बिराटनगर ।साधना देवी उत्कृष्ट प्रहरी पुरस्कारको सम्झौता नविकरण, पुरस्कार वितरण तथा पुरस्कार कोषका संस्थापक हाडजोर्नी विभाग, वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका प्राध्यापक डा. बिक्रम प्रसाद श्रेष्ठलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित कार्यक्रमका विच सम्मान गरिएको छ । कार्तिक १४ गते आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङ र पुरस्कार कोषका संस्थापक प्राध्यापक डा. बिक्रम प्रसाद श्रेष्ठले नविकरण गरिएको सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो । सम्झौता नविकरण पश्चात कार्यक्रमका प्रमुख अति
हरियो घाँस खाएर गाइले गोब्य्राएको गोबर अनि त्यसै गोबरले लिपेको हरियो हरियो नेपथ्यको रगंको पूरापूरी ओभानो नभइसकेको आँगन, कमेरो माटोले या राता माटाले माटाकै भित्ता पोतेको घर अनि हरियो गोबरले लिपेको, केराका थम्बाहरुले बनाएको द्वार, थम्बामा दियो राख्न बाँसका साना साना टुक्रा घुसारीएका टेकोहरू, आँगनमा मिठो मिठो आउने सेलरोटी, अर्सा अनि अर्नसाको वासना । प्याट्ट पुट्ट गरेर पड्किरहेका पटाका, झिरझिर गरिरहेको छुरछुरी (झिरझिरे), आकाश छुँला जस्तो गरि उज्यालोको फोहोरा छर्ने फूलझरी लगायतका रौनकहरु आजको दिनको विशिष्टता हो । आजको दिन राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवानको पूजा अर्चना गरिन्छ । घर
धरान/इन्डोनेसियाको लमबोक टापुमा आयोजना भएको मिस सुप्राग्लोबल २०२४ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी कुसुम कुँवरले एउटा महत्वपूर्ण उपाधि जित्न सफल भएकी छिन् । प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा कुसुमले मिस साउथ इष्ट एशिया नोबल क्वीनको ताज पहिरिन सफल भएकी हुन् । यस अघि आरके इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा सम्पन्न मिस ग्राण्ड नेपाल २०२४ मा मिस ग्राण्ड गण्डकीको उपाधि जितेकी कुसुमलाई यस पश्चात् मिस सुप्राग्लोबलमा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त भएको हो । सो प्रतियोगितामा सहभागि हुनु अघि कुसुमले संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर
धरान । बराहक्षेत्रको सप्तकोशी नदी स्थित चतरा नहरमा आगामी कार्तिक १६ गते हुने पानी सुल्के प्रतियोगिताको प्रवर्धनका गर्न बुधबार खाली खुट्टा पत्रकारहरुले अर्धनग्न फुटबल खेलेका छन् ।जसलाई बगर फुटबल खेल भनिन्छ ।यसरी बगरमा अर्धनग्न खेल खेल्दा स्वास्थ्यको दृष्टिबाट पनि राम्रो र लाभ हुने भएकाले पानी सुल्के प्रतियोगिताको प्रवद्र्धन गर्न नेपाल पत्रकार महासंघ सुनसरी र चतरा हाइकिंङ समुह बीच मैत्री पुर्ण फुटबल खेलेको पानी सुल्के प्रतियोगिताका कार्यक्रम संयोजक नवराज विष्टले बताए । उनले भने,‘नेपालमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको पानी सुल्के प्रतियोगिता हामीले आयोजना यसपाली दोश्रो पटक हो,यस खालको प्रत
धरान/ यो बर्षको तिहारमा सयपत्री फूलको अभाब हुने भएको छ । सयपत्री फूल समयमा नै नफुलेकाले फूल बजार सम्म आएको छैन ।गत बर्षहरुमा आज काग तिहारको दिनदेखि नै सयपत्री फुलले बजार फुलमय हुने गरेको थियो । तर यो बर्ष भने बजारमा फूल नदेखिएपछि स्वयम् व्यापारीहरु नै अन्यौलमा परेका छन् । गत साल सयपत्री फूल बजारमा फ्याला फ्याल अर्थात सस्तो भएको थियो । फूलको अभाब हुने भएपछि यस बर्ष भने सयपत्री फूलको बजार भाउ महंगो हुने संकेत देखिएको कृर्षि उपज बजार धरान १३ का बजार व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । उनले भने,‘यो बर्ष लोकल सयपत्री फूल अहिले सम्म बजारमा आउन सकेको छैन,भारतीय फूल पनि आएको
विराटनगर/ नेपाली कांग्रेस कोशी प्रदेशको सम्मेलन आगामी मंसिर २२ गते हुने भएको छ । नेपाली कांग्रेस प्रदेश समितिका सभापति उद्धव थापाको अध्यक्षतामा बसेको पूर्ण बैठकले केन्द्रीय सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा विराटनगरमा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र आर्थिक प्रस्ताव तयारीका लागि क्रमशः महामन्त्री भूपेन्द्र राई, उमेश थापा र कोषाध्यक्ष राजेश गुप्तालाई जिम्मेवारी दिइएको प्रवक्ता यदुकुमार विष्टले जानकारी दिए । प्रवक्ता विष्टका अनुसार बैठकले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा कांग्र
काठमाडौं/प्रत्येक बर्ष काग तिहारको दिनबाट तिहार अनि यमपञ्चक शुरु भएको मानिन्छ । तिहारको पहिलो र महत्वपूर्ण दिनलाई नै काग तिहार भनिन्छ । तिथिको आधारमा मनाईले हुनाले यो वर्ष २७ गते बिहीवार बेलुकी ०६ बजेर ३० मिनेटबाट त्रयोदशी तिथि शुरु भएसँगै तिहार शुरु भएको मानिन्छ र आज विहान कागको पूजा गरिन्छ । तिहार पर्व कार्तिक कृष्ण त्रयोदशी देखि शुरु भई कार्तिक शुक्ल द्वितीया तिथिसम्म पाँच दिन मनाईन्छ । आजकै दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । कागलाई सन्देश प्रवाहक प्राणीको रुपमा लिईन्छ । काग करायो भने केही सन्देश या पाहुना आउने जनाउका रुपमा नेपाली समाजमा लिने चलन अझै पनि रहे
धरान/ नेकपा माओवादीले जनयद्धताको भुमिगतकालदेखि नै सुरुवात गरेको श्रम अभियानलाई धरानका विभिन्न वडाहरुमा निरन्तरता दिदैं आएको छ । जनयद्धको भुमिगतकालमा जनताको बाटो बनाउने देखि लिएर अत्याअवस्कीय जीवन उपयोगी कुराहरुको निम्ति श्रम अभियानलाई सन्चालन गरी आमुल परिवर्तनको लागि जनताको घरदैलो सम्म नै पुगेर उक्त श्रम अभियानको सुरुवात गरे अनुरुप नै अहिले पनि त्यही कुरालाई धरानमा निरन्तरता दिदैं आएको नेकपा माओबादी केन्द्रका धरान नगर इन्चार्ज चोत्लुंगले बताए । उनले भने,श्रम अभियानलाई अहिले पनि जनताको घरदैलोमा गएर निरन्तरता नै दिदै आइरहेका छौ,यो अभियान भनेको जनतासँग प्रत्यक्ष रुपमा जोडिएर जनताको आ
सुनसरी/ २८ वर्ष भारतीय सेनाको सेवापछि निवृत्त भई कृपाश्वर घले गुरुङ घर फर्किए । सुनसरीको तरहरास्थित आफ्नो घर फर्किंदा अवकाशको जीवन कसरी बिताउने पत्तो थिएन । २१ वर्षअघि मलेसियाका साथीले नेपाल आउँदा ल्याइदिएको बिरुवाले यसरी फल दिन्छ भन्ने उनले सोचेका पनि थिएनन् । ड्रागन फलको त्यही बिरुवाबाट अहिले उनी यसको व्यावसायिक खेतीमा क्रियाशील छन् । सुरुमा त उनलाई थाहा थिएन, यो फल यत्ति महङ्गो र स्वास्थ्यका लागि लाभदायी हुन्छ भनेर । अन्य फलको तुलनामा यसको मूल्य निकै रहेकाले उनी यसतर्फ आकर्षित बनेका हुन् । व्यवसाय सुरु गर्दा स्थानीय बजारहरुमा पनि प्रतिकेजी रु एक हजार दुई सयमा बिक्री वितरण हुने
धरान/ सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको नतिजा परीक्षाफल प्रकाशित हुँदा लज्जास्पद भई हरेक बर्ष आलोचना हुँदै आएको छ । सरकारले अरबौं अरब रकम सरकारी विद्यालयको गुणस्तर सुधार गर्नको निम्ति लगानी गर्ने तर परीक्षाको नतिजा भने ओरालो तर्फ लाग्ने भएकाले पनि सामुदायिक विद्यालय र शिक्षकले आलोचना खेप्नु परेको हो ।अंग्रेजी,नेपाली र गणित विषयमा विद्यार्थी सामुदायिक विद्यालयमा कमजोर बनेको परिणामले देखाउँदै आएको छ । गणित विषयमा त झनै विद्यार्थी अत्यत्नै कमजोर बन्ने गरेका छन् । आलोचना खेप्दै आएका कोशी प्रदेशका शिक्षकहरुले उक्त कुराको महसुस गरी सोमबारदेखि धरानमा शिक्षकहरु कसरी विद्यार्थीलाई प