समाचार

    Showing 9,811-9,820 of 10,057 items.
  • चट्याङ लागेर महिलाको मृत्यु

    विराटनगर । मोरङमा बर्षासंगै परेको चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ । सुनवर्षी नगरपालिका वडा नम्बर ६ तालगाछी बस्ने ३० बर्षीया निरुतु कुमारी दासको चट्याङले लागेर मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आज दिउँसो आफ्नै मकै बारीबाट मकै लिई घरतर्फ आउदै गर्दा वर्षासंगै आएको चट्याङले लाग्दा दास गम्भीर घाईते भएकी थिइन। उनलाइ उपचारार्थ अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  

    • प्रकाशित मितिः जेठ १९, २०७७
    • 2,194 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप २२६ जनामा केरोना संक्रमण पुष्टि , संक्रमितहरुको संख्या १७९३

    नेपालमा थप २२६ जनामा केरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या १७९३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रसे व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा बिकास देबकोटाले थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार नयाँ संक्रमितहरु मध्ये १६२ जना पुरुष र ४ जना महिला रहेका छन् ।नेपालको ५९ जिल्लामा संक्रमण पुष्टि भएको छ ।  संक्रमण पुष्टि भएका मध्ये २२१ जना उपचारपछि फर्किएका छन भने , देशभर १५६९ आइसोलेसनमारहेका छन् । 

    • प्रकाशित मितिः जेठ १९, २०७७
    • 756 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी प्रतिष्ठानले भिड व्यवस्थापन गर्न नसकेको सेवाग्राहीको गुनासो

    धरान । लकडाउनकै बिचमा शुरु गरिएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडि सेवा अव्यवस्थीत रहेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । ठुलो भिडभाड हुँदा कोरोनाको संक्रमण फैलिन सक्ने अवश्थामा पनि प्रतिष्ठानले व्यवस्थापन गर्न नसक्दा जोखिम बढ्न सक्ने प्रतिष्ठान आएका बिरामीहरु नै बताउँछन् । टोकन वितरण, बिल काट्ने कुराहरुमा व्यवस्थापन नभएको उनीहरुको भनाई छ । प्रतिष्ठानले सेवा दिने कोटा तोके पनि त्यो भन्दा बढी सेवाग्राहीहरु आउँदा थप समस्या भएको इटहरीबाट उपचारका लागि आएका हरि खतिवडा बताउँछन् । उनले भने, ‘आज ५० जनाको जाँच गर्ने भनेका छन्, तर सयको लाइन लागेको छ, कोटा अनुसारको ल

    • प्रकाशित मितिः जेठ १९, २०७७
    • 1,083 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ सरकारलाई चीनको स्वशासित क्षेत्र तीब्बत सरकारले ठुलो मात्रामा स्वास्थ्य सामाग्री उपलब्ध

    प्रदेश १ सरकारलाई चीनको स्वशासित क्षेत्र तीब्बत सरकारले ठुलो मात्रामा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । तीब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपाल चीन कार्यकारी परिषद्ले आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्ताण्तरण गरेको छ । स्वास्थ्य सामाग्री मुख्यमन्त्री राईलाई परिषद्का प्रदेश १ को—अर्डिनेटर मुकेश उपाध्यायले हस्ताण्तरण गर्नुभएको हो । करिब ७ करोड ७४ लाख बराबरको स्वास्थ्य सामाग्री प्राप्त भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्राप्त भएको स्वास्थ्य सामाग्रीमा पिसिआर मेसिन २ सेट, भेन्टिलेटर ३ थान, एक्स रे पोर्टेबल मेशिन १ थान रहेका छन् । त्यस

    • प्रकाशित मितिः जेठ १९, २०७७
    • 1,236 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्वास्थ्यकर्मीहरु  प्रति समर्पित गायक शिब लामीछानेको तिमी नै हौ तिमी  नै हौ मानवताकी बिश्व सुन्दरी

      धरान / कोरोनाको महामारीबाट  अहिले संसारभर नै अधिकांश देशहरु अछुतो रहन सकेका छैनन् । संसारभरमा सोमबार बिहान सम्ममा  ६१ करोड ७० लाख ५५हजार ६ सय २६ जना संक्रमित मध्ये   ३७ हजार ४ सय ९६ जना कोभिड १९   संक्रमणमुक्त भएका छन् भने  ३लाख ७२हजार ९९ जनाको मृत्यु भैसकेको छ । नेपालमै मात्र १६४२जना संक्रमित मध्ये २२०जना निको भएका छन् भने ८ जनाको मृत्यु भैसकेको छ र कोभिड १९को संक्रमितको संख्या दिन प्रतिदिन बढी नै बढी नै रहेको छ  । कोभिड १९को उपचारमा अहिले कुनै औषधी तथा खोप नबनिसकेकोले लक्डाउनको पालना , संक्रमितहरुको दृढता र यो महामारीको पनि कुनै वास्ता नगरी स

    • प्रकाशित मितिः जेठ १९, २०७७
    • 1,441 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेकपाले माग्यो धरानको दिर्घकालिन विकासमा २ अर्ब ३ करोडको योजना (मागपत्र सहित)

    धरान । प्रदेशको आगामी आर्थिक वर्षमा धरान उपमहानगरपालिकाको लागि २ अर्ब ३ करोडको योजनाहरुको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरानले प्रदेश सरकारलाई मागपत्र पेश गरेको छ । धरानको लागि विभिन्न १ सय ५ योजनाहरुका लागि २ अर्ब ३ करोड २५ लाख रुपैयाको बजेट विनियोजन गर्न माग गरिएको नेकपाका जिल्ला सदस्य एवं धरान नगर इञ्चार्ज चोत्लुङले बताए । नेकपाको धरानमा भएका केन्द्र, प्रदेश, जिल्ला र उपमहानगर स्तरका नेता तथा प्रदेश संसद, जनप्रतिनिधी सहितको टोलिले विराटनगर पुगेर प्रदेश सरकारका मुख्यमन्त्री कार्यालय सहित सबै मन्त्रालयमा आफ्ना योजनाहरु पेश गरेको छ ।     धरानको दीर्घकालिन विकासको

    • प्रकाशित मितिः जेठ १९, २०७७
    • 2,106 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउनकामा आवासगृहमा बसेका सडक मानवहरु सांगितिक मनोरञ्जनमा खुलेर नाचे

    धरान । कोही मानसिक बिमारमा कारण बजारमा खुल्ला हिड्ने कोही सडकमै जिवन बिताउने सडक मानवहरु आइतबार मज्जाले नाचे । वैशाख १ गते देखि घरमै थुनिएर बस्नु परेको बाध्यतालाई मनोरञ्जनमा भुले । नाँच्न आउँदैन तर पनि संगितमा पुरै १ घण्टा झुमिरहे । हिजोको सबै दिनहरु बिर्सेर । हिजोको जस्तो सुकै अवश्थालाई पनि बिर्सेर धरान संगित प्रतिष्ठानले दिएको सांगितिक माहौलमा आफुलाई परिवर्तन खोजिरहे ।कोरोना संक्रमणको जोखिमबाट जोगाउन सरकारले घोषणा गरेको लकडाउन शुरु भए लगत्तै धरान उपमहानगरपालिकाले सकड मानवहरुलाई धरान ८ स्थित लाङघाली सामुदायिक वन उपभोक्ता समुहको आवसगृहमा व्यवस्थापन गरेको थियो । वैशाख १ गते देखि उनीहरु बजारक

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • 783 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मानवता विरोधी सोति नरसंहारका दोषिलाई हदै सम्मको कारवाही गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

    धरान । रुकुम पश्चिममा भएको सोति नरसंहार मानवता विरोधी रहेको बताउँदै दोषिलाई हदै सम्मको कारवाहीको माग गर्दै दलित आन्दोलनका उच्चस्तरिय प्रतिनिधी मण्डलले नेपाल सरकारका गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । नेकपा र नेपाली काँग्रेसका दलित समुदायका संसदहरु सहित विभिन्न दलित संघसंस्थाका प्रतिनिधीहरुद्वारा सामुहिक हस्ताक्षरित ज्ञापन पत्र आइतबार गृहमन्त्री राम बहादुर थापालाई बुझाएका छन् । ४ बुँदे माग सहित उनीहरुले जातीय दमनमा आधारित सामुहिक हत्याकाण्डको न्यायिक छानबिन सहित पिडितलाई न्याय तथा अपराधीलाई हदै सम्मको कारवाही गर्न माग गरेका छन् । गत जेठ १० गते अन्तरजातीय प्रेम सम्बन्धलाई विवाहमा परिणत ग

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • 777 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान अमेरिका कोरोना राहत कोष,

    धरान अमेरिका कोरोना राहत कोष, धरान टिमले धरान ८ को हरेराम कृर्तन कुञ्जमा खाद्यान र नगद प्रदान गरेको छ । शनिबार धरान टिमका संयोजक सुदन श्रेष्ठ लगायत सदस्यहरु पूर्ण राई, समिन राई, सुमन श्रेष्ठ र मोहन श्रेष्ठले कुञ्जका अध्यक्ष लोकनाथ सुवेदी र सचिव बासुदेव गौतम लगायतलाई खाद्यान्न तथा रकम हस्तान्तरण गरेको थियो । राहतमा ५० केजी चामल, १५ केजी दाल, १ कार्टन तेल, ३ केजी न्यूटेला, १ कार्टन विस्कुट, ५ केजी चिउरा, १ दर्जन लुगाधुने साबुन, १ दर्जन नुहाउने साबुन, १ प्याकेट पेष्ट सहित औषधि उपचारका लागि नगद रु ४ हजार प्रदान गरिएको थियो ।हरेराम कृतन कुञ्जमा रहेका १२ जना वृद्धबृद्धा सहितका लागि उक्त खाद्यान

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • 881 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

    प्रदेश १ मा थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार झापामा ४ र मोरङमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोसी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा झापाको गौरीगञ्ज गाउँपालिकाका ४ जना र विराटनगरमा महानगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमित सबै भारतबाट आएकाहरु हुन । गौरीगञ्ज- ६ मा प्राथमिक स्वास्थ्य चौकीमा बसिरहेका ५१ मध्ये ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितको अवस्था सामान्य रहेको गौरीगञ्ज गाउँपालिकाका प्राथमिक स्वास्थ्य निरीक्षक रामचन्द्र मिश्रले जानकारी दिए । विराटनगर- १२ मा संक्रमण पुष्टि भ

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • 809 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved