कोरोनाबाट विदेशमा १२१ नेपालीको मृत्यु

  • जेठ १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt प्रतिकात्मक तस्वीर

संसारभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या एक सय २१ पुगेको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन्। संघका अनुसार संयुक्त अरब इमिरेट्स, बेलायत, अमेरिका, कुवेत र सउदी अरबमा एकएक तथा  बहराइनमा दुई नेपालीको यो साता मृत्यु भएको हो।

संघअन्तर्गत स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६६ गैरआवासीय नेपालको मृत्यु भएको छ। समितिका संयोजक डा.सञ्जीव सापकोटाका अनुसार युएईमा १९ नेपालीले ज्यान गुमाएका छन्।

त्यस्तै, अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १७ पुगेको छ। यसैगरी साउदी अरबमा आठ, बहराइनमा तीन, कुवेतमा दुई तथा कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्वीडेनमा एकएक जनाको मृत्यु भएको छ।

संयोजक डा.सापकोटाका अनुसार नेपालबाहेक बाहिर १४ हजार चार सय २५ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन्।

स्वास्थ्य समितिका अनुसार कतार, अमेरिका, युएई, बेलायत, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, पोर्तुगल, क्यानडा, आयरल्यान्ड, माल्दिभ्स, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जियम, स्वीट्जरल्यान्ड, फिनल्यान्ड, जर्मनी, साइप्रस, न्युजिल्यान्ड, हङ्गकङ्ग, भारत, माल्टा, पोल्यान्ड, रुस, फ्रान्स, म्यानमा, रोमानिया, स्वीडेन, नेदरल्यान्डलगायत ३४ देशका नेपालीमा कोरोना संक्रमण देखिएको छ।

अहिलेसम्म संक्रमितमध्ये करीब चार हजार पाँच सय नेपाली निको भएका छन्। यो साता डनमार्क र टर्कीमा नेपालीमा नयाँ संक्रमण देखिएको हो। (रासस)

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved