न र आन्दोलनलाई निर्णायक मोडमा पुर्याउन धरानका सर्वसाधारणले आग्रह गरेका छन् । दोस्रो चरणको आन्दोलनको घोषणा गरेका दलहरुको पहिलो कार्यक्रम अन्तर्गत विहीबार सुनसरी उद्योग वाणिज्य संघमा आयोजित दल तथा सरोकारवाला पक्षबीच भएको अन्तरक्रिया कार्यक्रमका समयमा दलहरुलाई सर्वसाधारणले यस्तो आग्रह गरेका हुन् । सर्वसाधारणको तर्फबाट बोल्दै महेश श्रेष्ठले दलहरुको आन्दोलनमा सर्वसाधारणलाई विश्वास हुने वातावरण तयार गरेर सबैलाई आन्दोलनमा ल्याउन उत्प्रेरित गर्ने खालका कार्यक्रम अगाडि सार्न दलहरुलाई आग्रह गरे ।
विराटनगर/ कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले अनसन वस्ने चेतावानी दिएका छन् । विराटनगरमा पत्रकार सम्मेलन गर्दे पूर्व मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारले ल्याएका योजनाहरू जनताको पक्षमा रहेको र ती योजना कटौती भएकाले जनताको पक्षमा लोकतान्त्रिक विधि अनुसार सङ्घर्ष गर्ने बताए । उनले आफू नेतृत्वको सरकारले ल्याएको १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचारको योजना काटिएकोमा रोष प्रकट गरे । यस्तै जसको जङ्गल उसको मङ्गल जनवार मैत्री जङ्गल, महिला स्वास्थ्य सेवीकालाई प्रोत्साहन कार्यक्रम, केशलीया कोरिडोर निर्माणको योजना यो सरकारले काटेको भन्दै आफू जस्तो सुकै सङ्घर्षमा उत्रने बता