भुक्तानी नपाएपछि धरानका निर्माण व्यवसायीको ज्ञापनपत्र, मेयरले दिए चाँडै समाधानको आश्वासन

  • असार २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान उपमहानगरपालिकाबाट समयमा भुक्तानी नपाएको गुनासो गर्दै निर्माण व्यवसायीहरूले सोमबार (आज)मेयर हर्कराज राई ‘साम्पाङ’लाई औपचारिक रूपमा ज्ञापनपत्र बुझाएका छन्।

नेपाल निर्माण व्यवसायी संघ धरान उपमहानगर समितिका अध्यक्ष महेन्द्र प्रधानको नेतृत्वमा पुगेको टोलीमा संघका जिल्ला महासचिव तिल विक्रम लिम्बु, उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष  गोपाल श्रेष्ठ, नगरका पदाधिकारी, निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूको बाक्लो उपस्थिति थियो।

ज्ञापनपत्रमार्फत व्यवसायीहरूले सम्पन्न भइसकेका निर्माण कार्य—जसमा सडक, नाला, भवन मर्मत, खानेपानी, ढललगायतका पूर्वाधार समेटिएका छन्—को भुक्तानी तत्काल उपलब्ध गराउन माग गरेका छन्।

व्यवसायीहरूका अनुसार प्राविधिक परीक्षण, सुपरिवेक्षणलगायत सबै प्रक्रिया पुरा भए पनि बारम्बार आग्रह गर्दा पनि बिल प्रमाणीकरण तथा भुक्तानी प्रक्रिया अघि नबढेको गुनासो गरिएको छ।

ज्ञापनपत्रमा उल्लेखित तीन मुख्य मागहरू: 

१. तोकिएको समयमा सम्पन्न गरिएका सबै कार्यको बाँकी भुक्तानी तुरुन्त दिनु।

२. बिल प्रमाणीकरण र भुक्तानी प्रक्रिया पारदर्शी र समयबद्ध बनाउनु।

३. आगामी दिनमा यस्ता ढिलाइ नहोस् भन्ने सुनिश्चितता गर्नु।

ज्ञापनपत्र बुझेपछि मेयर साम्पाङले उपस्थित व्यवसायीहरूसँग हात मिलाउँदै समस्या सानो ‘मिसअन्डरस्ट्यान्डिङ’का कारण भएको बताउँदै चाँडै समाधान गरिने प्रतिबद्धता जनाए। उनले भने, "अब त्यो सानो समस्या मिलिसकेको छ, अब ढिलाइ हुँदैन, सबै भुक्तानी प्रक्रिया अघि बढ्छ।"

व्यवसायीहरूले असार मसान्त लागिसकेको अवस्थामा मजदुरको पारिश्रमिक र पसल–आपूर्तिकर्ताको भुक्तानी दिन नसकिएको गुनासो राखेका थिए।

ज्ञापनपत्र हस्तान्तरणपछि सुउवासंघकाे आगामी असार ३० मा हुने निर्वाचनमा उमेद्वारी दिएका व्यवसायी हरुलाई   शुभकामना आदानप्रदानका साथ टुंगिएको थियो। मेयरले उम्मेदवार र व्यवसायीहरूलाई शुभकामना दिँदै सहकार्यमा समस्या समाधान गर्दै अघि बढ्ने आश्वासन दिएका थिए।

भिडियो हेर्नुस:

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved