धरानमा यौन दुव्र्यवहार, खुकुरी आतंक र चोरीका आरोपी प्रहरीकाे फन्दामा

  • असार २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ पछिल्लो समय धरानमा भएका तीन छुट्टाछुट्टै गम्भीर अपराध घटनामा संलग्न मुख्य आरोपीहरूलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी सार्वजनिक गरेको छ।

आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश जवेगुले घटनाका विवरण सार्वजनिक गर्दै समाजमा शान्ति–सुरक्षा कायम राख्न प्रहरी निरन्तर सक्रिय रहेको बताए।

१. १३ वर्षीया बालिकामाथिको यौन दुव्र्यवहार 

धरान–१६ स्थित नौलो बस्तीमा श्रमदानका क्रममा सर्दु खोलामा गएकी १३ वर्षीया बालिकामाथि गएको बैशाख १७ गते यौन दुव्र्यवहार भएको थियो। ५०–५५ वर्ष उमेरका एक व्यक्तिले बालिकामाथि दुव्र्यवहार गरेको विवरण आए पनि पहिचान खुलेको थिएन।

घटनाको गम्भीरता र संवेदनशीलताका कारण नाम नखुलाइए पनि पक्राउ परेका व्यक्तिको उमेर ४९ वर्ष रहेको र उनी धरान–१७ का खजिन्द्र राई भएको प्रहरी स्रोतले जनाएको छ।

डिएसपी जवेगुले घटनाबारे पीडित पक्षको जाहेरी आइसकेको र कानुनी प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै, पीडकलाई संरक्षण गर्न वा मिलापत्र गर्न खोज्नेहरूप्रति पनि अनुसन्धान भइरहेको स्पष्ट गरे।

“यस्ता घटनामा मिलापत्र नगराउन र बेलैमा प्रहरीलाई जानकारी दिनु जरूरी छ,” उनले भने।

२. खुकुरी आक्रमण गरी आतंक मच्चाउने तीन जना पक्राउ

असार १२ गते धरान–१० स्थित भिआरसि चोकमा को २० प ७५६३ नम्बरको मोटरसाइकलमा सवार तीन जनाले वडा–२० का २८ वर्षीय समिर राईलाई लखेटेर खुकुरी प्रहार गरेका थिए।

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरी सक्रिय बनेको थियो।

आक्रमणमा संलग्न धरान–१८ का १८ वर्षीय साइमन चौधरी, मंगलबारेका २१ वर्षीय प्रशान्त प्रधान र पासाङ शेर्पालाई पक्राउ गरिएको छ। मोटरसाइकल, हेल्मेट, खुकुरी र फलामको रड समेत बरामद गरिएको डिएसपी जवेगुले जानकारी दिए।

अनुसन्धानका क्रममा तीनै जना लागुऔषध प्रयोगकर्ता रहेको तथ्य खुलेको उनले बताए। “मोबाइल संवादका आधारमा यो आक्रमण मात्र रिसइबी होइन, लागुऔषध सेवनसँग जोडिएको पनि देखिएको छ,” डिएसपी जवेगुको भनाइ थियो।

३. तीन महिनाअघि भएको चोरी प्रकरणमा एक पक्राउ

धरान–१५ निवासी पवित्रा मगरको घरमा गत चैत २४ गते दिउँसो चोरी भएको घटनामा संलग्न काभ्रे बेथानचोक–६ का ४१ वर्षीय सोनाम लामा तीन महिनापछि पक्राउ परेका छन्।

उच्च प्रविधिको प्रयोग गरी काठमाडौं दरबारमार्गबाट पक्राउ गरिएको लामाले धरानका दुई घरमा चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी जवेगुले जानकारी दिए। उनका अनुसार, नगद ४ लाख ४९ हजार ६ सय रुपैयाँ, २ तोला सुन र १७ तोला चाँदी चोरी भएको पाइएको छ।

लामाले भाडामा सवारीसाधन लिएर विभिन्न ठाउँमा वीआईपी झैं होटल बस्ने, रेक्की गरेर मानिस नभएको बेला घरमा चोरी गर्ने तरिका अपनाउने गरेको पनि डिएसपी जवेगुले बताए। हाल उनलाई चोरी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।

एमाले धरानले आफ्नै व ...

धरान/ नेकपा एमाले धरान उपमहानगर कमिटीले आफ्नै पार् ...

धरान-१५ बाट ब्राउन स ...

धरान/धरान उपमहानगरपालिका–१५ स्थित विशाल चोकमा लाग ...

धरान १३ बाट लागू औषध ...

धरान/सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १३ स्थित निशा ...

तस्कर र सशस्त्र प्रह ...

जनकपुरधाम/धनुषाको नेपाल–भारत सीमावर्ती क्षेत्रमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved