पुवाखोला हाइड्रोपावरमा काम गर्ने कर्मचारीले २२ महिनादेखिको तलब पाएनन्

  • जेठ २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

पुवाखोला–१ हाइड्रोपावरले उत्पादन गृहमा कार्यरत कर्मचारीलाई लामो समयदेखि तलब र अन्य सेवासुविधा नदिएको गुनासो छ ।
इलाम नगरपालिका र देउमाई नगरपालिकाको बीचमा रहेको पुवाखोलामा तीन वर्षअघि निर्माण सम्पन्न भएको हाइड्रोपावरले २२ महिनादेखिको तलब नदिएको कर्मचारीहरुले गुनासो गरेका छन् ।

लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई हाइड्रोपावर कम्पनीले छ महिनादेखि एक वर्षको अन्तरालमा दुई महिनाको तलब खातामा लगाइदिने गरेको कर्मचारीहरु बताउँछन् । यसरी कहिले काही मात्र थोरै तलब दिने गरेकाले झण्डै दुई वर्षको तलब आफूहरुले पाउन बाँकी रहेको कर्मचारीहरु बताउँछन् । खाईपाई आएको तलब उपलब्ध गराउन अनुरोध गर्दा हाइड्रोपावर व्यवस्थापनले उल्टै जागिर छोड्न दबाव दिने गरेको इन्टेकमा कार्यरत कर्मचारी निर्मल घिमिरेले बताए ।
मृत्यु भइसकेका कर्मचारीको समेत सबै तलब उपलब्ध नगराएको कर्मचारीहरुको गुनासो छ । तलब नपाएपछि केहीले काम छोडेका छन् ।

अहिले २० जना कर्मचारी कार्यरत रहेका छन् । काम छोडिसकेकाले पनि आफ्नो तलब हालसम्म नपाएको बताएका छन् ।

निर्माणको क्रममा हाइड्रोपावरले स्थानीयलाई जागिर दिने शर्तमा जग्गा लिएको कर्मचारी बताउँछन् । ‘जागिर दिन्छौं भने जागिरको लोभमा हामीले उनीहरुकै मूल्यमा जग्गा दियौं’ कर्मचारी सुर्य घिमिरेले भने, ‘जागिर त दिए तर तलब दिएनन् ।’ अहिले त्यही जागिर पनि छोड्न दबाव दिइरहेको उनले बताए ।
जागिर दिने शर्तमै आफूले पनि हाइड्रोपावरलाई छ रोपनी खेत उसैले तोकेको मूल्यमा दिएको निर्मल घिमिरेले बताए । निर्माण अवधिमा नियमित तलब दिएपनि निर्माण सम्पन्न भएपछि भने नियमित तलब दिन छोडेको उनले बताए । कम्पनीले २३ जना कर्मचारीको ४० लाखभन्दा बढी तलब दिन बाँकी रहेको उनले बताए । कर्मचारीको मात्र होइन हाइड्रोपावरले निर्माणअवधिको कामदार, ठेकेदार र निर्माण सामग्रीको पैसासमेत भुक्तानी गर्न बाँकी रहेको बुझिएको छ । उत्पादन गृहमा रातको समयमा समेत ड्यूटी गर्नुपर्ने भएपनि गतिलो आवाससमेत बनाइदिएको छैन । बगरमा टीनले बारेको छाप्रोमा बसेर रातको समयमा ड्यूटी गर्न बाध्य हुनु परेको कर्मचारीले गुनासो गरेका छन् ।

प्लान्ट बन्द गर्ने

तलब माग गर्दा जागिर छोड्नु भनेर धम्की दिन थालेपछि कर्मचारीहरुले उत्पादन गृह (प्लान्ट) नै बन्द गर्ने बताएका छन् । एक सातामा पनि व्यवस्थापन पक्ष आएर सेवा सुविधा उपलब्ध नगराए उत्पादन गृहनै बन्द गर्ने सबै कर्मचारीहरुको भेलाले निर्णय गरेको कर्मचारी चन्द्र श्रेष्ठ बताउँछन् । ‘हामीले वडा कार्यालय, नगरपालिका र प्रशासनलाई समेत जानकारी गराइसकेका छौं’ कर्मचारी श्रेष्ठले भने, ‘हाम्रो समस्यामा हाइड्रोपावर गम्भीर नभएकाले हामी आन्दोलित हुन बाध्य भएका छौं ।’ चार मेगावाट क्षमताको सो हाइड्रोपावरको एक वर्षदेखि एउटा मेशिन बिग्रिएकाले उत्पादनको आधाभन्दा कम विद्युत मात्र उत्पादन भइरहेको छ ।
यता हाइड्रोपावरका कदम केसीले भने आयोजना घाटामा रहेकाले सयमै तलब दिन नसके पनि समय समयमा तलब भुक्तानी गर्दै आएको बताउँछन् । माघ महिनामा मात्र तलब भुक्तानी गरेको उनले बताए । तर, माघमा भुक्तानी गरिएको तलब अघिल्लो वर्षको दुई महिनाको भएको कर्मचारीहरु बताउँछन् । ‘आयोजना घाटामा छ, हामीले ऋण काढेर भएपनि केही महिनाको तलब दिइरहेका छौं’ हाइड्रोपावरका केसीले भने, ‘अब केही दिनमै हामी बाँकी तलब भुक्तानी गर्छौ ।’ दबावको भरमा काम नगरी जागिर खाइरहेकाले सबैलाई काममा लगाउन नसकिने उनले बताए । उनले भने, ‘एक पटकलाई भुक्तानी गर्छौ तर अब पनि छोडेनन् भने हामी अर्को पटक तलब खुवाउन सक्दैनौं ।

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved