धनकुटाको बजेट सार्वजनिक

  • असार १५, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा, १५ असार ÷धनकुटा नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७÷०७८ को लागि धनकुटा नगर सभाको सातौं अधिवेशन मार्फत बार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

वार्षिक नीति तथा कार्यक्रममा कोभिड–१९ को रोकथाम, शिक्षा र स्वास्थ्यमा गुणात्मक सुधार, कृषि तथा औधोगिक उत्पादन र विकास निर्माणको कार्यलाई तिब्रता, बालविकास कार्यक्रमलाई समेटिएको छ ।

मेयर कृषि पर्यटन कार्यक्रम, शहरी शासकिय क्षमता विकास कार्यक्रम, जलवायू अनुकुलन नमुना2-(2) pic-1 गाउँ कार्यक्रम (सिएसभी), एभोकार्डो अनुसन्धान तथा सिकाई केन्द्र, आफ्नै देशमा श्रम गरौं, नजाउँ विदेशमा भन्ने मुल ध्येयको साथ १ सय जना बेरोजगार युवाहरुलाई १ सय दिनको रोजगारको ग्यारेण्टी लगायतका कार्यक्रम रहेको छ ।त्यस्तै स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागी खेलकुद कार्यक्रमलाई निरन्तरता, जनताको अपेक्षा, नगरको सुभेक्षा कार्यक्रम, फुसको छाना मुक्त वडा नं. ८ घोषणा कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत युवाहरुलाई आत्मनिर्भर स्वावलम्वी बनाउने कार्यक्रम, बाल मैत्री नगर घोषणा कार्यक्रम, जेष्ठ नागरिक रिफ्रसमेन्ट कार्यक्रम, साना सिचाँई कार्यक्रम, जनतासँग मेयर कार्यक्रम, कर डर होईन, नगरको विकासको भर लगायतको कार्यक्रम अगाडी बढाइएको छ ।

नगरसभामा नगर उपप्रमुख सकुन्तला बस्नेतले आगामी आर्थिक बर्ष २०७७÷०७८ को लागी ६१ करोड, ७९ लाख, ४६ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेकी छिन् । अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा ५५ करोड, ५६ लाख, २५ हजार ८ सय रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

आर्थिक वर्ष २०७७÷०७८ को लागी चालु बजेटतर्पm ४१ करोड, २३ लाख, ६६ हजार र पुँजीगततर्फ २० करोड, ७५ लाख, ८० हजार र वित्तिय व्यवस्थातर्फ ३० लाख रुपैया विनियोजन गरिएको छ । कुल बजेटको चालुतर्फ ६६.७४ प्रतिशत, पुँजीगततर्फ ३३.५८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ०.४८ प्रतिशत रहेको छ ।

आगामी बर्षको लागि प्रस्तावित खर्च व्यहोर्ने स्रोत मध्ये संघीय सरकारबाट प्राप्त समानिकरण अनुदान १२ करोड, ९१ लाख, राजस्व बाँडफाँडतर्फ ८ करोड, ३१ लाख, ८९ हजार र सर्शत अनुदान शिक्षा, स्वास्थ्य, कृषि, पशु तथा महिला बालबालिकातर्फ २६ करोड, ४४ लाख समावेश गरिएको उपप्रमुख बस्नेतले बताईन् ।

त्यस्तैगरी प्रदेश सरकारबाट प्राप्त हुने समपुरक अनुदान १ करोड, ५० लाख समानीकरण अनुदान ७३ लाख, ८१ हजार, राजश्व बाँडफाँडबाट प्राप्त हुने ९० लाख, ८१ हजार र सडक बोर्डसँगको सहकार्यमा प्राप्त हुने ५० लाख रहेको छ । यता संघीय सरकारबाट धनकुटा नगरपालिका–१ हिलेदेखि ओक्मालुङ सडक स्तरोन्नतिको लागी ४ करोड, आवास सहुलियत साझेदारी कार्यक्रमको लागी २ करोड रहेको र सामाजिक समावेशिकरणको लागी ३ करोड, ७५ लाख, ५४ हजार रहेको छ ।

नयाँ ब्यान्ड ‘समकाली ...

इटहरी/ नेपाली संगीत बजारमा नयाँ ब्यान्ड ‘समकालीन& ...

यूएन नवाेदयकलेजकी रु ...

धरान/ मोफसलकै चर्चित रियालिटी शो ‘एसईई आइडल सिजन& ...

वराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०८३/०८ ...

ब्राउन सुगरसहित दुई ...

धरान/  सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चो ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved