सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बसेका ७ जना संक्रमित भेटिएका हुन् ।
उनीहरु सबै भारतबाट फर्किएका हुन् ।
क्वारेन्टाइनमा ५१ जना बस्दै आएका थिए । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा ती व्यक्तिमा संक्रमण देखिएपछि आइसोलेसनमा लाने तयारी भएको जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले जानकारी दिए ।