धनकुटा, २१ जेठ ÷धनकुटाको सहिदभूमि गाउँपालिकामा एक जना युवामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मजदुरीको गर्ने क्रममा भारतको उत्तर प्रदेशबाट घर फर्किएका २४ वर्षीय पुरुषलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । गएको जेठ १३ गते उनीसँगै सहिदभूमि घर फर्किएका चार जना मध्ये स्वाब परिक्षणको क्रममा २४ वर्षीय पुरुषको रिर्पोट पोजेटिभ आएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए । कोरोना पोजेटिभको स्वास्थ्य मन्त्रालयद्धारा पुष्टि हुन भने बाँकी रहेको छ । उनीसँगै क्वारेन्टाइनमा रहेका अन्य तीन जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । सहिदभूमि गाउँपालिकाका ती युवामा कोरोना पोजेटिभ देखिएसँगै धनकुटा
काठमाण्डौं नेपालमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या २३०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रसे व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा बिकास देबकोटाले थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार नयाँ संक्रमितहरु मध्ये जना पुरुष १७९ र२२ जना महिला रहेका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए । उनको १५ गते कोरोना परीक्षणका लागि
विराटनगर । लामो समयको लकडाउनका कारण उद्योगधन्दा र व्यापार व्यवसाय नै चौपट भई आर्थिक रुपमा टाट पल्टने अवस्था भएको भन्दै प्रदेश १ को राजधानी विराटनगरको बजार खुलाउन माग भएको छ । विराटनगरका उद्योगी तथा व्यवसायीले निश्चित नियम बनाएर स्वास्थ्य जोखिम नहुने गरी बजार खोल्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गरेका हुन । उद्योगी र व्यवसायीका संस्थाले पनि कोरोनाका कारण विषम परिस्थिति उत्पन्न भएपनि लामो लकडाउनले आर्थिक क्षेत्र नै तहस नहस हुने अवस्था आएकोले बजार, व्यवसाय र व्यापार सहज गराउने विषयमा सरकराले निर्णय लिनुपर्ने माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष नरेन्द्रकुमार खड्क
विराटनगर । विराटनगरमा आजबाट बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुलेका छन् । यसअघि विराटनगरसहित जिल्लाभरका शाखाहरु दिन तोकेर मात्र संचालन हुँदै आएका थिए । विराटनगरमा ठूला बैंकका एक भन्दा अघिक शाखा रहेपनि कुनै एक क्षेत्रको मात्र खुल्दा सवाग्रहीको ठूलो घुइँचो र भिंडभांड हुने गरेको थियो । प्रदेश राजधानी विराटनगरमा २७ वाणिज्य बैंक, १० वटा विकास बैंक र ४ वटा फाइनान्स कम्पनीका शाखा छन् । विराटनगरमा कतिपय ठूला बैंकका चारवटासम्म शाखा छन् भने फाइनान्सका समेत एकभन्दा बढी शाखा छन । नेपाल राष्ट्र बैंक विराटनगरका प्रमुख रोशन सिग्देलले बुधबारबाट विराटनगरमा बैंकका सबै शाखा खुलेको जानकारी दिदैं भने,“आर
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बसेका ७ जना संक्रमित भेटिएका हुन् । उनीहरु सबै भारतबाट फर्किएका हुन् । क्वारेन्टाइनमा ५१ जना बस्दै आएका थिए । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा ती व्यक्तिमा संक्रमण देखिएपछि आइसोलेसनमा लाने तयारी भएको जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले जानकारी दिए ।
पुवाखोला–१ हाइड्रोपावरले उत्पादन गृहमा कार्यरत कर्मचारीलाई लामो समयदेखि तलब र अन्य सेवासुविधा नदिएको गुनासो छ ।इलाम नगरपालिका र देउमाई नगरपालिकाको बीचमा रहेको पुवाखोलामा तीन वर्षअघि निर्माण सम्पन्न भएको हाइड्रोपावरले २२ महिनादेखिको तलब नदिएको कर्मचारीहरुले गुनासो गरेका छन् । लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई हाइड्रोपावर कम्पनीले छ महिनादेखि एक वर्षको अन्तरालमा दुई महिनाको तलब खातामा लगाइदिने गरेको कर्मचारीहरु बताउँछन् । यसरी कहिले काही मात्र थोरै तलब दिने गरेकाले झण्डै दुई वर्षको तलब आफूहरुले पाउन बाँकी रहेको कर्मचारीहरु बताउँछन् । खाईपाई आएको तलब उपलब्ध गराउन अनुरोध गर्दा हाइड्रोपावर
सुनसरी । पछिल्लो समय प्रदेश नम्बर १ को झापामा कोरोनाको संक्रमण बढ्दै गएका छन् । भारतीय सिमानाका बाट आएका झापाका दक्षिणी क्षेत्रका गाउँहरुमा कोरोनाको जोखिम पनि बढ्दै गएको छ, यसै बिच मेचिनगर उद्योग वाणिज्य संघ धुलाबारीले भने बजार खोल्ने निर्णय गरेको छ । मंगलबार मेचीनगर उद्योग वाणिज्य संघ धुलाबारीको आयोजनामा जिल्लाका सबै उद्योग वाणिज्य संघहरूबीच सम्पन्न भएको बैठकले जिल्लाका सबै बजार जेठ २४ बाट खोल्ने निर्णय गरेको हो । एकातिर कोरानाको संक्रमण पनि बढ्दै गएको छ, अर्को तिर लकडाउनका कारण उद्योग कलकारखाना बन्द रहँदा उद्योगि व्यवसायीलाई ठुलो घाटा व्यहोर्नु परेको छ । त्यसैले बैठकले लकडाउनका कारण हाल ब
नेपालमा थप २८८ जनामा केरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या२०९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रसे व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा बिकास देबकोटाले थप२८८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार नयाँ संक्रमितहरु मध्ये जना पुरुष २७०र१८ जना महिला रहेका छन् । पछिल्लो २४ घण्टा ३४४० जनाको पिसिआर र २५८८ जनाको आरडिटि परीक्षण भएको छ । नेपालमा १ लाख ४५ हजार ३७५ क्वारेन्टिनमा रहेका छन् । संक्रमण पुष्टि भएका मध्ये २४६ जना उपचारपछि फर्किएका छन भने , देशभर आइसोलेसनमा १८२५रहेका छन् ।
काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी आर्थिक २०७७।७८ वर्षका लागि ७० करोडको बजेट विनियोजन गरेको छ ।कुल बजेटको ५६ प्रतिशत फिफाको अनुदान, १० प्रतिशत एएफसीको अनुदान र बाँकी ३४ प्रतिशत एन्फाको स्रोतबाट बजेटको व्यवस्थापन हुने जनाएको छ । कोरोनाका कारण फुटबल क्षेत्रमा भएको क्षति न्युनीकरणका लागि फिफाले दिएको राहत प्याकेजबाट १ लाख डलर बबराबर राहत वितरण गर्ने निर्णय गरेको छ । सोमबार बसेको कार्यसमितिको बैठकले ए , बी र सी डिभिजन क्लबहरुलाई समान ७५–७५ हजार राहत दिने समेत निर्णय गरेको छ । त्यस्तै जिल्ला संघहरुलाई पनि ७५ हजारका दरले सहयोग गर्ने निर्णय गरेको छ । बैठकले राष्ट्रिय टोलीका
धरान बजारधरान । सरकारले घोषणा गरेको लकडाउनको एक दिन अघि देखि धरानमा शुरु भएको लकडाउन आज ७२ दिन पछि धरान बजारमा चहलपहल हुन थालेको छ । कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्न सरकारले चैत्र ११ गते देखि देशैभरी लकडाउनको घोषणा गरेको थियो तर धरान उपमहानगरपालिकाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाहिरी जिल्लाबाट पनि बिरामीहरु आउने भएकाले अत्याधिक भिड हुन थाले पछि १० गते देखिनै धरानमा लकडाउनको घोषणा गरेको थियो । अहिले धरानका बजारहरु बिस्तारै खुल्न थालेका छन् भने निजी तथा भाडाका टेम्पो, सिटि सफारीहरु पनि चल्न थालेका छन् । धरानको मुख्य बजार महेन्द्र पथ, पुरानो बजार, देशिलाईनका सबै खाले पस