बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एमाले नेता पक्राउ

  • असार १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इलाम/ इलामको माई नगरपालिका–२ निवासी ५२ वर्षीय खेमराज ढकाललाई नाबालिका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

आइतबार साँझ उनी आफ्नै घरबाट नियन्त्रणमा लिइएको इलाम प्रहरीले जनाएको छ।

ढकालले माई नगरपालिकास्थित आफूले सञ्चालन गर्दै आएको हरियाली रेसम शैक्षिक सार्वजनिक गुठी स्कुलकै एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको हो।

घटना सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। उनीहरूले दानाबारीस्थित लोदिया प्रहरी चौकी घेराउ गर्दै ढकालमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।

इलाम जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका ढकाल नेकपा एमालेका विभिन्न तहका जिम्मेवार पदमा समेत रहेका छन्।

उनी नेकपा (एमाले) जिल्ला सल्लाहकार परिषद् सदस्य, बुद्धिजीवी परिषद् जिल्ला सदस्य, माई नगरपालिका–१३ का इलाका सचिव तथा माई नगरपालिका शिक्षा समिति सदस्य पनि हुन्।

ढकाललाई जिल्ला प्रहरी कार्यालय इलाम ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved