हाइड्रोेले अन्य खोलाको पानी मिसाउन खोजिएको भन्दै आपत्ति "प्रभावित क्षेत्रमा समन्वय नभए बन्द गरीदिने चेतावनी"

  • साउन १३, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम / इलाममा निर्माणाधिन सुपरमाई हाइड्रोले अन्य दुई खोलाको पानी मिसानउन खोजेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । माईखोलामा निर्माणाधिन सुपरमाई हाइड्रोले अन्य दुई खोलाको पानी मिसाउन खोजेको भन्दै पत्रकार सम्मेलन गरी आपत्ति जनाएका हुन ।

प्रभावित क्षेत्रबाट गठित संघर्ष समितिले परियोजनाको मुुख्य पानीको श्रोत माइखोला मात्रै भएको दावी गर्दै माइखोला आसपासबाट बग्ने इङला खोला र समाह खोलाको पानी प्रयोग गर्न नदिने बताउँदै स्थानीय सँग समन्वय नभई काम अघि बडीरहेमा काम रोकिदिने चेतापनी दिएका छन ।

हाइड्रोले ‘स्थानीयबासीसंग सरसल्लाह बिना पानी प्रयोग गर्न लागिएकोमा हाम्रो गम्भीर आपत्ति छ’, संघर्ष समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘यी दुइ खोलाको पानी कुनै पनि शर्तमा परियोजनामा मिसाउन नदिने समितिको निर्णय छ ।’
संघर्ष समितिले इङला र समाह खोलाको पानी ल्याउनका लागि बनाइदै गरेको संरचना तत्काल रोक्न आग्रह गरेको छ । संघर्ष समितिले हाइड्रो प्रोजेक्टले लगानी गर्नुपर्ने सामाजिक उत्तरदायित्वको रकमको खर्चको पारदर्शीतामा समेत प्रश्न उठाएको छ ।

सोमबार सदरमुकाममा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले कुनैपनि हालतमा सहायक खोलाको पानी मिसाउन नदिने बताए । ‘त्यसका लागि हामी जनप्रदर्शन देखि कानुनी उपचारसम्मको बाटो रोज्छौ’, संघर्ष समितिका सदस्य हुकुमलाल थेवेले भने,‘हामीलाई मनोवैज्ञानिक त्रास समेत देखाइदैछ ।’सहायक खोलाको पानी समेत परियोजनामा मिसाउँदा वातावरणीय प्रभाव पर्ने, सिचाईका लागि असुविधा हुने भएकाले अन्य खोलाको पानी परियोजनामा नमिसाउन पटक पटक आग्रह गरेपनि परियोजनाले कुनै सुनुवाइ नगरेको संघर्ष समितिका कुशबहादुर थेवेले बताए ।

‘हामीले पटक पटक आग्रह गरेका छौ, केही दिन रोकेको जस्तो गर्नुहुन्छ, फेरी काम थालिहाल्नुहुन्छ’, थेवेले भने । संघर्ष समितिका सचिव मानबहादुर गुरुङ्गले परियोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन लगायतको रिपोर्ट माग गर्दा आलटाल गर्ने गरेको बताए । परियोजनाले स्थानीयको सरोकारलाई वेवास्ता गर्ने र अवैध रुपमा अन्य खोलाको पानी मिसाउन खोजेपछि आवश्यकताले संघर्ष समिति बनाएको बताए । उनले विकासको नाममा विनास गर्न नदिने बताए ।

 

तथ्यांक अभावले धरानम ...

धरान/ पूर्वी नेपालको पर्यटकीय शहर धरान उपमहानगरपालिका अ ...

पुलिस र डिपोट स्कुल ...

धरान/ १२औँ मनमोहन स्मृति अन्तरविद्यालय फुटबल प्रति ...

यातायात मजदुर संगठन ...

पानबारी/ नेपाल यातायात मजदुर संगठनले मंगलबार ४७औँ ...

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved