बाजुरामा २ बर्षिय वालिकाको कोरोनाका कारण मृत्यु, आमा पनि कोरोना संक्रमित

  • जेठ १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

बाजुराको जिल्ला अस्पताल आइसोलेसनमा राखिएको बालिका कोरोना बाट मृत्यु भएको छ । बुढिगंगा १ घर भएका २ बर्षिय बालिकाको आईतवार बिहान मृत्यु भएको थियो । उनको सेति प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरि पठाएको थियो ।

आईतवार दिउँसो आएको रिपोटमा उनको कोरोनाका कारणले मृत्यु भएको शुदुरपश्चिम स्वास्थ्य निर्देशानलयले जनाएको छ ।
मृतक बालिकाकि २३ बर्षिय आमालाई पनि कोरोना पुष्टि भएको छ ।

संक्रमित आमा पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । बुवाको रिपोट भने नेगेटिभ आएको छ । मृतक वालिका आमा र बुवाको लाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो । तिनै जनाको स्वाब धनगढी पठाईएको थियो ।

बुढिगंगा नगरपालिका १ धुरालसैनमा माबिको क्वारेन्टाइनमा अबस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा रहेको आइसोलेसनमा जेठ १५ गते साझँ राखिएको थियो । २ बर्षका उक्क्त बच्चामा पखाला, ज्वरो, श्वासप्रश्वास समस्या बाट ग्रसित रहेका थिए । बच्चाको उपचार त गरिरहेका छौ, अबस्था निकै चिन्ताजनक रहेको थियो उनलाई बचाउन नसकिएको उपचार संलग्न चिकित्सकले बताएका छन् 

८ दिन अगाडी उनको परिवार भारत बाट आएका थिए । भारत बाट आएर बुढिगंगा नगरपालिकाको क्वारेनटाइनमा राखिएको थियो, बच्चा बिरामी भएपछि, बिहिवार साझ सदरमुकाम मार्तडीमा रहेको आइसोलेसनमा ल्याइएको थियो ।

बराहक्षेत्रमा अफ्रिक ...

सुनसरी/  बराहक्षेत्र नगरपालिकामा ...

जङ्गलमा निगुरो टिप्न ...

सुनसरी / मोरङको कानेपोखरी गाउँपालिका–५ का ५२ ...

धरानको बुढासुब्बा मन ...

सुनसरी / धरान–१४ विजयपुरस्थित बुढासुब्बा मन् ...

सिदिङ्वा धामको प्रवर ...

ताप्लेजुङ/ ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले धार्म ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved