धरान/ सुनसरी उद्योग वाणिज्य संघको अध्यक्ष पदको निर्वाचन नजिकिँदै जाँदा धरानको व्यापारिक माहोल मात्र होइन, बौद्धिक र राजनीतिक वृत्त समेत चुनावी सरगर्मीले तताइएको छ। असार ३० गते हुने निर्वाचनलाई लिएर संघको नेतृत्व कसले लिने भन्ने बहस अहिले चिया पसलदेखि उद्योग परिसंघसम्म गुञ्जिरहेको छ। अध्यक्ष पदका लागि वर्तमान प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ र अघिल्लो कार्यकालमा अध्यक्षमा पराजित शिवराज श्रेष्ठ प्रतिस्पर्धामा छन्। दुवै जना अनुभवी, योजनाबद्ध र व्यापारी वर्गसँग सघन सम्पर्कमा रहेका उम्मेदवार हुन्। यद्यपि, उनीहरूको एजेन्डा र नेतृत्वको दृष्टिकोण फरक–फरक देखिन्छ। गोपाल श्रेष्ठ ८ जना पूर्व अ
धरान/ धरान उपमहानगरपालिका–१६ स्थित नौलो बस्तीमा निर्माण भएको ग्याबिन जाली (तार जाली) सम्बन्धी विवाद अन्ततः समाधान भएको छ। निर्माण सम्पन्न भइसकेको संरचनाको भुक्तानीमा देखिएको अन्योल अन्त्य गर्न मेयर हर्क साम्पाङको पहलमा सर्वपक्षीय छलफलपछि सहमति जुटेको हो। मेयर साम्पाङ, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, प्राविधिक कर्मचारी, उपभोक्ता समिति, निर्माण व्यवसायी र स्थानीय बासिन्दाको उपस्थिति रहेको बैठकपछि सार्वजनिक निरीक्षण गरिएको थियो। सो क्रममा सम्झौताबमोजिमको म्याटेरियल मूल्य रु. ७ लाख ४१ हजार उपभोक्ता समितिलाई भुक्तानी दिने निर्णय गरिएको छ। प्राविधिक विवरणअनुसार, ३x१x१ र २x१x१ साइजका
धरान/ धरान उपमहानगरपालिकाबाट समयमा भुक्तानी नपाएको गुनासो गर्दै निर्माण व्यवसायीहरूले सोमबार (आज)मेयर हर्कराज राई ‘साम्पाङ’लाई औपचारिक रूपमा ज्ञापनपत्र बुझाएका छन्।नेपाल निर्माण व्यवसायी संघ धरान उपमहानगर समितिका अध्यक्ष महेन्द्र प्रधानको नेतृत्वमा पुगेको टोलीमा संघका जिल्ला महासचिव तिल विक्रम लिम्बु, उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ, नगरका पदाधिकारी, निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूको बाक्लो उपस्थिति थियो।ज्ञापनपत्रमार्फत व्यवसायीहरूले सम्पन्न भइसकेका निर्माण कार्य—जसमा सडक, नाला, भवन मर्मत, खानेपानी, ढललगायतका पूर्वाधार समेटिएका छन्&md
धरान/ उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध आक्रोशित बनेका चिकित्सकहरू आज देशव्यापी आन्दोलनमा उत्रिएका छन्। नेपाल चिकित्सक संघको आह्वानमा सोमबार धरानसहित देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएका छन्। सेवा बन्दका कारण सर्वसाधारण बिरामीहरू मर्कामा परेका छन्। चिकित्सा लापरबाहीका घटनामा क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको निर्णयविरुद्ध संघ आन्दोलित बनेको हो। संघका महासचिव डा. सञ्जिव तिवारीलाई अदालतले सात दिनभित्र उपस्थित हुन आदेश दिएपछि आन्दोलन चर्किएको हो। संघको आन्दोलनमा नौवटा स्वास्थ्य संस्थाहरूले ऐक्यबद्धता जनाएका छन्। धरानस्थित बीपी कोइ
धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थानीय सरकारले प्रायः जनताको मनभावना बुझेर काम गरेको पाइदैन । वडाबाट पाउने सुविधा, वडामा आउने बजेट, टोल विकास समितिले गर्ने काम लगायतका समस्याहरुलाई सुल्झाउन भएपनि वडा भेला आवश्यक हुन्छ । अन्य वडाले आकलझुकलमा यस्ता भेला गर्ने गरे पनि धरान उपमहानगरपालका वडा नं. ११ ले भने समय समयमा आफ्नो वडामा रहेका टोल विकास समितिका प्रतिनिधि तथा सर्वसाधारणलाई भेला गरेर समस्या बुझ्ने गरेको छ ।धरान उपमहानगरपालिकाको ११ नं. वडामा ३३ वटा टोल विकास समिति रहेका छन् । वडा भेलामा सहभागी भएका (टिएलओ)का प्रतिनिधिहरुले सबै वडामा भएका समस्या, विकासका कामहरु गर्न नसके
