समाचार

    Showing 9,241-9,250 of 10,053 items.
  • सप्तकोसीमा पानीको बहाब बढदै, तटिय क्षेत्रमा सजगता अपनाउन आग्रह

     धरान /  पहाडी जिल्लाहरुमा सोमबार साझ देखि निरन्तर परेको बर्षाको कारण सप्तकोशी को बहाब पनि बढदै गएको छ । निरन्तरको बर्षाले तमोर नदी मुलघाट, धनकुटामा जलसतहले सतर्कता पार गरेको कारण सप्तकोशी को बहाब पनि बढदै गएको छ । कोशी ब्यारेजका अनुसार आज बिहान साढे ९ बजे को मापन अनुसार सप्तकोशिको बहाब १ लाख ८७ हजार ६ सय ३२ मापन गरिएको छ । सप्तकोशी मा बहाब बढदै गएकाले सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा दिउँसो सम्मै उच्च सतर्कता अपनाउन कोशी ब्यारेजले स्थानियलाइ आग्रह गरेको छ । मंगलबार देखि आउदो ३ दिन सम्म कन्काई, कोशी लगाएत प्रदेश १ का नदीमा बहाव खतरा आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 1,256 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हाइड्रोेले अन्य खोलाको पानी मिसाउन खोजिएको भन्दै आपत्ति

    इलाम / इलाममा निर्माणाधिन सुपरमाई हाइड्रोले अन्य दुई खोलाको पानी मिसानउन खोजेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । माईखोलामा निर्माणाधिन सुपरमाई हाइड्रोले अन्य दुई खोलाको पानी मिसाउन खोजेको भन्दै पत्रकार सम्मेलन गरी आपत्ति जनाएका हुन । प्रभावित क्षेत्रबाट गठित संघर्ष समितिले परियोजनाको मुुख्य पानीको श्रोत माइखोला मात्रै भएको दावी गर्दै माइखोला आसपासबाट बग्ने इङला खोला र समाह खोलाको पानी प्रयोग गर्न नदिने बताउँदै स्थानीय सँग समन्वय नभई काम अघि बडीरहेमा काम रोकिदिने चेतापनी दिएका छन । हाइड्रोले ‘स्थानीयबासीसंग सरसल्लाह बिना पानी प्रयोग गर्न लागिएकोमा हाम्रो गम्भीर आपत्ति छ’,

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 1,032 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • साता भित्रै एसइइको नतिजा सार्वजनिक गर्ने परिक्षा बोर्डको तयारी

    सुनसरी । लकडाउनका कारण परिक्षा नै स्थगित भएको माध्यमिक शिक्षा परिक्षाको नतिजा विद्यालयको आन्तरिक मुल्यांकनको आधारमा एक साता भित्र सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको जनाएको छ । देशै भरीका विद्यालयहरुले आन्तरिक मुल्यांकनका विवरणहरु पठाईसकेको र सकंलन भएका हार्डकपी र सफ्टकपी रुजुको काम अघि बढिरहेकाले यसै साता भित्र नतिजा सार्वजनिक गर्ने तयारीमा रहेको बोर्डका परिक्षा नियन्त्रक रामराज खकुरेलले बताए । उनका अनुसार २५ वटा समुह बनाएर विहिबार देखिनै हार्डकपी र सफ्टकपी रुजुको काम भईरहेको छ । शिक्षा पत्रकार समूहको सोमबारको ‘शिक्षाबार भर्चुअल संवाद’मा परीक्षा नियन्त्रक खकुरे

    • प्रकाशित मितिः साउन १२, २०७७
    • 1,011 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागुऔषध सहित बराहक्षेत्रका पिन्टु पक्राउ

    बराहक्षेत्र । सुनसरीको भित्रि गाउँ हुँदै शहरमा लागुऔषधको कारोबार गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय चक्रघट्टीले पक्राउ गरेको छ । जिल्लाको भित्री गाउँको बाटो हुँदै बजार सम्म लागुऔषधको कारोबार गर्ने बराहक्षेत्र नगरपालिकाको आन्द्रमोढका ३९ वर्षिय पिन्टु भन्ने अभिराज चौधरी पक्राउ परेका हुन् । उनको साथबाट डाइजेपाम ३१, फेनार्गन ३१, लुपीजेसिक ३१ एम्पुल बरामद गरेको छ । आइतबार को २४ प ४४४२ नम्बरको स्कुटीको डिकीमा लागुऔषध राखेर ल्याउने गर्दाको अवश्थामा उनी पक्राउ परेका हुन् । प्रहरीले विशेष सुराकीको आधारमा स्कुटीको सिट मुनि लुकाएर ल्याउँदै गरेको अवश्थामा चेकजाँचका क्रममा बराहक्षेत्र ४ स्थित सुनसरी ख

    • प्रकाशित मितिः साउन १२, २०७७
    • 1,165 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा महिला उद्यमीद्वारा मास्क वितरण

    विराटनगर । विराटनगर बजारमा मास्क नलगाई व्यापार गर्न बसेका व्यापारी र सडकमा भेटिएका सर्वसाधारणलाई मास्क वितरण गर्न शुरु गरिएको छ । विराटन व्यापार संघ महिला उपसमितिको पहलमा बजारका व्यापारी तथा मास्क नलगाईं हिंडिरहेका सर्वसाधारणलाई मास्क वितरण गर्न शुरु गरिएको हो । सोमबार महिला उपसमितिका सदस्यहरुले बजारमा कोभिड १९ को विषयमा सचेतना दिलाउँदै मास्क वितरण गरेका छन् । विश्वव्यापी रुपमा फैलिरहेको र विराटनगरमा संक्रमितको संख्या समेत बढ्न शुरु भएपछि बजार क्षेत्रमा सावधानी अपनाउन अनि मास्क अनिवार्य रुपमा लगाउन महानगरले समेत अपिल गरेको छ । विराटनगरको पुरानो गुद्रीबजारमा हात धुने व्यवस्थाका लागि पानीटंकी

    • प्रकाशित मितिः साउन १२, २०७७
    • 1,005 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ भर २३ जना कोरोना संक्रमित थपिए

    विराटनगर । प्रदेश १ मा सोमबार २३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९, झापामा २, पाँचथर र धनकुटामा एक एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५ महिला, २ पुरुष, रतुवामाईमा १२ पुरुष, झापाको बाह्रदशीमा २ पुरुष, पाँचथरको याङवरक र धनकुटाको महालक्ष्मीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमणको संख्या ९ सय ४५ पुगेको छ । प्रदेश १ बाट ७ सय ४७ जना डिस्चार्ज भईसकेका छन् । प्रदेश १ मा आज ५ सय १८ जनाको पीसीआर परीक्षण गरिएको छ । प्रदेश १ मा आज सम्म ४० हजार १८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले

    • प्रकाशित मितिः साउन १२, २०७७
    • 926 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा सवारी कार्वाहिमा ३० लाख राजश्व गिरावट

    इलाम / सवारी नियम मिच्ने साधनलाई कारबाहिबाट संकलन हुने राजश्व आर्थिक ०७५/७६ को तुलनामा ०७६/७७ मा कम भएको छ । कोरोना र लकडाउनका कारण ०७६।७७मा राजश्व संकलनमा कमी भएको हो । आर्थिक वर्ष ०७६।०७७ मा ८ हजार ७ सय १५ वटा सवारी साधनबाट कारबाहि स्वरुप ४९ लाख ९९ हजार राजश्व संकलन भएको छ । जुन गत वर्षको भन्दा कमी हो । अघिल्लो वर्ष सवारी साधनबाट ८० लाख १४ हजार ५ सय संकलन भएको थियो । लकडाउनको कारण चैत्र देखि सवारीसाधन बन्द भएका कारण अघिल्लो वर्षको तुलनामा ३० लाख १५ हजार ५ सय रुपैयाँ कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्याल इलामले जनाएको छ ।  कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०७६/७७मा १ सय ८६ वटा बसब

    • प्रकाशित मितिः साउन १२, २०७७
    • 936 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • ज्यान मार्ने मुद्धामा फरार उदयपुरका २ अभियुक्त पक्राउ

    सुनसरी । ६ वर्ष अघि उदयपुर जिल्ला अदालतले ज्यान मार्ने मुद्धामा कैद सजाय फैसला गरेको फरार २ अभियुक्तलाई उदयपुर जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी अदालतमा पठाएको छ । गत साउन ११ गते इलाका प्रहरी कार्यालय बेल्टारको टोलिले फरार अभियुक्तहरुलाई पक्राउ गरेको हो । २०७१ साल कात्तिक ९ गते जिल्ला अदालतले उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नम्बर १ को भालुखोपका वर्ष २८ का धन बहादुर राई र वर्ष २५ का अमर राईलाई ज्यान मार्ने उद्योग मुद्धामा ५/५ वर्ष कैद सजाय सुनाएको थियो । सोही समय देखि दुवै अभियुक्त फरार रहेका थिए । घरमै लुकिछिपी बसिरहेको अवश्थामा विशेष सुचनाको आधारमा प्रहरीले घर बाटै पक्राउ गरि कैद भुक्

    • प्रकाशित मितिः साउन १२, २०७७
    • 684 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप १३९ जनामा कोरोना संक्रमण पुष्टि, ६२६ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ / आज थप  १३९  जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १८ हजार ७ सय ५२ जना  पुगेको छ । थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका ६५ वर्षीय वृद्ध, धनुषाका ३६ वर्षीय पुरुष र बाराका ६० वर्षीय पुरुष रहेका छन् । नेपालमा हालसम्म ४८ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ६२६  जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १३ हजार ७ सय ५४ जना रहेका छन् । भोजपुर

    • प्रकाशित मितिः साउन १२, २०७७
    • 685 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नर्सलाई कोरोना संक्रमण भएपछि कोशी अस्पतालको पोस्टनाटल वार्ड सिल

    विराटनगर । विराटनगरको विराट नर्सिङ होम (विराटनगर अस्पताल) का संक्रमित चिकित्सकको सम्पर्कमा रहेका चार जना नर्सलाई पनि कोरोना देखिएको छ । संचालक चिकित्सकलाई कोरोना भएपछि अस्पतालमा कार्यरत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीको स्वाब संकलन गरी परीक्षणमा पठाइएको थियो । कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षण गर्दा थप चार जनामा संक्रमण पुष्टि भएको हो । विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले भने,“अस्पताल सञ्चालक तथा चिकित्सक डा.ज्ञानेन्द्रमान सिंह कार्कीलाई संक्रमण देखिएपछि उहाँको सम्पर्कमा रहेका २ सय २७ जनाको स्वाब संकलन गरेर परीक्षणमा पठाएका थियौं । ” महानगरले अस्प

    • प्रकाशित मितिः साउन १२, २०७७
    • 1,151 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved