स्वास्थ्यकर्मीहरु  प्रति समर्पित गायक शिब लामीछानेको तिमी नै हौ तिमी  नै हौ मानवताकी बिश्व सुन्दरी

  • जेठ १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 

धरान / कोरोनाको महामारीबाट  अहिले संसारभर नै अधिकांश देशहरु अछुतो रहन सकेका छैनन् । संसारभरमा सोमबार बिहान सम्ममा  ६१ करोड ७० लाख ५५हजार ६ सय २६ जना संक्रमित मध्ये   ३७ हजार ४ सय ९६ जना कोभिड १९   संक्रमणमुक्त भएका छन् भने  ३लाख ७२हजार ९९ जनाको मृत्यु भैसकेको छ ।

नेपालमै मात्र १६४२जना संक्रमित मध्ये २२०जना निको भएका छन् भने ८ जनाको मृत्यु भैसकेको छ र कोभिड १९को संक्रमितको संख्या दिन प्रतिदिन बढी नै बढी नै रहेको छ  ।

कोभिड १९को उपचारमा अहिले कुनै औषधी तथा खोप नबनिसकेकोले लक्डाउनको पालना , संक्रमितहरुको दृढता र यो महामारीको पनि कुनै वास्ता नगरी स्वास्थ्यकर्मीहरुले संक्रमितहरुको उपचारमा निरन्तर गरेको सेवालाई सम्मान गर्नेपर्ने हुन्छ ।

तर यस्तोबेला पनि केही दिन अगाडि एउटा समाचारमा स्वास्थ्यकर्मी हरुलाई घरबेटीले आफू संक्रमित नभएको पुष्टि गर्नु पर्ने जस्तो कुराहरुले चर्चा पाएकोमा निकै दुख मान्दै गायक शिब लामीछाने शिबाजले

"अस्पतालको वार्डमा फुल्ने तिमी सुनाखरी  बोलको गीतलाई  नर्स - संग(nurse song ) को रुपमा  युट्युब मार्फत रिलिज गरेका  छन्  ।

अहिलेको परिस्थिति संगसंगै आफ्नो एउटा  पुरानो अस्पतालको घटनालाई पनि उनले यस गीत मार्फत सम्झने प्रयास गरेका छन् गायक शिवले  ।

उनले निक्कै अगाडि आफ्नो  एपेन्डिक्स् को सर्जरी भएको  बेला डाक्टरहरु अनि विशेष गरी नर्सहरुले गर्नु भएको सेवा -भावनालाई आफुले अहिले पनि सम्झिरहेको   तर पनि अहिले बेला बेला आउने यस्ता देश भक्त स्वास्थ्यकर्मीहरु बारे आउने नकारात्मक खबरले  आफुलाई अलि दुखी बनाएको बताऊछन् ।

  यस्तो विषम परिस्थितिमा पनि आफ्नो परिवार ,आफ्नो ज्यानको सुरक्षा केहि नहेरी  अग्रपंक्तिमा रहेर काम गर्नु हुने सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई हौसला दिनु पर्ने हो ठानेर संपूर्ण स्वास्थ्यकर्मी तथा नर्स हरुको लागिनै यो गीत समपर्ण गरेको गायक शिब लामिछाने बताउछन् ।

गोपाल देवानको रचना , न्ह्यु बज्राचार्यको संगीत , गोपाल रसाइलीको संगीत संयोजन रहेको गीतले भन्छ -

नाईटिङ्गेलको आदर्श ,बोकी ओठमा मधुरता

रुपमा होइन गुणमा खुल्छ खाँटी सुन्दरता

सेवा नै हो धर्म तिम्रो सेवा नै हो कर्तब्य 

 

झर्कि फर्की नगर्नु है , औसधी हो तिम्रो मुस्कान

मान्छे नै हो तिमि पनि लाग्छ होला धेरै थकान

कोमल होश तिम्रो स्पर्श सिस्नो जस्तो नपोलोश

तिमी नै हौ तिमी  नै हौ ,मानवताकी बिश्व सुन्दरी

अस्पतालको वार्डमा फुल्ने तिमी सुनाखरी 

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved