धरान । विगत सात महिना देखि देशले भाग्दै आएको महामारीको विपद सँग लड्न नागरिकहरुको महत्वपुर्ण भुमिका रहने बताउँदै प्रदेश नम्बर १ का सभामुख प्रदिप कुमार भण्डारीले सामुहिक कार्यको आवश्यक्ता रहेको बताएका छन् । नेपाल रेडक्रस सोसाईटी सुनसरीको प्राविधिक तथा प्रकाशन सहयोगमा प्रकाशित विपद पुर्व तयारी तथा प्रतिकार्य योजना अनुसार स्थानीय तहमा हुने विपद व्यवस्थापनमा सबैको भुमिका महत्वपुर्ण रहेको उनको भनाई छ । भयावह बन्दै गएको कोरोना संक्रमणलाई पराजित गर्न सामुहिक रुपमा एकताबद्ध भएर लड्नु पर्ने आवश्यक्ता रहेकोमा जोड दिदै देशको समृद्धि र विकाशको लक्ष्यलाई अघि बढाउन विपद न्युनिकरण र विकाशलाई सँगसगै अघि बढाउन
धरान । विपदको जोखिमको हिसाबले सुनसरी संवेदनशिल क्षेत्र रहेको एक तथ्यांकले देखाएको छ । बाढी, पहिरो र सवारी दुर्घटना सहितको विपदको जोखिममा सुनसरी संवेदनशिल रहेको विपद पुर्वतयारी तथा प्रतिकार्य योजना सुनसरी २०७७ मा उल्लेख गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिती सुनसरीले सार्वजनिक गरेको योजना पुस्तकमा जिल्लामा १० भन्दा बढी प्रकारका प्रकोपहरु हुने गरेको देखिएको छ । पुस्तकको आइतबार एक कार्यक्रमको आयोजना गरि प्रदेश नम्बर १ का सभामुख प्रदिप कुमार भण्डारी र समितीका संयोजक सुनसरी जिल्ला प्रशासन कार्यालयका प्रमुख फणिन्द्रमणी पोखरेलले लोकार्पण गरेका छन् । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा
काठमाडौं/ सरकारले लामो दूरीको सवारी साधन र शैक्षिक संस्था भदौ मसान्तसम्म बन्द गर्ने निणर्य गरेको छ । आइतबार बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको हो । यसअघि सरकारले भदौ १५ गतेसम्म लामोदूरीका यातायात सञ्चालन नगर्ने निर्णय गरेको थियो । समुदाय स्तरमै कोरोना भाइरसको संक्रमण देखिन थालेपछि सरकारले यस्तो निणर्य गरेको हो । यस्तै हिजो बसेको बैठकले आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको छ । यसअघि अन्तरजिल्ला यातायात तथा हजाई उडान भदौ १५ गतेबाट खुला नगर्ने निर्णय भएको थियो । अन्तराष्ट्रिय हवाई उडान भने सर्तसहित भदौ १६ गतेबाट सुरु गर्न अनुमति दिइएको छ । यसैगरी य
धनकुटा, १४ भदौ / प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले धनकुटा र पाँचथरमा पिसिआर परिक्षण मेसिन जडानको अन्तिम चरणमा पुगेको बताएका छन् । धनकुटा अस्पतालको स्तरोन्नति र धनकुटामा प्रदेश सरकारले बनाउने भनिएको शिक्षण अस्पतालको बारेमा छलफल र निरीक्षण गर्न आएका मन्त्री घिमिरेले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर, प्रदेश अस्पताल र मेची अस्पताल पिसिआर परिक्षण मेसिन जडान गरिएको बताउँदै यसपछि अब धनकुटा र पाँचथरमा पिसिआर परिक्षण मेसिन राख्न लागिएको बताए । उनले धनकुटामा पिसिआर परिक्षण जडान गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको र प्रदेश सरकारको सिफारिसमा सं
काठमाडौँ ।उपप्रधानमन्त्री एवम् गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल होम क्वारेन्टाइनमा बसेका छन् । कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनेको कोभिड १९ संकट व्यवस्थापन केन्द« (सिसिएमसी)को कार्यलयमा काम गर्ने एकजना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि दुबै मन्त्रीहरु होम क्वारेन्टाइनमा बसेका हुन् । हाल क्वारेन्टाइनमा रहेका दुवै मन्त्रीको पिसिआर परिक्षण गरिने उनीहरुको सचिवालयले जानकारी दिएको छ ।
विराटनगर, २ भदौ । प्रदेश १ सरकारलाई चौधरी फाउण्डेसनले पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ । आज विहान आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई चौधरी ग्रुपका बरिष्ठ प्रवन्धक रामजी कटुवालले एउटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो । भेन्टिलेटर ग्रहण गर्दै मन्त्री घिमिरेले कोरोना नियन्त्रण सरकारबाट मात्रै संभव नभएकाले सवैको सहाकार्य आवस्यक रहेको बताउनुभयो । सवैको सहकार्यमा कोरोनालाई नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो । मन्त्री घिमिरेले संक्रमण बढेका स्थानहरुमा कोरोना नियन्त्रणका कामहरु भईरहेको बताउनुभयो । संक्रमण बढेसँगै प्रदेश सरकारले परीक्षणका लागि प्राथमिकता निर्धार
इटहरी । सुनसरीलाइ पुनः एकसाता निषेधित क्षेत्र घोषणा गरिएको छ । आइतबार जिल्ला प्रसाशनको कार्यालय सुनसरीमा बसेको बैठकले तेश्रो पटक म्याद थप गर्दै जिल्लालाइ पुनः ७ दिन निषेधित क्षेत्र घोषणा गरेको हो ।अघिल्लो पटक थपिएको समय आज आइतबार राती १२ बजे सकिए पनि पुनः त्यसैलाइ निरन्तरता दिदै जिल्लालाइ थप ७ दिन बन्दाबन्दि गर्ने निर्णय गरेको छ । सुनसरीको स्थानीय तहहरूमा कोरोना संक्रमितहरूको संख्या बढदै गएकोले जिल्लालाइ थप ७ दिन निषेधित क्षेत्र तथा बन्दाबन्दी गर्ने निर्णय भएको जिल्ला प्रसाशनको कार्यालय सुनसरीले जनाएको छ । यो पटक भने अघिल्लो साता भन्दा कडाइका साथ नियमहरूको पालना गराउन स्थानीयतहहरुलाई प्रसाशनले
धरान । कोरोनाको संक्रमण बढ्दै गए पछि धरान उपमहानगरपालिकाले थप १ साता लकडाउन घोषणा गरेको छ । आज बसेको नगरपालिका बैठकले भदौ ३ गते सम्म लकडाउन गर्ने निर्णय गरेको हो । यसअघिको साउन २२ गतेदेखिको लकडाउनको समय आज मध्यराती १२ बजे सकिदैछ। यस्तै, बाहिरी नाकाबाट आउन खाद्यान्न, तरकारी, दुधलाई रोक्ने निर्णय गरेपनि आन्तरिक उत्पादनलाई भने सहजीकरण गर्ने निर्णय भएको कार्यपालिका सदस्य तथा वडा नम्बर १७ का अध्यक्ष मनोज भट्टराईले बताए । धरान बाहिरबाट दुध, तरकारी आउन नदिने तर धरानभित्रैको उत्पादनलाई सहजीकरण गर्ने निर्णय भएको उनले बताए । उनले भने,‘धरानको विष्णुपादुका, पाँचकन्या, बसन्तटारको दुध, सब्जी सहजीकरण
सुनसरी । भदौ १ गते संचालन गर्न दिइने भनिएको स्कुल तथा सार्वजनिक यातायात लगाएतका होटल व्यवसाय भदौ १६ गते देखि मात्रै संचालन गर्न पाउने सरकारले निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सुचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले यस अघि साउन ५ गतेको मन्त्रिपषिद्को बैठकले होटल रेस्टुरेन्ट, ट्राभल, ट्रेकिङ खोल्ने निर्णय गरे पनि त्यसलाई परिमार्जन गरी होटल रेस्टुरेन्टबाट तयारी खाजा लैजान (टेक अवे)को लागि मात्रै खोल्न दिने निर्णय मन्त्रिपरिषद्ले गरेको बताए । भदौ १ गतेदेखि सञ्चालन गर्न दिने निर्णयलाई परिमार्जन गरी भदौ १६ गते पु¥याएको छ । जसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोके
धरान । पछिल्लो समय धरानमा सामुदाय स्तरमै कोरोनाको संक्रमण फैलिन थालिसकेको छ । अस्पतालकै चिकित्सकहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको महामारीको जोखिम फैलिदै गएको अवश्थामा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख पदाधिकारीहरु सिनेट बैठकका लागि काठमाण्डौ गए पछि धरानका युवा तथा विद्यार्थीहरुले विरोध जनाएका छन् । कोरोनाको महामारी फैलिदै गएको अवश्थामा स्वास्थ्य सेवालाई व्यवस्थित गर्न छाडेर प्रतिष्ठानका मुख्य पदाधिकारीहरुहरु सिनेट बैठकमा सहभागि हुन काठमाण्डौ गए पछि विरोध जनाउँदै उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकक्षमा तालाबन्दी गरिएको छ । संक्रमणको विरुद्धमा स