धरान/ शनिबार धरानमा भ्रष्टचार र अतिक्रमण विरुद्धको मोटरसाइकल र्याली निकालिएको छ । संघीय लिम्बुवान मञ्च सुनसरीको आयोजनामा भ्रष्टाचार, भूमाफिया, जलमाफिया तथा सांस्कृतिक अतिक्रमण विरुद्ध मोटरसाइकल र्याली गरिएको लिम्बुवान भोलिन्टियर्स (एल भी) का केन्द्रीय सदस्य प्रेम लिंखिमले बताए । उनका अनुसार धरान उपमहानगरपालिका–८ स्थित तीनकुनेबाट सुरु भएको मोटरसाइकल र्याली महादेवचोक, सेउती पुल, तल्लो देउराली, याक्थुम चोक, बगरकोट, एवरेस्ट लाइन, माछा भौडी, भानुचोक, छाताचोक, लक्ष्मीचोक, जिरोपोइन्ट चोक, रंगशाला मार्ग, पानी ट्याङ्की, मंगलबारे चोक, रत्नचोक, बुद्धचोक, किरातचोक, हुँदै सिलामसाकमा चोकको परिक
धरान । धरान उपमहानगरपालिकाले हालै आफ्ना २० वटै वडामध्ये वडा नं. ९ लाई बालमैत्री वडा का रूपमा घोषणा गरेको छ ।शनिबार औपचारिक कार्यक्रम गरि वडालाई बालमैत्री वडाको भनेर घोषणा गरेको हो । धरान उपमहानगरपालिकाको उपमेयर आइन्द्र विक्रम वेघाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । ९ नम्बरका वडाध्यक्ष रुपेश आचार्यका अनुसार ाबालबालिकाको अधिकार, सुरक्षा र सहभागितामा केन्द्रित नीति तय गरि धरान उपमहानगरपालिकाले आफ्नो दीर्घकालीन योजना अनुसार सबै वडामा बालहितमा नीति–कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता जनाए अनुरुप बाल मैत्रीको सम्पुर्ण सुचकहरु पुरा गरेर वडालाई बालमैत्री वडा घोषण
धरान/ नेकपा एमाले धरान उपमहानगर कमिटीले आफ्नै पार्टीबाट निर्वाचित वडाध्यक्षविरुद्ध कडा कदम चालेको छ। वडानं. ४ का वडाध्यक्ष धनबहादुर राईलाई पदबाट हटाउने सिफारिस गर्दै पार्टीले औपचारिक रूपमा जिल्ला कमिटीमा कारबाही प्रक्रिया अघि बढाएको छ। पार्टी अनुशासन उल्लङ्घन गरेको, नेताविरुद्ध सार्वजनिक रूपमा धारणा राखेको र संगठनसँग सम्पर्कविहीन भएको आरोपमा राईमाथि कारबाहीको सिफारिस गरिएको हो। एमाले धरानका अध्यक्ष हर्कजङ्ग एभेङका अनुसार वडा कमिटीबाट आएको सिफारिसलाई उपमहानगर कमिटीले सदर गर्दै जेठ २५ गतेकै निर्णयका आधारमा जिल्लामा पठाइएको हो। “पार्टीसँग समन्वय छैन, कार्यक्रममा आउँदैनन्, उल्टै नेत
धरान/ पछिल्लो समय धरानमा भएका तीन छुट्टाछुट्टै गम्भीर अपराध घटनामा संलग्न मुख्य आरोपीहरूलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी सार्वजनिक गरेको छ। आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश जवेगुले घटनाका विवरण सार्वजनिक गर्दै समाजमा शान्ति–सुरक्षा कायम राख्न प्रहरी निरन्तर सक्रिय रहेको बताए। १. १३ वर्षीया बालिकामाथिको यौन दुव्र्यवहार धरान–१६ स्थित नौलो बस्तीमा श्रमदानका क्रममा सर्दु खोलामा गएकी १३ वर्षीया बालिकामाथि गएको बैशाख १७ गते यौन दुव्र्यवहार भएको थियो। ५०–५५ वर्ष उमेरका एक व्यक्तिले बालिकामाथि दुव्र्यवहार गरेको विवरण आ
धरान/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि लगाइएको प्रतिबन्ध र पार्टी सभापति रवि लामिछानेविरुद्ध देखिएको राजनीतिक प्रतिशोधको विरोधमा धरानमा हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ। रास्वपा धरान उपमहानगर समितिको आयोजनामा मङ्गलबार दिउँसो ४ बजेदेखि धरान स्थित भानुचोकमा ‘हस्ताक्षर अभियानमा सहभागी बनौं’ भन्ने मूल नाराका साथ अभियानको सुरुआत गरिएको हो। अभियानको नेतृत्व धरान उपमहानगर समितिका संयोजक राम कार्कीले गरेका थिए। कार्यक्रममा सहभागीहरूले हस्ताक्षरमार्फत वर्तमान सत्ता संरचनाको विरोध जनाउँदै रास्वपाको पक्षमा ऐक्यबद्धता प्रकट गरेका थिए। संयोजक कार्कीले वर्तमान सत्ताले नागरिक