काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसेकी एक महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले उनको मृत्यु कोरोनाकै कारण भएको जनाएको छ । मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिला, वैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको थियो र उहाँको २४ गते डेलिभरी भएको, उहाँ अस्पतालबाट २५ गते डिस्चार्ज भएपछि सिन्धुपाल्चोक घर जानुभएको थियो, उहाँलाई ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराउनुभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँ धुलिखेल अस्पतालमा थप उप
भारतबाट नेपाल भित्रने संभावित मानिसलाई राख्ने तयार गर्न लागिएको क्वारेन्टाइनस्थल बस्तीबाट टाढा राख्न भन्दै विराटनगर १३ बासिन्दाले संघर्षमा उत्रिएका छन् । विराटनगर महानगरपालिकालाई पत्राचार गरी विराटनगर १३ कोशी प्रोजेक्ट क्षेत्रका बासिन्दा विरोधमा उत्रिएका हुन । महानगरसंगको समन्वयमा प्रदेश १ सरकारले स्थानीय डिएभी स्कुलमा क्वारेन्टाइन स्थल बनाउने तयारी गरेको हो । तर, स्थानीयले भने अवरोध र विरोध गरेका छन् । स्थानीय टोलबारीले विराटनगर महानगरपालिकाको नाममा पठाएको ज्ञापन पत्रमा बसोबास स्थलबाट टाढा क्वारेन्टाइनको व्यवस्थापन गर्न भनिएको छ । संभावित संक्रमितलाई बस्तीमाझमा रहेको स्थानको क्वारेन्टाइनमा र
प्रदेश १ मा १२ हजार १ सय ९७ जनामा कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएअनुसार प्रदेश सरकारको पहलमा ल्याबमा गरिने (पिसीआर) विधि र द्रूत परीक्षण विधिबाट परीक्षणलाई तिव्रता दिइएको छ । आरडीटीबाट गरिएको परीक्षणमा ९ हजार १ सय ६१ जनाको रिर्पोट नेगेटिभ आएको छ । यसैगरी पीसीआर विधिबाट गरिएको परीक्षणमा २ हजार ७ सय २० जनाको रिर्पोट नेगेटिभ आएको छ । परीक्षणबाट कोरोना संक्रमण देखिएका ३६ जनामध्ये विराटनगरको कोशी कोभिड अस्पतालमा उपचारपछि ठिक भई १७ जना डिस्चार्ज भइसकेका छन् । अब १९ जना उपचारमा अस्पतालमै छन् । यता, प्रदेश सरकारले निर्माण गरेक
विराटनगरमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका वाड नम्बर ४ इक्राहीका २४ वर्षीय वीरेन गडेरी (पाल) बलात्कार आरोपमा पक्राउ परेका हुन । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले शनिबार बिहान पक्राउ गरेको छ । प्रवक्ता डीएसपी मानबहादुर राईले विराटनगर–४ की १४ वर्षीया बालिकालाई जर्बजस्ती गरेको अभियोगमा जर्बजस्ती करणी मुद्दा चलाउन अनुसन्धान सुरु गरिएको बताएका छन् । गडेरीले घर नजिकै एक जना साथीसँग १४ वर्षीया बालिका बिहान ५ः३० बजेतिर हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिई मकैबारीमा पु¥याएर बलात्कार गरेको प्रहरीको भनाइ छ । आफूसँगै रहेकी साथ
विराटनगर । प्रदेश १ को सामाजिक विकास मन्त्रालयकाले विराटनगरका सोह्र जना पत्रकारहरुमा कोरोना भए नभएको परीक्षण गर्न स्वाब संकलन गरिदिएको छ । विराटनगरमा शनिवार नेपाल पत्रकार महासंघ शाखाको परिसरमा प्रदेश सरकारका तर्फबाट खटिएका स्वास्थ्यकर्मीले स्वाब संकलन गरेका हुन । महासंघका जिल्ला शाखाका सचिव अर्जुुन आचार्यले कोशी कोभिड अस्पतालसम्म पुगेर रिर्पोटिङ गरेका र कोरोना फैलिएको उदयपुरको भुल्केस्थित संक्रमित क्षेत्रसम्म गएका पत्रकारहरुको स्वाब संकलन गरिएको बताए । पहिलो चरणमा परीक्षण गरिएका पत्रकारहरुको रिर्पोट आएपछि दोस्रो चरणमा थप पत्रकारहरुको पनि कोरोना परीक्षण गरिदिने प्रदेश सरकारले आश्वासन दिएको आचा
काठमाडौं- नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सगै नेपालमा संक्रमित को संख्या २७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरी र काभ्रेका १-१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार महोत्तरीका ५२ वर्षका पुरुष र काभ्रेका २६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । हालसम्म ३६ जना संक्रमित उपचारपछि निको भइसकेका छन्।
धनकुटा, ३ जेठ ÷ धनकुटाको चौबिसे गाउँपालिकाले लकडाउनको कारण काठमाडौंमा अलपत्र परेका सो गाउँपालिकाका ५३ जनालाई उद्दार गरी धनकुटा ल्याएको छ । सो गाउँपालिकाको विभिन्न वडाहरुका स्थायी वासी भई काठमाडौंमा उपचारको क्रममा गएका, अध्ययनको क्रममा रहेका र दैनिक ज्याला मजदुरी गर्दै आएका ५३ जनालाई गाउँपालिकाको खर्चमा गाडी रिजर्भ गरी गाउँपालिकाले काठमाडौंबाट उद्दार गरी गाउँपालिका ल्याएको हो । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई रोक्न सरकारले ५३ औं दिन देखि गरेको निरन्तरको लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका गाउँपालिकाबासीहरुलाई संघीय सांसद राजे
धरानको कोरोना फुड बैंकमा धरान संखुवासभा सरोकार समाजले ३०० केजी चामल प्रदान गरेको छ । शनिबार सामाजका अध्यक्ष मिग्मा भोटेले धरान उपमहानगरपालिकाका उप प्रमूख मञ्जु भण्डारी सुवेदीलाई उक्त चामल हस्तान्तरण गरेको थियो । उप प्रमूख मञ्जु भण्डारीले समाजले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरे र हाल धरानमा तेस्रो चरणको राहत वितरण भैरहेको जानकारी गराउदै लकडाउन बढ्दै जादा राहत पनि वितरण गर्दै जानुपर्ने भएकाले सवैलाई सहयोग गर्न अनुरोध गरे । हास्तान्तरण कार्यमा समाजकी संरक्षक सदस्य शिला वज्रचार्य, समाजका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो । धरान संखुवा समाज सरोकार समाजले धरानमा रहेका संखुवासभा मुल थलो
काठमाडौं/नेपालमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमति संख्या २७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बर्दिया, सिराह, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार बर्दिया नार्खु ११ की २८ वर्षीय महिला, सिराहा सखुवा १९ का ३० वर्षीय पुरुष, पर्सा वीरगञ्जका २९ वर्षीय पुरुष, सर्लाही रामनगरका १८ वर्षीय महिला, चितवन गढौली १ की २५ वर्षीय महिलामा कोरोना देखिएको हो।
काठमाडौं आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षण अनुसार नौ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकमा कोरोना संक्रमण देखिएको छ । पर्साका ९ वर्षीय बालक, विरगञ्जका १० वर्षीय बालक, २३ र ४७ वर्षीय महिलामा संक्रमण देखिएको हो । त्यसैगरी उदयपुर त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ । त्यस्तै दाङमा पनि पहिलोपटक कोरोनाक