थप २०१ जनामा कोरोनासंक्रमण पुष्टि , संक्रमितहरुको संख्या २३०० पुग्यो "कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ "

  • जेठ २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाण्डौं नेपालमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या २३०० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रसे व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा बिकास देबकोटाले थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

उनका अनुसार नयाँ संक्रमितहरु मध्ये जना पुरुष १७९ र२२ जना महिला रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् ।

उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए । उनको १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।त्रिवि शिक्षण अस्पतालमा सारिएका उनको उपचारका क्रममा बुधबार  मृत्यु भएको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशका ६१ जिल्लामा संक्रमण देखिएको छ।

नेपालमा हालसम्म संक्रमितमध्ये २७८ जना उपचारपछि निको भएका छन्।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved