धरान । रुकुम पश्चिममा जातीय विभेद कारण ६ जना हत्या काण्डका हत्याराहरुलाई कार्वाहीको माग गर्दै धरानमा तेस्रो दिन पनि शान्तिपुर्ण विरोध प्रर्दशन गरेका छन् ।
उपेक्षित उत्थान सरोकार केन्द्र धरानले आयोजना गरेको कार्यक्रममा धरानका सबै राजिनितिक दल, नागारिक समाज, सामाजिक संघसंस्था र सयौँ मानिसको उपस्थिति रहेको थियो ।
\कार्यक्रममा नेकपा धरान अध्यक्ष नारायण सुवेदी, नेपाली कांग्रेस वडा नं. ८ अध्यक्ष उमेश पौड्याल, लिम्बुवान मञ्चका पर्शुराम वाइवा, जनता समाजबादी पार्टीका भगिरथ राई र दलित विकास समिति धरानका सचिव तारा लामगादे साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरु खगेन्द्र नेपाली, गंगा कालिकेटे, जुद्ध लोहनी, प्रेम लकान्द्री, सावित्रा परियार लगायतले सम्बोधन गरेका थिए ।
सचिव तारा लामगादेले कार्यक्रमको संमबोधन गर्दै भने, हामीले मानव भएर बाच्न पाउनुपर्छ भनि शान्तीपुर्ण आन्दोलन गर्दै राजयलाई खवरदारी गरिरहेका छौ, राज्यले यसलाई बेवास्ता गरि दाषीलाई कार्वाही र पिडितलाई न्याय नदिलाए धरानमा बिसौँ हजार मनिस रोडमा आउने ७० लाख दलित तथा गैरदलितहरु रुकुम गई घेरा गर्ने चेतावनी दिएका छन ।
निरन्तर विभेद विरुद्धको अभियान अन्र्तगत धरान ८ बरगाछी रानी पेट्र«ोल पम्प अघि भएको थियो ।
अभियान दोषीलाई कार्वाही नहुन्जेल सम्म निरन्तर चलिरहने र यस घट्नालाई कुनै पनि रंग मिसाएर ढाकछोप गर्न खोजे शान्तीपुर्ण अभियानले उग्र रुप लिने संस्थाकी अध्यक्ष रेणुका विश्वकर्माले बताइन् ।