वीपी प्रतिष्ठानले भिड व्यवस्थापन गर्न नसकेको सेवाग्राहीको गुनासो "दैनिक ४ सय ७५ जनाको कोटा"

  • जेठ १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लकडाउनकै बिचमा शुरु गरिएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडि सेवा अव्यवस्थीत रहेको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।

ठुलो भिडभाड हुँदा कोरोनाको संक्रमण फैलिन सक्ने अवश्थामा पनि प्रतिष्ठानले व्यवस्थापन गर्न नसक्दा जोखिम बढ्न सक्ने प्रतिष्ठान आएका बिरामीहरु नै बताउँछन् ।

टोकन वितरण, बिल काट्ने कुराहरुमा व्यवस्थापन नभएको उनीहरुको भनाई छ । प्रतिष्ठानले सेवा दिने कोटा तोके पनि त्यो भन्दा बढी सेवाग्राहीहरु आउँदा थप समस्या भएको इटहरीबाट उपचारका लागि आएका हरि खतिवडा बताउँछन् । उनले भने, ‘आज ५० जनाको जाँच गर्ने भनेका छन्, तर सयको लाइन लागेको छ, कोटा अनुसारको लाइन लगाएर बाँकीलाई छुटाइदिदा अलिक सहज हुन्थ्यो, तर त्यस्तो व्यवस्थापन भएको छैन् ।’
बिरामीका आफन्तहरु बिहान ५ बजे देखि लाइनमा बसेका हुन्छन् । कुपन भने ८ बजे देखि वितरण हुने गरेको छ, यसले पनि सेवाग्राहीलाई समस्यामा पारेको उनको भनाई छ ।

चेकजाँच गर्ने र यस्तो अवश्थामा पनि सेवा सुचारु गर्नु राम्रो रहे पनि व्यवस्थापन नहुँदा कोरोना संक्रमण फैलिन सक्ने कि जोखिम रहेको उनले बताए । सेवाग्राहीहरुमा पनि कमजोरी रहेको उनी बताउँछन् । सेवाग्राहीहरुले पनि संयमता अपनाएर आफैनै सामाजिक दुरी कायम गरेर सेवा लिन सके राम्रो हुने उनले बताए ।
प्रतिष्ठानले विभिन्न १४ वटा विभागका लागि भनेर दैनिक ४ सय ७५ जनाको लागि कोटा छुट्टाएको छ । कुनै विभागमा १५ जना सम्म कोटा छुट्टाएको छ भने अलि महत्वपुर्ण विभागहरुमा ६० जना सम्म तोकिएको छ । सबै भन्दा बढी मेडिसिन, गाइनो, हाडजोर्नी, बच्चा वार्डहरुमा बढी भिड हुने गरेको छ ।
विभाग भित्रको चेकजाँच गर्ने स्थानमा भने सामाजिक दुरी अनिवार्य गराएर चिकित्सकहरुले सेवा दिईरहेका छन्, तर बाहिर पालोमा बस्नुपर्ने अवश्था र टोकन लिने अवश्थामा भने भिडभाड हुने गरेको छ ।

एकै पटक धेरै सँख्यामा सेवाग्राहीहरु आउने भएकाले पनि व्यवस्थापन गर्न समस्या रहेको प्रतिष्ठानका एक सुरक्षाकर्मी बताउँछन् । सेवाग्राहीहरु पनि आफै सचेत नहुँदा बढी भिड हुने गरेको उनले बताए ।

ओपिडि सेवालाई व्यवस्थीत गराउन मापदण्ड अनुसारनै कामहरु भइरहेको प्रतिष्ठानका प्रवक्ता डा. नितेश सापकोटा बताउँछन् ।

प्रतिष्ठान बढी भिड हुन नदिन मुख्य गेटमै टोकन वितरण गर्ने, भित्र पनि सेनिटाइज गराउने, ज्वरो नाप्नका लागि सुरक्षाकर्मीहरु परिचान गरिएको उनले बताए ।

उनले भने, ‘सामाजिक दुरी कायम गराउन गोलो घेरामा राख्ने गरेका छौं, पालै पालो भित्र प्रवेश गराउँछौं, एक पटकमा ५ जना सम्म मात्र भित्र पस्न पाउँछन् ।’ प्रतिष्ठान ठुलो भएकाले पनि व्यवस्थापन केही समस्या हुन सक्ने उनको भनाई छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved