चौबिसे गाउँपालिका द्वारा काठमाडौंमा अलपत्र स्थानियको उद्दार

  • जेठ ३, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा, ३ जेठ ÷ धनकुटाको चौबिसे गाउँपालिकाले लकडाउनको कारण काठमाडौंमा अलपत्र परेका सो गाउँपालिकाका ५३ जनालाई उद्दार गरी धनकुटा ल्याएको छ ।

सो गाउँपालिकाको विभिन्न वडाहरुका स्थायी वासी भई काठमाडौंमा उपचारको क्रममा गएका, अध्ययनको क्रममा रहेका र दैनिक ज्याला मजदुरी गर्दै आएका ५३ जनालाई गाउँपालिकाको खर्चमा गाडी रिजर्भ गरी गाउँपालिकाले काठमाडौंबाट उद्दार गरी गाउँपालिका ल्याएको हो ।

विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई रोक्न सरकारले ५३ औं दिन देखि गरेको निरन्तरको लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका गाउँपालिकाबासीहरुलाई संघीय सांसद राजेन्द्र कुमार राईको पहलमा पहलमा उद्दार गरी ल्याएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए ।

काठमाडौंबाट उद्दार गरी बसमा आएका चौबिसेवासीहरुलाई चौविसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञकुमारी रुचाल, प्रमुख प्रशासकिय अधिकृत शशि राई लगायतले चौबिसे गाउँपालिका–६ राजारानीमा स्वागत गरेका थिए ।

उनीहरुलाई गाउँपालिकाले चौबिसेको रानीताल फलैचामा सामुहिक खाना समेत खुवाएको थियो । त्यस पश्चात् उनीको स्वास्थ्य चेक जाँच गराई १४ दिनसम्म होम क्वारेनटाइनमा राख्ने सर्तमा सम्बन्धित वडाका वडाध्यक्षहरुलाई जिम्मा लगाएको गाउँपालिकाले जनाएको छ ।

उद्दार गरी ल्याइएकाहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखा चौबिसेका प्रमुख मेघराज वनले बताए ।

सुउवासंघमा गोपाल र श ...

धरान । सुनसरी उद्योग वाणिज्य संघ,धरानको आगामी असार ३० ग ...

पव्लिकको प्रवेश परीक ...

धरान । धरानको सामुदायिक विद्यालय मध्येकै उत्कृष्ट मानिए ...

अमेरिकी बजारमा नेपाल ...

धरान । नेपालमा उत्पादन भएको छुर्पी अमेरिका सम्म निर्यात ...

धरान वडा नम्बर ९ बाल ...

धरान । धरान उपमहानगरपालिकाले हालै आफ्ना २० वटै वडामध्ये ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved