उदयपुरमा विभिन्न मुद्धामा फरार ३ अभियुक्त पक्राउ

  • साउन ८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । विभिन्न मुद्धामा फरार रहेका ३ जनालाइ जिल्ला प्रहरी कार्यलय उदयपुरले पक्राउ गरि सम्बन्धित निकायहरु मा सजाय भुक्तानका लागि पठाएको छ ।

प्रहरी ले विशेष सुचना को आधारमा उदयपुरमै लुकिछिपी बसेको अवस्थामा उनी हरुलाइ पक्राउ गरेको हो ।

प्रहरिको अनुसार सवारी ज्यान मुद्धा लागेका उदयपुर त्रियुगा नगरपालिका २ मथियाई बस्ने बर्ष २१ को अशोक भन्ने बाबुराम प्रधान, बहुबिबाह मुद्धा लागेका उदयपुर त्रियुगा नगरपालिका १६ बस्ने बर्ष ३५ को टंक बहादुर राई र लागू औषध मुद्धा का उदयपुर चौदण्डिगढी नगरपालिका ६ सिर्वानी बस्ने बर्ष २६ को अमिर राई पक्राउ परेका हुन् ।

सवारी ज्यान मुद्धामा फरार रहेका प्रधानले सिन्धुली जिल्लाको गोलन्जोर गा।पा।७ पलासे स्थितमा सवारी दुर्घटना गराई सवारी ज्यान मुद्दामा फरार रहेका थिए ।

उनलाइ पक्राउ गरि जिल्ला प्रहरी कार्यलय सिन्धुली पठाइएको जनाएको छ । त्यसै गरि २०६८ साल देखी बहु बिबाह मुद्दामा १० महिना १२ दिन कैद र ५ हजार रुपैया जरिवाना तोकिएको फरार राई उदयपुर जिल्ला अदालत पठाईएको छ ।

त्यस्तै २०७० चैत्र२५ गते सुनसरी जिल्ला अदालत बाट लागुऔषध मुद्धामा १३ दिन कैद तोकिएका फरार दोषी अमिर राईलाई पनि उदयपुर जिल्ला अदालत पठाईएको जनाएको छ ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved