बिधानत: पाउने अधिकारबाट बञ्चित भएको भन्दै नेकपा बराहक्षेत्र नगर सचिवालय सदस्य अधिकारीले दिए राजीनामा

  • असार १३, २०७७
  • "सुबिन बिश्वकर्मा"
alt

 बराहक्षेत्र / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बराहक्षेत्र नगर सचिवालय सदस्य राजु अधिकारीले नगर सचिवालय सदस्य एबम् पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन।

पार्टीको संयन्त्र भित्र बिधान सम्मत आफुले पाउनुपर्ने अधिकारलाई पार्टीका नेतृत्वले हस्तक्षेप गरेको भन्दै आफुले राजीनामा गर्नुपरेको उनको तर्क छ।

उनी भन्छन, पार्टीको बिधानतस् संयन्त्रमा बस्न पाउने अधिकारलाई हस्तक्षेप गर्दै नगर इन्चार्ज केशव तिम्सिना, अध्यक्ष कमल कट्वाल र मेयर निलम खनालले आसेपासेका मान्छे राखी संयन्त्र गठन गरेको हुदा राजीनामा गरेको हु। नगरप्रमुख निलम खनालले जनघनत्व र भौगोलिक अबस्थालाई नहेरी आसेपासेका वडालाई बजेट दिने गरेको भन्दै पार्टी र नगरमा पटकपटक कुरा राखेको भए पनि सुनुवाइ नभएकाले पनि राजिनामा गर्नैपर्ने अबस्था सिर्जना भएको उनले बताए।

पुर्व नेकपा एमाले र माओवादी केन्द्रबिच एकीकरण भएपश्चात स्थानीय तहको निगरानी गर्न बराहक्षेत्रमा पार्टीको संयन्त्र गठन भएको छ। नगरका सह(इन्चार्ज तथा जिल्ला सचिवालय सदस्य पुष्प ढुंगानाको संयोजकत्वमा मेयर निलम खनाल, उपमेयर कमला मगर, पार्टी अध्यक्ष कमल कट्वाल र सचिव गजेन्द्र थापा, जेष्ठताको आधारमा निर्वाचित दुई वडा अध्यक्षहरु फडिन्द्र भट्टराई र दिपक लिम्बू र नगर कार्यलय सदस्य माधव तिम्सिना सहित ९ सदस्यीय संयन्त्र गठ्न भएको हो।

अधिकारी गत स्थानीय चुनाव ताका तत्कालीन नेकपा एमाले बाट उम्मेदवारी लिई भारी मतअन्तरले निर्वाचित वडा अध्यक्ष हुन। हाल बराहक्षेत्र ५ नम्बर वडाका अध्यक्ष अधिकारीले यसअगि साबिक भरौल गाबिसको दुई कार्यकाल पार्टी अध्यक्ष र भरौल गाबिसमा एक कार्यकाल वडा अध्यक्षको रुपमा काम गरिसकेको उनले आफ्नो राजीनामा पत्र मार्फत उल्लेख गरेका छन।
यता राजु अधिकारीको राजीनामालाई आबश्यक प्रक्रियामा लाने नगर अध्यक्ष कमल कट्वालले बताए। उनी भन्छन, अधिकारीको माग सम्बोधन योग्य भएकाले पार्टीभित्र छलफल गरि अगाडि बढाइने छ।

 

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved