साता भित्रै एसइइको नतिजा सार्वजनिक गर्ने परिक्षा बोर्डको तयारी

  • साउन १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । लकडाउनका कारण परिक्षा नै स्थगित भएको माध्यमिक शिक्षा परिक्षाको नतिजा विद्यालयको आन्तरिक मुल्यांकनको आधारमा एक साता भित्र सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको जनाएको छ ।

देशै भरीका विद्यालयहरुले आन्तरिक मुल्यांकनका विवरणहरु पठाईसकेको र सकंलन भएका हार्डकपी र सफ्टकपी रुजुको काम अघि बढिरहेकाले यसै साता भित्र नतिजा सार्वजनिक गर्ने तयारीमा रहेको बोर्डका परिक्षा नियन्त्रक रामराज खकुरेलले बताए ।
उनका अनुसार २५ वटा समुह बनाएर विहिबार देखिनै हार्डकपी र सफ्टकपी रुजुको काम भईरहेको छ ।

शिक्षा पत्रकार समूहको सोमबारको ‘शिक्षाबार भर्चुअल संवाद’मा परीक्षा नियन्त्रक खकुरेलले विगतमा देशभरका विवरण बोर्डमा ल्याएर मार्क लेजर तयार पार्दा केही प्राविधिक त्रुटि देखिने गरेकोमा यसपटक विद्यालय आफैंले लेजर तयार पारेकाले त्रुटि कम हुने अनुमान गरिएको बताए । एसइई मूल्यांकनका सन्दर्भमा विद्यालयहरू र इकाईहरूसमेत गम्भीर नदेखिँदा केही जिल्लामा समस्या देखिएको खकुरेलले बताए ।

सरकारले कोभिड–१९ का कारण परीक्षा लिन सक्ने स्थिति नभएपछि विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय लिएको हो । यस वर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै थिए । कोभिड १९ को महामारीका कारण परीक्षा सुरू हुनु एक दिनअघि ५ चैतमा परीक्षा स्थगित गरिएको थियो ।

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved