प्रधानमन्त्री ओलीले भने : 'बिपी प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने प्रस्ताव सकारात्मक छ'

  • असार १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ प्रधानमन्त्री केपी शर्मा ओलीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने प्रस्तावप्रति आफू सकारात्मक रहेको बताएका छन्।

शुक्रबार धरानबाट गएको सर्वदलीय प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेटेर प्रतिष्ठानलाई ‘एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान (छाता) ऐन २०८२’ मा समेट्न नहुने भन्दै ध्यानाकर्षण पत्र बुझाएको थियो। उक्त पत्र प्राप्त गरेपछि प्रधानमन्त्री ओलीले आफू पनि यही धारणा राख्ने बताउँदै सकारात्मक प्रतिक्रिया दिएका हुन्।

प्रतिनिधिमण्डलमा सहभागी नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोखरेलले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, "प्रधानमन्त्रीले भन्नुभयो – 'मैले पनि यही चाहेको थिएँ, तपाईंहरूले साँचो विषय लिएर आउनुभयो।'"

पोखरेलका अनुसार प्रधानमन्त्रीले ध्यानाकर्षण पत्र ध्यानपूर्वक पढेका थिए र स्पष्ट रुपमा समर्थन जनाएका थिए।

प्रतिष्ठानलाई विश्वविद्यालयमा रूपान्तरण गर्नुपर्ने माग गर्दै सर्वदलीय टोली काठमाडौं गएको हो।

सरकारद्वारा संसद्मा प्रस्तुत गरिएको ‘एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०८२’ मा बिपी सहित ६ वटा स्वास्थ्य प्रतिष्ठानलाई एउटै कानुनी छातामुनि ल्याउने प्रयास भइरहेको सन्दर्भमा धरानबाट उक्त पहल भएको हो।

प्रधानमन्त्री ओलीसँगको भेटपछि टोलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसँग पनि छलफल गरेको थियो।

प्रतिनिधिमण्डलमा नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोखरेल, नेकपा माओवादी केन्द्र धरान अध्यक्ष उद्धव लिम्बू, जनता समाजवादी पार्टी नेपालका धरान अध्यक्ष ताजुब लिम्बू, नेकपा एमाले कोशी प्रदेश सदस्य भीम ज्वाला राई, मौसम राई, कुसुम ओली आचार्य, हिमाल श्रेष्ठ, सरोज सिटौला, धरान–१७ का वडाध्यक्ष सूर्यप्रसाद (मनोज) भट्टराईलगायत थिए।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved