प्रशासनको निर्णय लत्याउँदै जसपाको सम्मेलन

  • असोज २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । कोरोना सकंमणको कारण देखाउदै सुनसरी प्रसाशनले जिल्ला भित्र कुनै सभा सम्मेलन नगर्न बिशेष आदेश जारी गरे पनि मधेसवादी दलका नेता राजेन्द्र महतोको जनता समाजवादी पार्टीले भने इटहरीमा ब्यापक सम्मेलन सम्पन्न गरेको छ ।

कोरोना महामारी समुदायस्तरबाट नियन्त्रण बाहिर पुगेको भन्दै प्रसाशनले इटहरीलाइ रेड जोन घोषणा गरिरहेकै बेला महतो नेतृत्वको जसपाले भने करीब ५ सय कार्यकर्ता बटुलेर पार्टी प्रवेश कार्यक्रम गरेको हो जसमा प्रमुख अतिथि नेता राजेन्द्र महतो रहेका थिए ।

कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी करीब ३ सय जनाले जनता समाजवादीमा प्रवेश गरेका थिए । इटहरीको दुर्गा पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा प्रदेश, जिल्ला लगायत स्थानीय स्तरका नेताहरूको बाक्लो उपस्थिती रहेको थियो । आयोजकले सुरक्षा सतरकता अपनाएरै कार्यक्रम गरेको भनिएपनि मास्क बाहेक सामाजिक दुरी कायम नगरी कार्यक्रम गरिएको थियो । इटहरीभित्रै बिशाल सभा चलिरहदा छेउमै रहेको इलाका प्रहरी कार्यालय इटहरी र उपमहानगरले भने पत्तो नपाएको बुझिएको छ । उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले कार्यक्रम सकिएपछि थाहा पाएको बताईन । उनले भनिन्, ‘अगाडी जानकारी भएको भए कार्यक्रम हुन दिदैनथियौ ।’

यता सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले सुनसरीमा त्यस्तो कुनै प्रकारको आम सभा तथा सम्मेलनहरू हुन नदिएको बताउँछन । लुकिछिपि हुने कार्यक्रमबारे आफु जानकार नभएको तर सुचना पाएको खण्डमा रोक्ने गरेको उनको भनाई छ ।

कार्यक्रममा केन्द्रीय नेता राजेन्द्र महतोले अहिलेको सरकार इतिहासकै नालायक र भस्ट्रचारमा लिप्त रहेको आरोप लगाएका छन । कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गर्दै महतोले कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै संविधान जारी भए पनि जनताले खोजेको पहिचान, अधिकार, सुशासन र समृद्धि प्राप्त नभएको बताए ।
उनले नेपालको संविधान विभेदकारी रहेकोले संविधान संशोधन आवश्यक रहेको बताए । उनले आफूहरुको पार्टी नै अब वैकल्पिक राजनीतिक शक्ति भएको दाबी गरे । कार्यक्रम तत्कालिन समाजवादी पार्टी इटहरीका अध्यक्ष डिल्ली सुब्बा र राष्ट्रिय जनता पार्टीका अध्यक्ष सुन्दर राईको संयुक्त अध्यक्षतामा सम्पन्न भएको हो ।

इटहरीमा लागू औषध ब्र ...

इटहरी/ सुनसरीको इटहरी उप–महानगरपालिका–५ स्थ ...

श्रमदाताले यौन दुव्र ...

धरान/ धरान उपमहानगरपालिका–१६ नौलोबस्तीस्थित बहुभा ...

धरान हुँदै गाँजा तस् ...

धरान /सुनसरीको धरान हुँदै तस्करी गर्न लागिएको ठूलो परिम ...

जिउँदो भाई मरेको बना ...

विराटनगर/ मोरङको विराटनगरमा महानगरपालिका– २ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved