स्मिताको हत्यारा सार्वजनिक,यौन हिंसा र पैसा हत्याको कारण

  • असार १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

हेटौंडा, आफ्नै परिवारबाट हेटौंडाकी २२ वर्षीया सुस्मिता केसी ९थापा०को हत्या मुख्यतः दुई कारणले भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

हत्याकाण्डमा संलग्नताको आरोपमा पक्राउ परेका ४ जनालाई सोमबार सार्वजनिक गर्दै मकवानपुर प्रहरीले ससुराबाट भएको बलात्कार प्रयासको घटना लुकाउन र आर्थिक कारणले सुनियोजित हत्या भएको जानकारी दिएको छ ।

प्रहरीले ससुरा ५८ वर्षीय प्रकाश थापा, सासू तुलसा कुमारी थापा, जेठी नन्द दुर्गा थापा ९कार्की० र २३ वर्षीय नन्द सीता थापालाई सार्वजनिक गरेको छ ।

मकवानपुर प्रहरीका अनुसार ससुरा प्रकाशले बुहारी सुस्मितालाई घरको बाथरुममा बलात्कार प्रयास गरेका थिए ।

 ससुराले घरमा रहेको बेला सुस्मिताको गोप्य अंगहरूमा छुने र यौनजन्य दुव्र्यहार गरेको प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले जानकारी दिए । यसरी बलात्कार प्रयास गरेपछि घटना लुकाउन ससुराले हत्याको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मृतक सुस्मिताको श्रीमान् रुपेन्द्र थापाको करिब १० महिनाअघि कपिलवस्तुस्थित ससुराली घरबाट आउँदा सवारी दुर्घटनामा ज्यान गएको थियो । छोराको मृत्यु कारण सुस्मिता रहेको भन्दै ससुरासहित ४ जनाले उनलाई मानसिक यातना दिँदै आएका थिए ।

रुपेन्द्रको मृत्युपछि हकवाला मृतक सुस्मिताले पाएको क्षतिपूर्ती वापतको ५ लाख रुपैयाँ पाउनु पर्ने माग घर पक्षले राखेपछि विवाद सुरु भएको प्रहरीले जनाएको छ ।

रुपेन्द्र काम गर्ने हेटौैंडास्थित क्लोजर सिस्टम इन्टरनेशनल प्रालि ९सिएसआई०बाट मृत्यु पश्चात पाउने बीमा, बोनस र तलबभत्ताको बाँकी रकम ३८ लाख २८ हजार ४ सय ७२ रुपैयाँ भुक्तानी लिने विषयमा हकवाला ससुरा प्रकाश, सासू तुलसा र मृतक सुस्मिताबीच विवाद भएको प्रहरी अनुसन्धानमा देखिन्छ ।

प्रहरी अनुसन्धानबाट सामाजिक सुरक्षा कोषबाट १ लाख ७७ हजार ९ सय ४८ रुपैयाँ मृतक सुस्मिताको खातामा अनलाइन पेमेन्ट भएको देखिन्छ । रुपेन्द्रको जीवन बीमा रहेको नेशनल लाइफ इन्स्योरेन्सबाट ससुरा प्रकाशले ९इच्छ्याएको व्यक्ति० १० लाख ६३ हजार ९ सय १४ रुपैयाँ लिएका थिए । सबै रकम निकालेर घरमा ससुरालाई दिनुपर्छ भन्दै घरपरिवारबाट सुस्मितालाई बारम्बार दवाब दिँदै आएको प्रहरीले जनाएको छ ।

प्रहरीले ५ असारमा ससुरा प्रकाश र नन्द सीतालाई पक्राउ गरेपनि सासू र जेठी नन्दलाई पछि पक्राउ गरेको थियो । घटना हुँदा जेठी नन्द दुर्गा काठमाडौंस्थित घरमा थिइन् । प्रहरीले काठमाडौंबाट पक्राउ गरी हेटौंडा ल्याएको हो । सुस्मिताको योजनाबद्ध हत्यामा उनको पनि संलग्ना रहेको भन्दै प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक राठौरले बताए ।

योजनाबद्ध हत्यालाई १३ दिन लामो अनुसन्धानपछि मकवानपुर प्रहरीले घटनाको रहस्य पत्ता लगाएको हो । घटनाको विषयमा अनुसन्धान गर्न प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको थियो । घटनाको अनुसन्धानमा प्रहरीले प्रदेश प्रमुख प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरको पनि प्रयोग गरेको हो ।

 

१ असार राति करिब साढे ९ बजे भान्साकोठामा खाना खाएर ससुरा प्रकाश र सासू तुलसा सुत्ने कोठातर्फ लागे । खाना खानुअघि ससुरा प्रकाश मदिराले लठ्ठ भएका थिए ।

त्यसपछि नन्द सीता र मृतक सुस्मिता भान्सा कोठामा खाना खाइरहेका थिए । सुस्मिता महिनावारी भएको कारण भान्साकोठाको भुँईमा बुसेर खाना खाँदै थिइन् । एक्कासी प्रकाशले काठको लौरो लिएर भान्सा कोठामा प्रवेश गर्दै सुस्मिताको टाउको प्रहार गरे र उनी लडिन् ।

भुँईमा लडेकी भाउजु सुस्मितामाथि नन्द सीताले पनि प्रहार गरिन् । सुस्मिताले बचाउ–बचाउ भन्दै आवाज निकालेपछि सासू तुलसा तलबाट भान्सा कोठामा आएकी थिइन् । तुलसालाई प्रकाश र सीता भएर भान्साकोठाबाट बाहिर निकाले । त्यसपश्चात प्रकाश र सीता मिलेर सुस्मिताको टाउकोमा पटक–पटक काठको लौरो र ढुंगाको लोहोरोले निर्ममता पूर्वक प्रहार गरी हत्या गरेका थिए ।

 हत्या गरेपछि भान्साकोठामा तिरबितर भएका सामानहरु र फुटेका सीसाको कचौराहरु सासू तुलसाले प्लाष्टिकको झोलामा हालेर भान्सा कोठाको बरण्डामा राखिन् ।

नन्द सीताले आमालाई सुत्ने कोठामा लगेर घटनाको विषयमा हल्ला नर्गन भनिन् । बाबु प्रकाश र छोरी सीता मिलेर हत्यालाई कसरी आत्महत्या बनाउने भन्ने योजना बनाउन थाले । उनीहरुले घटनास्थललाई आत्महत्या जस्तो देखाउनको लागि भान्साकोठामा बिग्रिएका सामानहरु सबै मिलाएका थिए ।

भान्साकोठामा भएको कपडाको चकटीले मृतक सुस्मिताको निधारमा भएको घाउ छोपे र लतपतिएको रगतहरु पनि पुछे । सीतालाई भान्सा कोठाबाट बाहिर निकालेर प्रकाश भान्साकोठा ढोका भित्रबाट चुकुल लगाउँदै पछाडिको आल्मुनियमको स्लाइडिङ झ्याल लगाएर घरको टपबाट बरण्डातर्फ निस्किए ।

प्रकाशले बरण्डामा रहेको सीसाको टुक्राहरु राखेको प्लाष्टिकको झोला र काठको लौरो घर पछाडि रहेको मकैबारीमा फाले । बाबु प्रकाश र छोरी सीताले रगत लागेको कपडा पाखालेर आफ्नो सुत्ने कोठामा गएका थिए ।

२ असार बिहान करिब ५ बजे छिमेकमा गएर प्रकाशले बुहारी सुस्मिताले भान्साकोठामा आत्महत्या गरेको बताए । स्थानीयहरुले प्रहरीलाई खबर गरेपछि डिएसपीको कमाण्डमा प्रहरी टोली घटनास्थल खटिएको थियो ।

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved