समाचार

    Showing 9,521-9,530 of 10,056 items.
  • कोशी राजमार्गमा दुर्घटना हुदाँ एकको मृत्यु

    धनकुटा, १६ असार ÷कोशी राजमार्ग अन्तरगत धरान धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा ट्रक दुर्घटना हुदाँ ट्रक चालकको मृत्यू भएको छ । विराटनगरबाट फलाम, रड लगायतका सामान बोकेर संखुवासभातर्फ जादैं गरेको को.१ ख ४३६६ नम्बरको ट्रक गएराति ९ बजे अनियन्त्रित भई अचानक दुर्घटना हुदाँ ट्रक चालक २९ वर्षीय राजु श्रेष्ठको घटनास्थलमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ध्रुवकुमार श्रेष्ठले बताए । ट्रकका सहचालक तथा गाडी मालिक मानबहादुर कार्की भने सामान्य घाईते भएका छन् । उनी अहिले भेडेटार प्रहरी चौकीको नियन्त्रणमा रहेका छन् । दुर्घटनामा मृत्यू भएका चालक श्रेष्ठको लास

    • प्रकाशित मितिः असार १६, २०७७
    • 955 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • प्रदेश १ मा २१ प्रतिशत मात्रै धान रोपाई

    धरान । धान उत्पादनको उर्भरभुमि मानिने प्रदेश १ मा असार १४ सम्ममा २१ प्रतिशत मात्रै धान रोपाईँ भएको छ । प्रदेश १ मा धानखेती हुँदै आएको ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफल मध्ये ७३ हजार २ सय २३ दशमलव २५ हेक्टरमा मात्र धान रोपाईँ भएको छ । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर १ ले असार १४ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा ४ दशमलव ४४ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष १७ दशमलव ०४ प्रतिशत रोपाई भएको थियो । सोलुखुम्बुमा सबैभन्दा बढी ६० प्रतिशत धान रोपाईं सकिएको छ । ताप्लेजङमा ८ हजार ७ सय ३७ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा १४ प्रतिशत धान रोपाईं भए

    • प्रकाशित मितिः असार १५, २०७७
    • 1,722 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्मिताको हत्यारा सार्वजनिक,यौन हिंसा र पैसा हत्याको कारण

    हेटौंडा, आफ्नै परिवारबाट हेटौंडाकी २२ वर्षीया सुस्मिता केसी ९थापा०को हत्या मुख्यतः दुई कारणले भएको प्रहरीले निष्कर्ष निकालेको छ । हत्याकाण्डमा संलग्नताको आरोपमा पक्राउ परेका ४ जनालाई सोमबार सार्वजनिक गर्दै मकवानपुर प्रहरीले ससुराबाट भएको बलात्कार प्रयासको घटना लुकाउन र आर्थिक कारणले सुनियोजित हत्या भएको जानकारी दिएको छ । प्रहरीले ससुरा ५८ वर्षीय प्रकाश थापा, सासू तुलसा कुमारी थापा, जेठी नन्द दुर्गा थापा ९कार्की० र २३ वर्षीय नन्द सीता थापालाई सार्वजनिक गरेको छ । मकवानपुर प्रहरीका अनुसार ससुरा प्रकाशले बुहारी सुस्मितालाई घरको बाथरुममा बलात्कार प्रयास गरेका थिए ।  ससुराले घरमा रहेको

    • प्रकाशित मितिः असार १५, २०७७
    • 1,591 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटाको बजेट सार्वजनिक

    धनकुटा, १५ असार ÷धनकुटा नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७÷०७८ को लागि धनकुटा नगर सभाको सातौं अधिवेशन मार्फत बार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । वार्षिक नीति तथा कार्यक्रममा कोभिड–१९ को रोकथाम, शिक्षा र स्वास्थ्यमा गुणात्मक सुधार, कृषि तथा औधोगिक उत्पादन र विकास निर्माणको कार्यलाई तिब्रता, बालविकास कार्यक्रमलाई समेटिएको छ । मेयर कृषि पर्यटन कार्यक्रम, शहरी शासकिय क्षमता विकास कार्यक्रम, जलवायू अनुकुलन नमुना गाउँ कार्यक्रम (सिएसभी), एभोकार्डो अनुसन्धान तथा सिकाई केन्द्र, आफ्नै देशमा श्रम गरौं, नजाउँ विदेशमा भन्ने मुल ध्येयको साथ १ सय जना बेरोजगार युवाहरुल

    • प्रकाशित मितिः असार १५, २०७७
    • 902 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • पार्क र पाटी पौवा बनाएर मात्र पर्यटन विकास हुँदैन : प्रमुख सचेतक कार्की

    विराटनगर । क्रमभंग होइन क्रमैसंग जस्तो मात्र भएको कांग्रेसले टिप्पणी गरेको छ । प्रदेश १ सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटको विषयमा पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत विनियोजन विधेयकका शीर्षकमाथिको छलफलमा बोल्दै कांग्रेस प्रमुख सचेतक केदार कार्कीले बजेट नयाँ ढंगले नआएको टिप्पणी गरे । “पार्क र पार्टी पौवामात्र हो पर्यटन, संस्कृति, संस्कार होइन र पर्यटन ?,”कार्कीले भने,“विभिन्न जातिको संस्कार र संस्कृतिलाई सम्वद्र्धन गरेर जाने उल्लेख गरेको छैन् । । होमस्टे कसको संस्कृति झल्किएर जाने जस्ता विषयमा पनि बजेट मौन छ ।”कार्कीले पर्यटन नयाँ अनुभव, नयाँ दृश्य र नयाँ तर

    • प्रकाशित मितिः असार १५, २०७७
    • 1,708 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा १४ डिस्चार्ज, ७ संक्रमित थपिए

    विराटनगर, १५ असार । प्रदेश १ मा आज १४ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापाका ६, मोरंगका ४, सुनसरीका ३ र पाँचथरका १ जना रहेका छन् । आज डिस्चार्ज हुनेमा विराटनगर १० की ८ महिने बालिका देखि ५४ वर्ष सम्मका रहेका छन् । कोभिड उपचार केन्द्रमा जेठ २७ गतेदेखि असार ५ गते सम्म भर्ना भएकाहरु रहेको कोभिड १९ उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले बताउनुभयो । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ३ सय ९२ पुगेको छ । प्रदेश १ मा आज ७ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा १ जना महिला, उदयपुरको ताप्लीका २ पुरुष, खोटाङ दिक्

    • प्रकाशित मितिः असार १५, २०७७
    • 810 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान रोपाई महोत्सव लकडाउनले प्रभावित

    धरान । विगत ६ वर्ष देखि धरानको वडा नम्बर ६ स्थित पानवारीमा राष्ट्रिय धान दिवसको अवसर पारेर रोपाई महोत्सवको आयोजना गरिदै आएको थियो । तर यस वर्ष कोरोना संक्रमण र लकडाउनका कारण रोपाई महोत्सव हुन पाएन् । बेठी लगाएर मनाएर मनाइने महोत्सवले कृषकहरुमा पनि उर्जा प्रदान गथ्र्यो अनि रोपाई शुरु भएको आभाष हुन्थ्यो, महोत्सवमा विशेष आकर्षण विद्यार्थीहरुको हुन्थ्यो, लोप हुँदै गएको बेठी, धान रोपाई, हिलोमा खेल्दै परम्परागत रुपमा गरिने रोपाईको जात्रामा । तर यस वर्ष पानवारीवासीमा कुनै असार १५ को चटारो देखिएन, मकैबालि अझै पनि नउठ्दा रोपाईको कुनै पनि तयारी थिएन् । अघिल्लो वर्षहरुमा रोपाई महोत्सव गर्दै रोपाई हुने

    • प्रकाशित मितिः असार १५, २०७७
    • 1,745 पटक पढिएको
    • "दिनेश गजमेर"
  • स्रोत सुनिश्चित भएका योजना रोकिंदैनन : राज्यमन्त्री गुरुङ

    विराटनगर । प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विनियोजन विधेयकका शीर्षकमाथिको छलफलमा प्रदेशसभामा उठेका प्रश्नबारे राज्यमन्त्री अम्मिरबाबु गुरुङले जवाफ दिएका छन् । उनले एकद्वार प्रणालीबाट नै योजना छनोट गरिने बताउँदै सांसदहरुले छनोट गरेका योजनालाई मन्त्रालयले कटौती नगरेको दाबी गरे । भने,“विशेषत स्रोत सुनिश्चित भएका योजना नै हाम्रो प्राथमिकता हो ।” मन्त्री गुरुङले उपभोक्ता समिति ठेकेदारले आफैले नै बनाएर काम गर्ने गरेको जानकारी मन्त्रालयले प्राप्त गरेको र त्यसबारे छानबिन शुरु भएको सदनलाई जानकारी गराए । भने,“एक दुईवटा जिल्लामा यस्तो काम हुने गरेको र यसबारे मुख्यम

    • प्रकाशित मितिः असार १५, २०७७
    • 706 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हावा चल्दा र पानी पर्दा पनि बिजुली जान्छ : सांसद थापा

    विराटनगर । नेकपा प्रदेश १ की सांसद सरिता थापाले हावा चल्दा र पानी पर्दा बिजुली जाने परिपाटीले उज्यालो प्रदेशको सपना साकार नहुने बताएकी छन् । प्रदेशसभाको सोमबारको बैठकमा शुन्य समयमा बोल्दै थापाले भनिन्,“धेरै स्थानमा हावा चल्दा र पानी परेर बिजुली जाने गर्छ । पहाडी क्षेत्रमा पनि समस्या छ ।” उनले सुनसरीको दुहबी प्रसारण लाइनको क्षमता १४ मेघावाटको रहेकोले समस्या भएको बताइन । उनले प्रसारण लाइन विस्तार र क्षमता अभिवृद्धिमा ध्यान दिइनु पर्ने बताइन । संखुवासभा, तेह्रथुम र भोजपुरबाट पनि विद्युत उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको तर क्षमता भने नबढाइएको सांसाद थापाले बताइन । भनिन्,&rdqu

    • प्रकाशित मितिः असार १५, २०७७
    • 1,057 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरका मेयर र उपमेयरले रोपाईं गरे

    विराटनगर । धान दिवसको अवसरमा मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १९ मा सामूहिक रोपाईं गरिएको छ । महानगरपालिकाका मेयर भीम पराजुलीले रापाईं गरेर धान दिवसको शुभारम्भ गरेका थिए । पराजुलीले भने,“प्रमुख बालीको रुपमा धानखेती नै भएकोले पनि असार १५ को विशेष महत्व छ ।” उनले किसानले मानो रोपेर मुरी फलाउने भनाइलाई सार्थक गर्ने महिना नै असार भएको बताए । महानगरकी उपमेयर इन्दिरा कार्की, महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेल,कर्मचारी तथा स्थानीयले खेतका गह्रामा पसेर सामूहिक रोपाईं र रमाइलो गर्दै विराटनगरमा धान दिवस मनाएका छन् । खापटोलका स्थानीयवासीले उत्साहसाथ रोपाईंमा साथ दिएका

    • प्रकाशित मितिः असार १५, २०७७
    • 897 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved