नेपालमा थप १६६ जनामा केरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या १५६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रसे व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा बिकास देबकोटाले थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार नयाँ संक्रमितहरु मध्ये १६२ जना पुरुष र ४ जना महिला रहेका छन् । नेपालमा कुल निको हुनेको संक्रमितहरुको संख्या २२० पुगेको छ । कोरोना संक्रमण पुष्टि भएका मध्ये ८ जनाको मृत्यु भइसकेको छ ।
बाजुराको जिल्ला अस्पताल आइसोलेसनमा राखिएको बालिका कोरोना बाट मृत्यु भएको छ । बुढिगंगा १ घर भएका २ बर्षिय बालिकाको आईतवार बिहान मृत्यु भएको थियो । उनको सेति प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरि पठाएको थियो । आईतवार दिउँसो आएको रिपोटमा उनको कोरोनाका कारणले मृत्यु भएको शुदुरपश्चिम स्वास्थ्य निर्देशानलयले जनाएको छ ।मृतक बालिकाकि २३ बर्षिय आमालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित आमा पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । बुवाको रिपोट भने नेगेटिभ आएको छ । मृतक वालिका आमा र बुवाको लाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो । तिनै जनाको स्वाब धनगढी पठाईएको थियो । बुढिग
संसारभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या एक सय २१ पुगेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन्। संघका अनुसार संयुक्त अरब इमिरेट्स, बेलायत, अमेरिका, कुवेत र सउदी अरबमा एकएक तथा बहराइनमा दुई नेपालीको यो साता मृत्यु भएको हो। संघअन्तर्गत स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६६ गैरआवासीय नेपालको मृत्यु भएको छ। समितिका संयोजक डा.सञ्जीव सापकोटाका अनुसार युएईमा १९ नेपालीले ज्यान गुमाएका छन्। त्यस्तै, अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेक
विराटनगर । लकडाउन उलंघन गरी विराटनगरको पोखरिया माविले विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिएको विषयमा आरोप प्रत्यारोप चल्न थालेको छ । यो विषयमा सामुदायिक र निजी विद्यालय संचालकका संस्थाबीच नै आरोप प्रत्यारोप चल्न थालेको हो । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ(हिसान) मोरङ, नेपाल निजी तथा आवाससीय विद्यालय संगठन (एनप्याब्सन) विराटनगर,संस्थागत विद्यालय शिक्षक युनियन(इष्टु) मोरङ र निजी तथा आवासीय विद्यालय संगठन(प्याब्सन) विराटनगरले संयुक्त विज्ञाप्ती प्रकाशित गरी पोखरियाले गल्ती ढाकछोप गर्न खोजेको आरोप लगाएका छन् । कोरोना भाइरसको महामारीले आक्रान्त भएका बेला एकल निर्णयमार्फत ठूलो संख्याम
विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ४ (२) अन्तर्गत निर्माणाधिन योजनाहरुको अनुगमन भएको छ । निर्वाचन क्षेत्र विकास कोषमार्फत कटहरीमा निर्माण भईरहेका योजनाहरुको सामािजक विकास मन्त्री घिमिरेले अनुगमन गरेका हुन । कटहरी १ महेशपुरमा निर्माण भईरहेको लक्ष्मी सामुदायिक भवन र लक्ष्मी मन्दिर, कटहरी २ को किसान मार्ग सडक, कटहरी ३ जिरातटोलको लक्ष्मी मन्दिर, कटहरी सामुदायिक भवन र शैलेश मन्दिरको मन्त्री घिमिरेद्वारा अनुगमन भएको मन्त्री घिमिरेलेको सचिवालयले जनाएको छ । कटहरी सामुदायिक भवन ५० लाख र अन्य योजनाहरु १०÷१० लाख रुपैयाँका रहेका छन् । कटहरी सामुदायिक भवन ५ कठ्ठा जमिनमा १ हजार व्यक्ति अट्ने
सुनसरी । उद्योगीहरुले मनोमानी ढंगले कारोबार निति परिवर्तन गर्दा हार्डवेयर व्यवसायीहरु मारमा परेको गुनासो गरेका छन । सामाजीक दुरी कायम गरी इटहरीमा आयोजीत पत्रकार सममेलनमा असामान्य अवस्था सिर्जना हुन साथ उद्योगीहरुले कारोवारको नीति परिवर्तन गर्ने र अस्वभाविक मूल्यबृद्धि गरिदिँदा व्यवसायीहरुलाई समस्या हुने गरेको उनीहरुको गुनासो छ । कारोबारको निति परिवर्तनले ढुवानी लागत बढ्दा समग्र वस्तुको लागत बढ्न जाने हुँदा व्यवसायीले वस्तुको मूल्य बृद्धि गरी बिक्री गर्दा कालोबजारीको आरोप लागेर कानुनी जटिलता भोगिरहेको उनीहरुको गुनासो छ । व्यवसायीले नभएर उद्योगले नै समस्या सिर्जना गरेको पत्रकार सम्मेलनमा जानका
काठमाडौं । कोरोना भाइरस संक्रमणप्रति सतर्कता अपनाउन मुलुकमा लगाइएको लकडाउन जेठ मसान्तसम्म लम्बिएको छ । सरकारले लकडाउन जेठ ३२ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउन फेरि १२ दिन थप्ने निर्णय गरेको हो । मन्त्रिपरिषदले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ उडान असार १६ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ । कोरोना भाइरसप्रति सतर्कता अपनाउन सरकारले शुरूमा चैत ११ गते एक साताको लागि लकडाउन घोषणा गरेको थियो । त्यसपछि विभिन्न चरणमा थप गर्दै लगेको हो । सरकारले यसअघि लकडाउन जेठ २० गतेसम्म कायम राख्ने निर्णय गरेको थियोे । लकडाउनको म्याद सकिनु २ दिन अगावै फेरि त्यसलाई
धरान । रुकुम पश्चिममा जातीय विभेद कारण ६ जना हत्या काण्डका हत्याराहरुलाई कार्वाहीको माग गर्दै धरानमा तेस्रो दिन पनि शान्तिपुर्ण विरोध प्रर्दशन गरेका छन् । उपेक्षित उत्थान सरोकार केन्द्र धरानले आयोजना गरेको कार्यक्रममा धरानका सबै राजिनितिक दल, नागारिक समाज, सामाजिक संघसंस्था र सयौँ मानिसको उपस्थिति रहेको थियो । \कार्यक्रममा नेकपा धरान अध्यक्ष नारायण सुवेदी, नेपाली कांग्रेस वडा नं. ८ अध्यक्ष उमेश पौड्याल, लिम्बुवान मञ्चका पर्शुराम वाइवा, जनता समाजबादी पार्टीका भगिरथ राई र दलित विकास समिति धरानका सचिव तारा लामगादे साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरु खगेन्द्र नेपाली, गंगा कालिकेटे, जुद्ध लोहनी
नेपालमा थप १८९ जना कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमतिहरुको संख्या १४०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रसे व्रिफिङको क्रममा बोल्दै मन्त्रालयका प्रवक्ता डा बेकास देबकोटाले थप १८९ जनामा संक्रण पुष्टि भएको जनाकारी दिएका छन् । उनका अनुसार नयाँ संक्रमितहरु मध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन्। कोरोना संक्रमण पुष्टि भएका हरु मध्ये २१९ जना निको भएका छन् भने ६ जना संक्रमतिहरु मृत्यु भइसकेको छ ।
धरान । सबै कार्यपालिका सदस्यहरुलाइ खबर नभए पछि धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ । कार्यपालिका बैठकका लागि निर्वाचित वडाअध्यक्ष बाहेकका ८ जना कार्यपालिका सदस्यहरुलाई खबर नगरे पछि उनीहरुको अनुपश्थित रहे पछि बैठक स्थगित गरिएको हो । कार्यपालिका बैठकका लागि ५ जना महिला, एकजना दलित र दुई जना अल्पसंख्यक गरि ८ जना कार्यपालिका सदस्यहरुलाई खबर गरिएको थिएन । आठ जना निवार्चित कार्यपालिका सदस्यहरु उपस्थित नभएको र खोजी गर्दा बैठकबारे कसैलाई पनि खबर नपुगेको थाहा भएपछि स्थगित गरिएको प्रवक्ता एवं वडा नं २० का अध्यक्ष मणिराम राईले जानकारी दिए । बैठक आइतबारको लागि सारिएको उनले बताए । कुनै