प्रवेश परीक्षाले बढ्यो विवाद

  • जेठ १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt  पोखरिया विद्यालयले विहिबार लिएको प्रवेश परीक्षामा सहभागी विद्यार्थी ।

विराटनगर । लकडाउन उलंघन गरी विराटनगरको पोखरिया माविले विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिएको विषयमा आरोप प्रत्यारोप चल्न थालेको छ ।

यो विषयमा सामुदायिक र निजी विद्यालय संचालकका संस्थाबीच नै आरोप प्रत्यारोप चल्न थालेको हो । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ(हिसान) मोरङ, नेपाल निजी तथा आवाससीय विद्यालय संगठन (एनप्याब्सन) विराटनगर,संस्थागत विद्यालय शिक्षक युनियन(इष्टु) मोरङ र निजी तथा आवासीय विद्यालय संगठन(प्याब्सन) विराटनगरले संयुक्त विज्ञाप्ती प्रकाशित गरी पोखरियाले गल्ती ढाकछोप गर्न खोजेको आरोप लगाएका छन् ।

कोरोना भाइरसको महामारीले आक्रान्त भएका बेला एकल निर्णयमार्फत ठूलो संख्यामा विद्यार्थी भेला गरी प्रवेश परीक्षा सञ्चालन गरेको भन्दै निजी तथा आवासीय विद्यालयले आपत्ती जनाउँदै आएका छन् ।

तर, पोखरिया विद्यालयको तर्फबाट पनि विज्ञप्ति प्रकाशित गरी सामुदायिक विद्यालयको शैक्षिक प्रगति देख्न नचाहनेहरुले विद्यालयको बदनामी गराएको भन्दै विज्ञप्ति जारी भएको छ ।

प्याब्सन विराटनगरका नगर अध्यक्ष इन्द्रकुमार राईले बालबालिकाको स्वास्थ्यमै जोखिममा राखेर विद्यालयले प्रवेश परीक्षा लिंदा रोग फैलन जोखिम झन् बढेको दाबी गरेका छन् । पोखरिया माविमा निजी विद्यालय छाडेर गई पढ्ने विद्यार्थीको संख्या हरेक वर्ष बढ्दो छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved