मातृभाषा शिक्षाका लागि १३ लाख

  • साउन ९, २०७७
  • "भगिरथ भण्डारी"
alt

इलाम / इलामकोे माङसेबुङ गाउँपालिकाले मातृभाषा शिक्षाका लागि १३ लाख १४ हजार ६ सय ३० रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७।०७८ का लागि गाउँपालिकाको ४ वटा सामुदायिक विद्यालयमा मातृभाषा शिक्षा पठनपाठन गराउन मातृभाषा पठन पाठन प्रोत्साहन कार्यक्रम अन्र्तरगत सो रकम विनियोजन गरेको हो ।

मातृभाषामा पठनपाठन गराउने सामुदायिक, धार्मिक वा वैकल्पिक विद्यालयहरुलाई मापदण्डका आधारमा कार्यक्रम अनुदान तथा मातृभाषा शिक्षक दरबन्दी अनुदानका लागि गाउँपालिकाले रकम विनियोजन गरेको हो ।

कार्यक्रम अन्तरगत माङसेबुङ ५ को किराँत साम्जिक मुन्धुम आधारभूत विद्यालयका लागि २ लाख ८८ हजार २ सय १० रुपैयाँ र सरस्वती माध्यमिक विद्यालयका लागि २ लाख ८८ हजार २ सय १० रुपैयाँ तथा माङसेबुङ ३ को पवित्र आधारभूत विद्यालयका लागि २ लाख ८८ हजार २ सय १० रुपैयाँ विनियोजन गरेको छ ।

ती सबै विद्यालयमा एकरएक जना मातृभाषा शिक्षक दरबन्दी सिर्जना गरी स्थानीय मातृभाषाका रुपमा ‘लिम्बू भाषा’ मा पठनपाठन भइरहेको छ ।

त्यस्तै स्थानीय मातृभाषा पाठ्यक्रम तथा पाठ्य पुस्तक निर्माणका लागि ४ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।
सुत्केरी स्याहारमा ५ लाख आफ्नो गाउँपालिकाको महिला सुत्केरी हुँदा सुत्केरी स्याहार तथा पोषणका लागि अनुदान दिन ५ लाख रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष ०७७।८७ का लागि सुत्केरी स्याहार तथा पोषण कार्यक्रम अन्र्तरगत सो रकम विनियोजन गरेको हो ।

प्रसुतिको नियमित जाँच गराउन, संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न तथा समयमा नै जन्म दर्ता गर्ने कार्यलाई प्रोत्साहित गर्न सुत्केरी स्याहार तथा पोषण कार्यक्रम सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

सो कार्यक्रम अन्तरगत प्रति सुत्केरी महिलालाई गाउँपालिकाले आवश्यक प्रक्रिया पूरा गरी एकमुष्ठ ५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । यो कार्यक्रम माङेबुङ गाउँपालिकामा अघिल्लो आर्थिक वर्षदेखि नै संचालनमा आएको हो ।

 

यूएईमा रहेका नेपाली ...

 यूएई/नेपाली राजदूतावास अबूधाबी र नेपाल एसोसिएसन ( ...

एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ -याडिकल लाईट नेपाल प्रा.लि. धरानद्वारा आयोजित कोश ...

गाँजा ओसारपसारको नया ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित ...

धरानको तीनढ्वाङ्गे प ...

सुनसरी/  धरान उपमहानगरपालिका–८ स्थित हर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved