नेपालमा थप २२६ जनामा केरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या १७९३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रसे व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा बिकास देबकोटाले थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
उनका अनुसार नयाँ संक्रमितहरु मध्ये १६२ जना पुरुष र ४ जना महिला रहेका छन् ।
नेपालको ५९ जिल्लामा संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएका मध्ये २२१ जना उपचारपछि फर्किएका छन भने , देशभर १५६९ आइसोलेसनमा
रहेका छन् ।