धरान–१६ को ग्याबिन जाली विवाद टुंगियो, सामूहिक सहमतिसहित भुक्तानी प्रक्रिया अघि बढ्यो

  • असार २४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिका–१६ स्थित नौलो बस्तीमा निर्माण भएको ग्याबिन जाली (तार जाली) सम्बन्धी विवाद अन्ततः समाधान भएको छ।

निर्माण सम्पन्न भइसकेको संरचनाको भुक्तानीमा देखिएको अन्योल अन्त्य गर्न मेयर हर्क साम्पाङको पहलमा सर्वपक्षीय छलफलपछि सहमति जुटेको हो।

मेयर साम्पाङ, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, प्राविधिक कर्मचारी, उपभोक्ता समिति, निर्माण व्यवसायी र स्थानीय बासिन्दाको उपस्थिति रहेको बैठकपछि सार्वजनिक निरीक्षण गरिएको थियो।

सो क्रममा सम्झौताबमोजिमको म्याटेरियल मूल्य रु. ७ लाख ४१ हजार उपभोक्ता समितिलाई भुक्तानी दिने निर्णय गरिएको छ।

प्राविधिक विवरणअनुसार, ३x१x१ र २x१x१ साइजका गरी कुल १७६ थान तार जाली, ढुङ्गा ढुवानी र अन्य निर्माण सामग्रीको मूल्यांकन गरी कुल लागत रु. १७ लाख ४० हजार २९४ पुगेको थियो।

श्रमदानबाट गरिएको कामको मूल्य झण्डै १० लाख रुपैयाँ बराबर देखिएको छ।

छलफलपछि तयार पारिएको सर्जमिन मुचुल्कामा सबै सरोकारवालाले हस्ताक्षर गरेपछि विवादको गाँठो फुकिएको हो। सोही अवसरमा मेयर साम्पाङले भने, "अब ग्याबिन जालीको विषय अन्त्य भएको छ, अबको प्राथमिकता समावेशी र पारदर्शी ढंगले बजेट निर्माणमा केन्द्रित हुनेछ।"

भुक्तानी प्रक्रिया अड्किएकै कारण अन्य योजनाहरूको फाइल पनि रोकिएको थियो। त्यसलाई अघि बढाउन ग्याबिन जाली प्रकरण समाधान गर्नु अपरिहार्य भएको जनाइएको छ।

स्थानीय युवा व्यवसायी ध्रुव गिरीले मेयर साम्पाङ र वडाध्यक्षहरूको भूमिकाको खुलेर प्रशंसा गर्दै भने, "नयाँ पुस्ताका निर्माण व्यवसायीका लागि यो एक सकारात्मक संकेत हो।"

 अन्त्यमा सबै पक्षबीच सहमति जुट्दै भुक्तानीका लागि प्रक्रिया अगाडि बढाउने, सामाजिक सञ्जालमा विवादास्पद सामग्री नहाल्ने लगायतका बुँदामा पनि स्पष्ट सहमति भएको हो।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved