धरानको कोरोना फुड बैंकमा धरान संखुवासभा सरोकार समाजले ३०० केजी चामल प्रदान गरेको छ । शनिबार सामाजका अध्यक्ष मिग्मा भोटेले धरान उपमहानगरपालिकाका उप प्रमूख मञ्जु भण्डारी सुवेदीलाई उक्त चामल हस्तान्तरण गरेको थियो ।
उप प्रमूख मञ्जु भण्डारीले समाजले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरे र हाल धरानमा तेस्रो चरणको राहत वितरण भैरहेको जानकारी गराउदै लकडाउन बढ्दै जादा राहत पनि वितरण गर्दै जानुपर्ने भएकाले सवैलाई सहयोग गर्न अनुरोध गरे । हास्तान्तरण कार्यमा समाजकी संरक्षक सदस्य शिला वज्रचार्य, समाजका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।
धरान संखुवा समाज सरोकार समाजले धरानमा रहेका संखुवासभा मुल थलो भएकाहरुलाई समन्वय गर्ने विभिन्न सामाजिक कार्यमा ठोस सहयोग पु¥याउदै आएको छ ।
यसै क्रममा संखुवासभा चैनपुर निवासी ५५ वर्षिय छत्रबहादुर रपम्तेलको टाउका समस्या भई वीपी अस्पतालको सर्जरी वडामा उपचार भईरहेकोलाई नगद रु १० हजार सहयोग गरेको छ । यस अघि पनि मिम्मा भोटेको सकृयतामा ३ नं. वडाको ७० घर परिवारलाई राहत वितरण गरेको थियो ।