समाचार

    Showing 9,551-9,560 of 10,057 items.
  • बिधानत: पाउने अधिकारबाट बञ्चित भएको भन्दै नेकपा बराहक्षेत्र नगर सचिवालय सदस्य अधिकारीले दिए राजीनामा

     बराहक्षेत्र / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बराहक्षेत्र नगर सचिवालय सदस्य राजु अधिकारीले नगर सचिवालय सदस्य एबम् पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन। पार्टीको संयन्त्र भित्र बिधान सम्मत आफुले पाउनुपर्ने अधिकारलाई पार्टीका नेतृत्वले हस्तक्षेप गरेको भन्दै आफुले राजीनामा गर्नुपरेको उनको तर्क छ। उनी भन्छन, पार्टीको बिधानतस् संयन्त्रमा बस्न पाउने अधिकारलाई हस्तक्षेप गर्दै नगर इन्चार्ज केशव तिम्सिना, अध्यक्ष कमल कट्वाल र मेयर निलम खनालले आसेपासेका मान्छे राखी संयन्त्र गठन गरेको हुदा राजीनामा गरेको हु। नगरप्रमुख निलम खनालले जनघनत्व र भौगोलिक अबस्थालाई नहेरी आसेपासेका वडालाई बजेट

    • प्रकाशित मितिः असार १३, २०७७
    • 1,110 पटक पढिएको
    • "सुबिन बिश्वकर्मा"
  • धनकुटाको पाख्रीवास नगरपालिकाले ७५ प्रतिशत अनुदानमा किसानहरुलाई कागती र सुन्तलाको विरुवा वितरण

    धनकुटा / धनकुटाको पाख्रीवास नगरपालिकाले ७५ प्रतिशत अनुदानमा किसानहरुलाई कागती र सुन्तलाको विरुवा वितरण गरेको छ । पाख्रीवासका किसानहरुलाई फलफुल खेतीमा व्यवसायिक बनाउन ९३ जना किसानलाई ३ हजार विरुवा वितरण गरिएको पाख्रीवास नगरपालिका कृषि शाखाकी प्रमुख ईन्द्रमाया तामाङले बताईन् । सबै वडामा गरी २ सय रोपनी क्षेत्रफलमा पुग्ने गरी ३ हजार संख्यामा किसमानलाई कागती र सुन्तलाको विरुवा वितरण गरिएको नगर प्रमुख बृर्ष बहादुर राईले बताए । चालु आर्थिक वर्षको किसानहरुलाई फलफुल खेतीमा व्यवसायिक बनाउने वर्षे कार्यक्रम अन्तरगत किसानलाई विरुवा वितरण गरिएको कृषि शाखाले जनाएको छ । कृषि र पर्यटनको प्रशस्त संम्भावना र

    • प्रकाशित मितिः असार १३, २०७७
    • 1,290 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • विश्रान्ती वृद्धाआश्रम धनकुटामा निशुल्क स्वास्थ शिविर तथा खाद्यान्न वितरण, ५० वृद्धबृद्धाहरुले सुविधा पाए 

    धनकुटा / तमोर नदी स्थित विश्रान्ति बृदा आश्रम, धनकुटामा बृहत निशुल्क स्वास्थ्य शिविर तथा खाध्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार, लायन्स क्लव अफ हेल्थि नेसन र लायन्स क्लव अफ दन्तकालीको आयोनामा कार्यक्रम सम्पन्न भएको हो । शिविरमा ५० जनाको स्वास्थ्य परिक्षण गरी औषधि वितरण र रगत संकलन समेत गरिएको थियो । संकलन गरिएको रगत धरान स्थित विर्तामोड षईगोनोस्टिक सेन्टरमा जाँच गरिने लायन्स क्लव अफ हेल्थि नेसनका महासचिव नरेन्द्र देवले बताए । रगतको परिक्षण र रोगको पहिचान पछि आवश्यकता अनुसार उपचार गरिने युवा अभियन्ता डाक्टर देवराज घिमिरेले बताए । लायन्स क्लवले देशको विभिन्न क्षेत्रमा समाजिक कार्

    • प्रकाशित मितिः असार १३, २०७७
    • 2,231 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अब धनकुटा र मेची अस्पतालबाट पनि कोरोना परीक्षण

    विराटनगर । कोरोना परीक्षणको दायरा बढाउन प्रदेश १ का दुई स्थानमा थप पीसीआर ल्याब स्थापना गर्ने सरकारले निर्णय गरेको छ । प्रदेश सरकारले यसअघि नै तयारी थालेपनि संघीय सरकारले यसबारे आज प्रस्ट्याएको छ । देशभर सरकारले थप १० वटा नयाँ प्रयोगशालाबाट कोरोना भाइरसको परीक्षण गर्ने तय भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थपिएका प्रयोगशालाहरूमा प्रदेश १ को मेची अस्पताल र धनकुटा जिल्ला अस्पताल रहेका छन् । पहाडी क्षेत्रमा कोरोना अस्पताल नै संचालन गर्न सांसदले प्रदेश १ को संसदमा माग उठाउँदै आएकोमा धनकुटामा ल्याब भने संचालन हुने भएको हो । यसबाहेक दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र

    • प्रकाशित मितिः असार १२, २०७७
    • 1,075 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा १० संक्रमित थपिए, प्रदेशभर कूल संख्या ५१९

    विराटनगर । प्रदेश १ मा शुक्रबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीको कोसी क्वारेनटाइनमा ८ जना र देवानगन्जस्थित क्वारेनटाइनमा २ जनामा कोरोना देखिएको हो । जसमा ६ जना पुरुष र ४ जना महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीमा कोरोना संक्रमितको सख्या ८५ पुगेको छ । यता, विराटनगरमा थप दुईजनामा कोरोना संक्रमण देखिएको छ । भारतबाट आएका विराटनगर ६ का ३१ वर्षीय पुरुष र २१ वर्षीया महिलामा संक्रमण देखिएको हो । उनीहरु सबैको विराटनगरस्थित कोशी अस्पतालको ल्याबमा कोरोना परीक्षण भएको थियो । विराटनगरमा कोरोना संक्रमितको संख्या १० जना पुगेको छ । आजै झापाको दमकमा २ पुरुष र १ महिला त

    • प्रकाशित मितिः असार १२, २०७७
    • 951 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विदेशबाट प्रदेश १ फर्कने युवालाई रु. ५ लाख कृषि ऋण दिइने

    विराटनगर । प्रदेश १ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले सदनमा विनियोजन विधेयकमाथि मन्त्रालयको बजेट शीर्षकमा उठेका विषयमा जवाफ दिएका छन् । उनले प्रदेश सरकारले कृषि क्षेत्रको लागि छुट्याएको अनुदान सही व्यक्तिले नपाएको भन्दै प्रश्नको जवाफ दिदैंभने,“प्रदेश प्रमुख कृषि नवप्रवद्र्धन कार्यक्रमको १२ करोड समानुपातिक हिसाबले खर्च होस भनि कुरा उठेका छ । सरकारले यसमा ध्यान दिनेछ ।” उनले कोरोनाको बेला तालिम र गोष्ठी धेरै भएकी भनेर उठाएको सवालमा नवप्रवद्र्धन कृषि कार्यक्रममार्फत विदेशबाट आउने र कृषिमा आबद्ध हुन चाहनेलाई छनोट गरी तालिम दिने बताए । मन्त्री मगरले रु. ५

    • प्रकाशित मितिः असार १२, २०७७
    • 1,275 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङमा बक्राहाले बगाएको महिलाको शव भेटियो

    विराटनगर । वर्षासंगै मोरङको बक्राहा खोलामा उर्लिएको बाढीले बगाएर मोरङमा एक महिलाको मृत्यु भएको छ । रतुवामाई नगरपालिका वडा नम्बर ५ गोबिन्दपुरकी ५५ वर्षीया मायादेवी साहलाई बक्राहा खोलाले बाढीले बगाउँदा मृत्यु भएको छ । बक्राहा खोला नजिकै चौपाया चराईरहेकी साहलाई अचानक खोलाको बाढीले बगाएको र बेपत्ता भएकोमा आज शव फेला परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । इलाका प्रहरी कार्यालय सिजुवा तथा स्थानीयवासी समेतले खोजतलास गर्ने क्रममा खोलाले बगाएको स्थानभन्दा करिव ३ किलोमिटर दक्षिण खोलाको डिलमा साहलाई मृत अवस्थामा फेला पारेको उक्त बताइएको छ ।

    • प्रकाशित मितिः असार १२, २०७७
    • 1,086 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हल्दिबारी गाउँपालिकाको घटना छानबिन गर्न माग

    विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठकमा सांसदहरुले स्थानीय तहको नीति कार्यक्रममा देखिएको समस्या र सडक निर्माणको ढिलासुस्तीबारे सरकारको ध्यानाकर्षण गरेका छन्।राप्रपाकी सांसद इन्दिरा राईले असार ७ गते हल्दिबारी गाउँपालिकामा नीति तथा कार्यक्रममा छलफल भईरहँदा अध्यक्ष रविन्द्र लिङ्देनमाथि भएको आक्रमणको निन्दा गर्दै घटनाको छानबिन हुनुनर्पे माग गरेकी छन्। भनिन,“ व्यापक छलफल भएपछि मात्र माग आउनु पर्छ भन्दाभन्दै अध्यक्षमाथि आक्रमण भएको छ । असार २९ गतेसम्म सभा अन्त्य गर्ने प्रस्ताव गरिएपनि सुनियोजित रुपमा आक्रमण भयो ।” राईले पर्यावरणीय हिसाबले महत्व राख्ने जलथल जंगलको सडकको नामकरणको कुनै अमु

    • प्रकाशित मितिः असार १२, २०७७
    • 936 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११ हजार ७सय ५५ पुग्यो

    आज थप ५९३ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ११ हजार ७सय ५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले थप ३३१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । मृत्यु हुनेमा एक ३० वर्षिया महिला रहेकी छन् ।  संक्रमित मध्ये १०७ महिला र ४८६ जना पुरुष रहेको उनले बताए ।   पछिल्लो २४ घण्टामा थप ४८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २६९८ जना रहेका छन् । नेपालमा हालसम्म ७६ जिल

    • प्रकाशित मितिः असार १२, २०७७
    • 607 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अवैध भारतीय रुपैयाँसहित महिला पक्राउ

    विराटनगर । विराटनगर जोगबनी नाकाबाट भारतीय रु. २ लाखसहित एक जना महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर १५ स्थित रानीबाट उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर–१७ बस्ने २५ वर्षीया कोरेसा खातुनलाई रहेको प्रहरीको भनाइ छ । उनको साथबाट रु. ५०० दरको भारतीय नोट ४०० थान गरी, जम्मा दुई लाख रुपैयाँ बरामद भएको हो । खातुनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    • प्रकाशित मितिः असार १२, २०७७
    • 877 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved