बाढी र पहिरोमा परि प्रदेश १ मा १७ जनाको मृत्यु, १७ नै बेपत्ता

  • साउन ९, २०७७
  • "तेज बन "
alt

इटहरी /  वर्षाको मौसम सुरू भए संगै खोला तथा नदीमा आउने बाढीले तराइका जिल्लाहरू प्रभावित हुने क्रम बढ्दो छ । बाढी मानवबस्तीमा प्रवेश गरे पछि ठुलो धनजनको क्षति भइरहेको छ ।

प्रदेश १ प्रहरी कार्यालय बिराटनगरका अनुसार गत असार ३ गते देखि हाल सम्म वर्षाका कारण बिभिन्न खोला तथा पैनिहरूमा आएको बाढीले प्रदेश एकमा १७ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण खोलाहरूमा बाढी आउदा एक महिनामा १७ जनाले ज्यान गुमाएका छन् भने १७ जना बेपत्ता भएका छन् ।

बाढीले सबैभन्दा बढी मानवीय क्षती प्रदेश एकको झापा जिल्लामा पुर्याएको छ । झापामा एक महिनाको अवधिमा बाढीले ७ जनाको ज्यान लिएको प्रदेश एक प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । त्यसैगरी मोरङमा ५, सुनसरी २ जना धनकुटामा १ जना, संखुवासभामा १ जना, र उदयपुरमा १ जना गरी १७ जनाले बाढीमा ज्यान गुमाएको जनाएको छ ।

त्यसैगरी बाढी तथा पहिरोमा परी प्रदेश एकको सबै भन्दा बढी संखुवासभामा ११ जना बेपत्ता बनेका छन । त्यस्तै ताप्लेजुङमा १ जना, मोरङमा १ जना, सुनसरीमा २ जना, र तेह्रथुममा २ जना गरी १७ जना बाढी एवम पहिरोमा परी बेपत्ता बनेका प्रदेश एक प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यूएईमा रहेका नेपाली ...

 यूएई/नेपाली राजदूतावास अबूधाबी र नेपाल एसोसिएसन ( ...

एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ -याडिकल लाईट नेपाल प्रा.लि. धरानद्वारा आयोजित कोश ...

गाँजा ओसारपसारको नया ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित ...

धरानको तीनढ्वाङ्गे प ...

सुनसरी/  धरान उपमहानगरपालिका–८ स्थित हर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved