समाचार

    Showing 8,891-8,900 of 10,052 items.
  • ज्यान मार्ने उद्योग मुद्धाका फरार अभियुक्त पक्राउ

    धरान / इलाका प्रहरी कार्यलय धरानले धरान १४ वस्ने ससिम राईलाई पक्राउ गरेको हो । राईलाई आज उनकै घरमा लुकीछिपि बसेको अवस्थामा पक्राउ गरेको हो । रार्ईले मिति २०७६ असार १० गते राति आइतबारे सडकमा धरान १४ पिण्डेश्वर वस्ने रंजित तामाङलाई धारिलो हतियार छुरा प्रहार गरेका थिए । राईलाई धारिले हतियार छुरा प्रहार गरी ज्यान मार्ने उद्योगमा मुद्धा गरेको थियो । सुनसरी जिल्ला अदालतबाट फरार रहेका उनलाई अदालतबाट पकाउ अनुमति प्राप्त भई कार्यलयबाट खटिएको प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा राईलाई पक्राउ गरेको हो ।

    • प्रकाशित मितिः भदौ १२, २०७७
    • 1,008 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ७४ संक्रमित थपिए, २० जना डिस्चार्ज

    विराटनगर, १२ भदौ । प्रदेश १ मा आज ७४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४१, मोरङ र झापामा १४–१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।     मन्त्रालयका अनुसार आज सुनसरीको इनरुवामा ६ महिला १४ पुरुष, धरानमा ५ महिला ४ पुरुष, इटहरीमा ५ पुरुष, देवानगञ्जमा २ महिला २ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको विराटनगरमा २ महिला ५ पुरुष, लेटाङमा १ महिला २ पुरुष, सुन्दरहरैचा र रंगेलीमा २–२ पुरुषमा संक्रमण देखिएको छ । उता झापाको कमलगाउँपालिकामा २ महिला ७ पुर

    • प्रकाशित मितिः भदौ १२, २०७७
    • 883 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा सबै भन्दा बढी ४१ जनामा कोरोना संक्रमण

    सुनसरी । सुनसरीमा सबै भन्दा बढी ४१ जनामा कोरोना संक्रमण देखिए संगै प्रदेश १ मा शुक्रबार ७४ जना कोरोना संक्रमित थपिएका छन् ।   यो संगै प्रदेशमा कोरोना संक्रमीत ३ हजार १ सय ४ पुगेका छन भने २७ जनाको मृत्यु भएको छ । शुक्रबार थपिएकामा सबै भन्दा बढी सुनसरीमा ४१ सहित मोरङ र झापामा १४–१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।   मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा ६ महिला र १४ पुरुषमा संक्रमण देखिएको छ भने धरानमा ५ महिला र ४ पुरुषमा पुष्टि भएको छ । यस्तै, इटहरीमा ५ पुरुष, देवानगञ्जमा २ महि

    • प्रकाशित मितिः भदौ १२, २०७७
    • 787 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ६९ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ भदौ १२ शुक्रबार १६:२५:२१ प्रकाशित/  आज थप ९ सय २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ३६ हजार ४ सय ५६    जना  पुगेको छ । नेपालमा मृतकको संख्या  १९० जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप १ सय ६९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २० हजार २ सय ४२  जना रहेका छन् ।  शुक्रबार काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४  स

    • प्रकाशित मितिः भदौ १२, २०७७
    • 792 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सिजी ग्रुपका मालिक विनोद चौधरीलाई कोरोना संक्रमण

    नेपालका अर्बपति व्यवसायी एवम् सिजी ग्रुपका मालिक नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कोरोना पोजिटिभ देखिएको छ । चौधरीले शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना भएको सार्वजनिक गरेका हुन्। आज बिहान चौधरीलाई पिसिआर परीक्षणको रिर्पोट पोजिटिभ आएको हो ।

    • प्रकाशित मितिः भदौ १२, २०७७
    • 732 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • किबीबाट बनेको प्रिन्सेस वाईन बजारमा आउँदै

    सुनसरी । धनकुटाको किबी फलबाट उत्पादन भएको प्रिन्सेस वाइन बजारमा आउने भएको छ । माउण्ट एभरेष्ट वाइनरीको उत्पादन ‘प्रिन्सेस’वाइन लकडाउनकै बीच बजारमा लौजाने तयारी गरेको छ । केहि दिनमै नेपालको प्रमुख सहरहरु सँगै नेपाली बजारमा वाइन र्पुयाउन लागिएको कम्पनीका प्रबन्ध निर्देशक विष्णु बास्तोलाले बताए । उनले भने, पूर्वी पहाडी जिल्लामा उत्पादन भएको किबी फल सँगै अन्य फलफूलबाट उत्पादन गरेको प्रिन्सेस वाइनको बजारीकरणको तयारी गरेका छौं ।’ उत्पादनको काम सबै सकिएको र बजारमा लौजान मात्र बाँकी रहेको उनको भनाई छ । उनले भने, लकडाउनको कारण हामीले उत्पादन गरेको वाईन बजारमा लौजान सकेको थिएनौ, हामी

    • प्रकाशित मितिः भदौ १२, २०७७
    • 1,124 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ठूलो धनराशी पुरस्कार भएको टिकटक प्रतियोगिता बराहक्षेत्रमा हुँदै

    बराहक्षेत्र । प्रदेश नम्बर एक स्थित सुनसरीको बराहक्षेत्रमा आजसम्मकै ठूलो धनराशी पुरस्कार भएको सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता २०७७ हुने भएको छ। बिहीबार पत्रकार भेटघाट गर्दै सदाबहार मिडिया प्रालिद्वारा आयोजना हुन गइरहेको प्रतियोगिता भाद्र १३ गतेदेखी कार्तिक २८ गतेसम्म संचालन हुने जनाईएकोछ। प्रतियोगिताको पहिलो चरण अन्तर्गत भाद्र १३ गतेदेखी २८ गतेसम्म आबेदनको रुपमा सहभागीले सदाबहार मिडियाको अफिसियल पेजमा आफ्नो टिकटक भिडियो लिंक पठाउनेछन भने त्यसमध्ये भ्युजको आधारमा उत्कृष्ट १सय सहभागीलाई दोस्रो चरणमा प्रवेश गराइने कार्यक्रम संयोजक देब भट्टराईले बताए। असोज १९ गते दोस्रो चरणमा उत्कृष्ट

    • प्रकाशित मितिः भदौ १२, २०७७
    • 1,691 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ९ जनामा कोरोना संक्रमण, धरानमा संक्रमितको संख्या १ सय ३४ पुग्यो

    धरान । धरानमा आज ९ जनामा कोरोना संक्रमण पुष्टि भए सङै धरानमा कोरोना संक्रमीतको संख्या १ सय ३४ पुगेको छ भने ३ जनाको मृत्यु भएको छ । शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक जना नर्स र एन्फा क्वारेनटाइनमा खटिएका दुई जना नेपाली सेना सहित ९ जनामा कोरोना सङ्क्रमीत थपिएका हुन । शुक्रबार सङ्क्रमण पुष्टि हुनेमा धरान १७ को एन्फा क्वारेनटाइनमा खटिएका ३४ र २७ वर्षीय पुरुष नेपाली सेना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमरजेन्सी वार्डमा कार्यरत २५ बर्षीया नर्स, सर्जरी वार्डमा कार्यरत हेल्थ एडको १९ बर्षीया छोरी, धरान १७ का थप ५ जना कनट्र्याक्ट ट्रेसिङका ५९ बर्षीया महिला, ३३

    • प्रकाशित मितिः भदौ १२, २०७७
    • 1,059 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिरहाका एक कोरोना संक्रमितको मृत्यु

    धरान / धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिरहाका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार प्रदेश नम्बर २ सिरहा नगरपालिका वडा नं २का ५५ वर्षीय पुरुषको प्रतिष्ठानमा उपचरका क्रममा ६ः४५ मा मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार मृतकमा उच्च रक्तचापको समस्या रहेको र २० वर्ष अगाडी क्षयरोगको औषधि १८ महिना सेवन गरेको बताएका छन् । उनका अनुसार अत्यधिक खोकी, श्वास फेर्नमा समस्या, ज्वरो आएपछि भदौ ६ गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना भएका उनको ७ गते रिपोर्ट पोजेटिभ आएको र उनलाई प्रतिष्ठानको कोभिड १९ उपचार केन्द«मा सरिएको उनलाई थ

    • प्रकाशित मितिः भदौ ११, २०७७
    • 955 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटामा जारी लकडाउन थप एक हप्ता सम्म कायमै रहने

    धनकुटा, ११ भदौ ÷धनकुटामा जारी निषेधाज्ञा पुनः एकहप्ताको लागि थप गरिएको छ । कोभिड–१९ संकट व्यवस्थापन समितिको आज सम्पन्न बैठकले एकहप्ताको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । धनकुटामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम कायम रहेकाले संक्रमणलाई रोक्नको लागि २०७७ भदौ ११ गतेदेखि भदौ १७ गतेसम्मको लागि निषेधाज्ञा जारी राखिएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले बताए । धनकुटाको सहिदभूमि गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीमा भदौं ४ गते कोरोना भाइरसको संक्रमण देखिएपछि सोही दिनदेखि धनकुटामा भदौ ११ गतेसम्म निषेधाज्ञा घोषणा गरिएको थियो । छिमेकी जिल्लाहरुमा समुदायस्तर

    • प्रकाशित मितिः भदौ ११, २०७७
    • 1,151 पटक पढिएको
    • "सन्तोष रुचाल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved