कोशी राजमार्गमा दुर्घटना हुदाँ एकको मृत्यु

  • असार १६, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा, १६ असार ÷कोशी राजमार्ग अन्तरगत धरान धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा ट्रक दुर्घटना हुदाँ ट्रक चालकको मृत्यू भएको छ ।

विराटनगरबाट फलाम, रड लगायतका सामान बोकेर संखुवासभातर्फ जादैं गरेको को.१ ख ४३६६ नम्बरको ट्रक गएराति ९ बजे अनियन्त्रित भई अचानक दुर्घटना हुदाँ ट्रक चालक २९ वर्षीय राजु श्रेष्ठको घटनास्थलमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ध्रुवकुमार श्रेष्ठले बताए । ट्रकका सहचालक तथा गाडी मालिक मानबहादुर कार्की भने सामान्य घाईते भएका छन् । उनी अहिले भेडेटार प्रहरी चौकीको नियन्त्रणमा रहेका छन् । दुर्घटनामा मृत्यू भएका चालक श्रेष्ठको लास पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा ल्याउने तयारी भईरहेको छ ।

अनियन्त्रित भई ट्रक पल्टिँदा सडक छेउमा रहेको स्थानीय अर्पणा लिम्बूको घर किचेको छ । ट्रकले घर किच्दाँ लिम्बूको १२ वर्षीया छोरी अजुनु लिम्बू सामान्य घाईते भएकी छिन् ।

उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ । उक्त दुर्घटनामा परेको ट्रकले घर किचेर करिब ५० मीटर तल खसेको छ । ट्रकले घर किच्दाँ करिब ७ लाख बराबरको क्षति भएको डिएसपी श्रेष्ठले बताए । ट्रक दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन । फलाम सहितको ट्रकलाई क्रेनको सहयोगमा भीरबाट बाहिर निकाल्ने प्रयास भईरहेको पनि प्रहरीले बताएको छ ।

नयाँ ब्यान्ड ‘समकाली ...

इटहरी/ नेपाली संगीत बजारमा नयाँ ब्यान्ड ‘समकालीन& ...

यूएन नवाेदयकलेजकी रु ...

धरान/ मोफसलकै चर्चित रियालिटी शो ‘एसईई आइडल सिजन& ...

वराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०८३/०८ ...

ब्राउन सुगरसहित दुई ...

धरान/  सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चो ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved