धरान ११ ले टोलबासीसँग सुझाव संकलन गर्न थाल्यो

  • असार १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थानीय सरकारले प्राय:जनताको मनभावना बुझेर काम गरेको पाइदैन ।

वडाबाट पाउने सुविधा, वडामा आउने बजेट, टोल विकास समितिले गर्ने काम लगायतका समस्याहरुलाई सुल्झाउन भएपनि वडा भेला आवश्यक हुन्छ ।

अन्य वडाले आकलझुकलमा यस्ता भेला गर्ने गरे पनि धरान उपमहानगरपालका वडा नं. ११ ले भने समय समयमा आफ्नो वडामा रहेका टोल विकास समितिका प्रतिनिधि तथा सर्वसाधारणलाई भेला गरेर समस्या बुझ्ने गरेको छ ।

धरान उपमहानगरपालिकाको ११ नं. वडामा ३३ वटा टोल विकास समिति रहेका छन् । वडा भेलामा सहभागी भएका टिएलकोका प्रतिनिधिहरुले सबै वडामा भएका समस्या, विकासका कामहरु गर्न नसके पनि आवश्यकता अनुसार बजेटको आकारलाई हेरेर गर्नुपर्नेमा टिएलओका प्रतिनिधिहरुले वडाध्यक्ष समक्ष बताएका थिए ।.

.टोल विकास समितिका प्रतिनिधिहरुले अनिवार्य गर्नुपर्ने, जनतालाई अपरिहार्य चाहिने आधारभूत आवश्यकतालाई मध्यनजर गरी बजेट विनियोजन गर्नुपर्नमा जोड दिएका थिए ।
उनीहरुले वडामा गरिब तथा असहायहरु धरै भएकोले विमा कार्यक्रम अन्तर्गत त्यस्ता वडालाई निःशुल्क विमाको कार्यक्रम अगाडि सार्नुपर्नेमा जोड दिएका थिए ।

उनीहरुले आफ्नो घर, टोल बलियो बनाउन सकेमात्र वडा समेत बलियो हुने बताउदै वडाले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए । उनीहरुले आवश्यकताको आधारमा बजेटको आकारलाई हेरेर कुनै स्वार्थविना विकासका कामहरु गर्नुपर्नेम जोड दिएका थिए ।

टोल विकास समतिका प्र्रनिधिहरुको कुरा सुनिसकेपछि वडाध्यक्ष लोकेन्द्र फागोले टोलविकास समितिसँग समन्व नगरीकन गरेको विकासका कार्यक्रम प्रभावकारी नभएका कारण समन्वय गरेरमात्र अगाडि बढ्ने गरेको बताउनुभयो ।

उहाँले स्वास्थ्य विमा वडाबासीकालागि अपरिहार्य भएपनि सोचेजस्तो काम गर्न नसकेको बताउदै आर्थिक बर्ष २०८०/८१ म १ करोड ३६ लाख बजेट आएकोमा ४५ प्रतिशत पूर्वाधार विकास, ५५ प्रतिशत विभिन्न सामाजिक विकास कार्यक्रममा कम गर्दा बजेट अपुग हुने स्पष्ट पारै ।

उनले टिएलकोले सिफरिस गरेको व्यक्तिलाई अवस्था हेरेर स्वास्थ्य विमा कार्यक्रम अगाडि बढाउने बताए ।

वास्तवमै यस्ता वडा भेलाहरुले वडामा आउने वास्तविक बजेट, कुन शीर्षकमा कति खर्च गर्ने, बजेट अभावका बाबजुद पनि के कस्ता काम अगाडि बढाउन सकिन्छ लगायतका कुरा बुझ््न वडा भेलाले सहयोग गरेको थियो ।

यतिमात्र हैन जनप्रतिनिधि र जनताबीच प्रत्यक्ष भेटघाट, भलाकुसारी गर्ने अवसरका रुपमा पनि धरान ११ मा गरिएको वडा भेलाले जुराइदिएको थियो ।

रास्वपामाथि प्रतिबन् ...

धरान/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि लग ...

२४ वर्ष कैद सजाय पाए ...

इनरुवा/  ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) ...

धरानको ब्रान्ड युएन ...

धरान/ धरानको युएन कलेज नवोदय कोशी धरानमा गुणस्तरीय ...

ताप्लेजुङमा पहिरोले ...

ताप्लेजुङ/  ताप्लेजुङको सिदिङ्वा गाउँपालिका&n ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved