सुनसरी । सुनसरीमा सबै भन्दा बढी ४१ जनामा कोरोना संक्रमण देखिए संगै प्रदेश १ मा शुक्रबार ७४ जना कोरोना संक्रमित थपिएका छन् ।
यो संगै प्रदेशमा कोरोना संक्रमीत ३ हजार १ सय ४ पुगेका छन भने २७ जनाको मृत्यु भएको छ । शुक्रबार थपिएकामा सबै भन्दा बढी सुनसरीमा ४१ सहित मोरङ र झापामा १४–१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा ६ महिला र १४ पुरुषमा संक्रमण देखिएको छ भने धरानमा ५ महिला र ४ पुरुषमा पुष्टि भएको छ । यस्तै, इटहरीमा ५ पुरुष, देवानगञ्जमा २ महिला र २ पुरुष छन् भने कोशी गाउँपालिकामा ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
यसैगरि, मोरङको विराटनगरमा २ महिला र ५ पुरुष, लेटाङमा १ महिला र २ पुरुष, सुन्दरहरैचा र रंगेलीमा २–२ पुरुषमा संक्रमण देखिएको छ । उता, झापाको कमल गाउँपालिकामा २ महिला र ७ पुरुष, मेचीनगरमा ३ पुरुष, हल्दीबारीमा १ पुरुष र शिवसताक्षीमा १ महिलामा संक्रमण देखिएको छ ।
संखुवासभाको पाँचखपनमा १ पुरुष र खाँदबारीमा १ महिलामा संक्रमण पुष्टि भएको छ भने पाँचथरको फाल्गुनन्दमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज २० जना डिस्चार्ज भएका छन् ।
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ र विराटनगर अस्पताल आईसोलेसन केन्द्रबाट २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा १ हजार ५१६ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज १ हजार ३२७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८५ हजार २ सय २ जनाको पीसीआर परीक्षण भएको छ ।