अब धनकुटा र मेची अस्पतालबाट पनि कोरोना परीक्षण

  • असार १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । कोरोना परीक्षणको दायरा बढाउन प्रदेश १ का दुई स्थानमा थप पीसीआर ल्याब स्थापना गर्ने सरकारले निर्णय गरेको छ । प्रदेश सरकारले यसअघि नै तयारी थालेपनि संघीय सरकारले यसबारे आज प्रस्ट्याएको छ ।

देशभर सरकारले थप १० वटा नयाँ प्रयोगशालाबाट कोरोना भाइरसको परीक्षण गर्ने तय भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थपिएका प्रयोगशालाहरूमा प्रदेश १ को मेची अस्पताल र धनकुटा जिल्ला अस्पताल रहेका छन् ।

पहाडी क्षेत्रमा कोरोना अस्पताल नै संचालन गर्न सांसदले प्रदेश १ को संसदमा माग उठाउँदै आएकोमा धनकुटामा ल्याब भने संचालन हुने भएको हो ।

यसबाहेक दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा नयाँ पीसीआर ल्याब संचालनमा आउने छन् ।

गत बुधबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालसहित सरोकारवालाहरूको बैठकले नयाँ प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको हो ।

प्रदेश १ को मेची अस्पताल र अर्को कुनै एक ठाउँमा पीसीआर ल्याब संचालन गर्नेबारे प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले सदनलाई जानकारी गराएका थिए ।

अहिले देशभर रहेका २१ वटा प्रयोगशालाबाट दैनिक ५ हजार जनाको कोरोना परीक्षण हुँदै आएको छ । प्रदेश १ मा दैनिक २ हजार जनाको परीक्षण गर्ने तयारीमा सरकारले रहेको मन्त्री आङ्बोले जनाएका छन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved