विराटनगर–प्रदेश १ सरकारले उद्योगका प्रकृति अनुशारको जनशक्ति उत्पादन गर्ने भएको छ । रोजगारीका नाममा दिने गरिएका तालिम, प्रशिक्षण प्रभावकारी नभएपछि प्रदेश १ सरकारले रोजगारदातासँग छलफल गर्दै उनीहरुका लागि आवस्यक जनशक्ति तयार गर्ने तयारी शुरु गरेको हो । सामाजिक विकास मन्त्रालयको रोजगारी प्रर्वद्धन, सीप विकास कार्यक्रम अन्र्तगत सुनसरी–मोरंग औद्योगिक करिडोरका ठुला उद्योगहरुसँग छलफल शुरु गरेको छ । उद्योगहरुको माग अनुसारको जनशक्ति तयार गर्नेगरि छलफल अघि बढाएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । बेरोजगारीलाई जागिर खोज्ने कामका लागि अहिले सम्म सरकारी स्तरबाट भएका तालिम खासै उपलब्धीप
विराटनगर / प्रदेश नं १ मा मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा आएको छ । आज एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले ड्यासबोर्डको उद्घाटन गर्नुभएको छ । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डबाट योजना, विकास निर्माण लगायत गतिविधि प्रत्यक्ष हेर्न मिल्ने र तत्कालै समस्या समाधान गर्ने गरी ड्यासबोर्डको निर्माण गरिएको हो । ड्यासबोर्ड उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकार डिजिटल प्रदेशको अवधारणामा अगाडि बढेको बताउनुभयो । डिजिटल प्रविधिमा आधारित भएर चुस्त दुरुस्त काम गर्नका लागि ड्यासबोर्ड प्रभावकारी हुने मुख्यमन्त्री राईको विश्वास छ । ड्यासबोर्डबाट प्रदेशमा सञ्चालित योजना, कार
इलाम / इलामकोे माङसेबुङ गाउँपालिकाले मातृभाषा शिक्षाका लागि १३ लाख १४ हजार ६ सय ३० रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७।०७८ का लागि गाउँपालिकाको ४ वटा सामुदायिक विद्यालयमा मातृभाषा शिक्षा पठनपाठन गराउन मातृभाषा पठन पाठन प्रोत्साहन कार्यक्रम अन्र्तरगत सो रकम विनियोजन गरेको हो । मातृभाषामा पठनपाठन गराउने सामुदायिक, धार्मिक वा वैकल्पिक विद्यालयहरुलाई मापदण्डका आधारमा कार्यक्रम अनुदान तथा मातृभाषा शिक्षक दरबन्दी अनुदानका लागि गाउँपालिकाले रकम विनियोजन गरेको हो । कार्यक्रम अन्तरगत माङसेबुङ ५ को किराँत साम्जिक मुन्धुम आधारभूत विद्यालयका लागि २ लाख ८८ हजार २ सय १० रुपैयाँ र सरस्वती माध्यमिक
सुनसरी । भारतीय न्युज च्यानलहरुले नेपालको विषयमा अतिरञ्जित सामग्री प्रसारण गरेको भन्दै केही भारतीय च्यानल बन्द गरेको थियो । तर धरानका एउटा केवलले भने बन्द घोषणा गरिएको च्यानल पनि प्रसारण गरिरहेको पाइएको छ । धरान स्थित धरान केबलको प्रसारण लाईनबाट प्रतिबन्ध गरिएका भारतीय च्यानल प्रसारण गरेको पाइएको छ । गत असार २५ गते च्यानल वितरक कम्पनीहरुले चिन सँग जोडेर नेपालका बारेमा अतिरञ्जित सामग्री प्रशारण गरेको भन्दै कम्पनीहरुले स्वतः स्फुर्त रुपमा त्यस्ता च्यानलको प्रशारण बन्द गर्ने निर्णय गरेको थियो । धरान केबलले आज तक लगायतका भारतीय च्यानलहरु अझै पनि प्रसारण गरिरहेको छ । सबैले बन्द गरेको च्यानल धरान क
काठमाडौं / सुनको मुल्य आज शुक्रबार वृद्धि हुदाँ अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ । तोलामा एकैदिन १३ सय रुपैयाँले वृद्धि हुदाँ अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ ।हिजो बिहिबार सुनको मुल्य तोलाको ९४ हजार रुपैयाँ कायम भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासघंका अनुसार बुधबार छापावाल सुुनको भाउ प्रतितोला १३ सयले बढेपछि तोलाको ९५ हजार ८०० रुपैयाँ शुक्रबार कायम भएको हो । त्यस्तै , तेजावी सुनको भाउ तोलाको ९५ हजार ३ सय ६५ रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च तोलाको ११ सय ५० रुपैयाँ पुगेको छ ।
धरान । सरकारले लागु गरेको लकडाउनको समयावधिमा बुझाउनु पर्ने जुनसुकै कर वा राजस्व तथा सरकारी सुविधाको जरिवाना छुट गर्ने घोषणा गरे पनि सरकारी निकायले नै जरिवाना लिने गरेको पाइएको छ । लकडाउनको समयमा लाइसेन्स रिन्यु गर्न नपाएका सवारी चालकहरुलाई इटहरी स्थित यातायात कार्यालयले जरिवाना लिने गरेको पाइएको हो । लकडाउनको समयावधिमा तिर्नुपर्ने जुनसुकै कर वा सरकारी सेवा शुल्क तिर्न नसकेका सेवाग्राहीलाई लकडाउन खुलेको ६० दिन भित्र कुनै पनि जरिवाना नलिने सरकारले घोषणा गरेको छ । त्यसै गरि प्रदेश १ सरकारले पनि आफ्नो बजेट तथा निती कार्यक्रममै पनि जरिवाना छुट दिने घोषणा गरेको थियो । तर इटहरी स्थित यातायात व्यवस्
इटहरी / वर्षाको मौसम सुरू भए संगै खोला तथा नदीमा आउने बाढीले तराइका जिल्लाहरू प्रभावित हुने क्रम बढ्दो छ । बाढी मानवबस्तीमा प्रवेश गरे पछि ठुलो धनजनको क्षति भइरहेको छ । प्रदेश १ प्रहरी कार्यालय बिराटनगरका अनुसार गत असार ३ गते देखि हाल सम्म वर्षाका कारण बिभिन्न खोला तथा पैनिहरूमा आएको बाढीले प्रदेश एकमा १७ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण खोलाहरूमा बाढी आउदा एक महिनामा १७ जनाले ज्यान गुमाएका छन् भने १७ जना बेपत्ता भएका छन् । बाढीले सबैभन्दा बढी मानवीय क्षती प्रदेश एकको झापा जिल्लामा पुर्याएको छ । झापामा एक महिनाको अवधिमा बाढीले ७ जनाको ज्यान लिएको प्रदेश एक प्रहरी कार्यालय बिराट
सुनसरी । विभिन्न मुद्धामा फरार रहेका ३ जनालाइ जिल्ला प्रहरी कार्यलय उदयपुरले पक्राउ गरि सम्बन्धित निकायहरु मा सजाय भुक्तानका लागि पठाएको छ । प्रहरी ले विशेष सुचना को आधारमा उदयपुरमै लुकिछिपी बसेको अवस्थामा उनी हरुलाइ पक्राउ गरेको हो । प्रहरिको अनुसार सवारी ज्यान मुद्धा लागेका उदयपुर त्रियुगा नगरपालिका २ मथियाई बस्ने बर्ष २१ को अशोक भन्ने बाबुराम प्रधान, बहुबिबाह मुद्धा लागेका उदयपुर त्रियुगा नगरपालिका १६ बस्ने बर्ष ३५ को टंक बहादुर राई र लागू औषध मुद्धा का उदयपुर चौदण्डिगढी नगरपालिका ६ सिर्वानी बस्ने बर्ष २६ को अमिर राई पक्राउ परेका हुन् । सवारी ज्यान मुद्धामा फरार रहेका प्रधानले सिन्धुली ज
धरान । धरान उपमहानगरपालिकाको विकाशका लागि विभिन्न योजनाहरुको विषयमा संघीय सरकारको ध्यानाकर्षण गराउन मेयर र उपमेयर सहितको टोलि काठमाण्डौ पुगेको छ । टोलिले विहिबार विभिन्न मन्त्रालयका मन्त्रीहरु सँग भेटघाट गरि धरानका महत्वपुर्ण योजना लगायत विकाश निर्माणको विषयमा जानकारी गराएका छन् । दुई दिन अघि काठमाण्डौं पुगेका धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, प्रमुख प्रशासकिय अधिकृत विदुर खनाल सहितका टोलीले खानेपानी आयोजना, बजार क्षेत्रमा कोशी राजमार्ग ८० फिट कायम गर्ने, बसपार्क, मदन भण्डारी सहायक राजमार्गको मापदण्ड, एयरपोर्ट लगायत योजनाहरुको बिषयमा मन्त्रालयहरुमा छलफल गरिरहेको छ । टोल
विराटनगर । चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि विराटनगरको विराट नर्सिङहोम सिल भएको छ । कार्यरत चिकित्सकमा बुधबार कोरोना पुष्टि भएको थियो तर अस्पतालले नाम, ठेगाना र फोन नम्बर गलत दिंदा प्रहरीलाई समेत पत्ता लगाउन किठन भएको थियो । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले अर्को सूचना नआउन्जेलसम्मको लागि नर्सिङ होम सिल गरिएको जानकारी दिएका छन् । संक्रमित एकाएक हराएको भन्दै विराटनगरभरि खैलाबैला भएपछि खोजी गर्दा अस्पतालका चिकित्सक भएको खुल्न आएको हो । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश १ को सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्य