काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी आर्थिक २०७७।७८ वर्षका लागि ७० करोडको बजेट विनियोजन गरेको छ ।
कुल बजेटको ५६ प्रतिशत फिफाको अनुदान, १० प्रतिशत एएफसीको अनुदान र बाँकी ३४ प्रतिशत एन्फाको स्रोतबाट बजेटको व्यवस्थापन हुने जनाएको छ ।
कोरोनाका कारण फुटबल क्षेत्रमा भएको क्षति न्युनीकरणका लागि फिफाले दिएको राहत प्याकेजबाट १ लाख डलर बबराबर राहत वितरण गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको कार्यसमितिको बैठकले ए , बी र सी डिभिजन क्लबहरुलाई समान ७५–७५ हजार राहत दिने समेत निर्णय गरेको छ । त्यस्तै जिल्ला संघहरुलाई पनि ७५ हजारका दरले सहयोग गर्ने निर्णय गरेको छ ।
बैठकले राष्ट्रिय टोलीका ३५ जना पुरुष र ३५ जना महिला टोलीका सदस्यलाई १५ हजारका दरले सहयोग प्रदान गर्ने निर्णय गरेको छ । एन्फा प्रशिक्षक, एन्फा कर्मचारी र लिग रेफ्रिहहरुलाई १० हजारका दरले राहत दिने निर्णय समेत भएको छ ।