धरानसहित देशभर चिकित्सकको आन्दोलन: आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प

  • असार २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध आक्रोशित बनेका चिकित्सकहरू आज देशव्यापी आन्दोलनमा उत्रिएका छन्।

नेपाल चिकित्सक संघको आह्वानमा सोमबार धरानसहित देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएका छन्। सेवा बन्दका कारण सर्वसाधारण बिरामीहरू मर्कामा परेका छन्।

चिकित्सा लापरबाहीका घटनामा क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको निर्णयविरुद्ध संघ आन्दोलित बनेको हो। संघका महासचिव डा. सञ्जिव तिवारीलाई अदालतले सात दिनभित्र उपस्थित हुन आदेश दिएपछि आन्दोलन चर्किएको हो।

संघको आन्दोलनमा नौवटा स्वास्थ्य संस्थाहरूले ऐक्यबद्धता जनाएका छन्। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि आन्दोलनमा सहभागी हुँदै सोमबार आकस्मिकबाहेक सेवा बन्द गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजित कुमारद्वारा जनाइएको छ।

नेपाल चिकित्सक संघको नेतृत्वमा चिकित्सकीय मुद्दामा उपभोक्ता अदालतको अधिकार क्षेत्रबारे असन्तुष्टि जनाउँदै विभिन्न संघसंस्था र सरोकारवालाहरूको समन्वयमा चरणबद्ध आन्दोलन जारी राख्ने कार्यक्रम सार्वजनिक गरिएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved