धनकुटा सहिदभुमि गाउँपालिकाका २४ वर्षीय एक युवामा कोरोना संक्रमण

  • जेठ २१, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा, २१ जेठ ÷धनकुटाको सहिदभूमि गाउँपालिकामा एक जना युवामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

मजदुरीको गर्ने क्रममा भारतको उत्तर प्रदेशबाट घर फर्किएका २४ वर्षीय पुरुषलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । गएको जेठ १३ गते उनीसँगै सहिदभूमि घर फर्किएका चार जना मध्ये स्वाब परिक्षणको क्रममा २४ वर्षीय पुरुषको रिर्पोट पोजेटिभ आएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए ।

कोरोना पोजेटिभको स्वास्थ्य मन्त्रालयद्धारा पुष्टि हुन भने बाँकी रहेको छ । उनीसँगै क्वारेन्टाइनमा रहेका अन्य तीन जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ ।

सहिदभूमि गाउँपालिकाका ती युवामा कोरोना पोजेटिभ देखिएसँगै धनकुटामा कोरोना संक्रमितको संख्या ८ पुगेको छ । यस अघि धनकुटामा चार स्वास्थ्यकर्मी, दुई सुरक्षाकर्मी र एक स्वास्थ्यकर्मीको परिवारलाई कोरोना पोजेटिभ देखिएको थियो । उनीहरुको अहिले विराटनगरस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।

सहिदभूमिमा कोरोना पोजेटिभ देखिएका युवा शुरुमा सामान्य विरामी भएपनि अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

ती युवामा कोरोना पोजेटिभ देखिएसँगै उनलाई उपचारको लागि धरान या विराटनगर कहाँ लैजान भन्ने विषयमा छलफल भईरहेको गाउँपालिका अध्यक्ष राईले बताए ।

उनलाई भोलि एम्बुलेन्स मार्फत उपचारको लागि लैजाने पनि गाउँपालिकाले जनाएको छ । सहिदभूमि गाउँपालिकाका अहिले पोजेटिभ रिर्पोट आएका एक युवा सहित १७ जना क्वारेन्टाइनमा रहेका छन् ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved