ठूलो धनराशी पुरस्कार भएको टिकटक प्रतियोगिता बराहक्षेत्रमा हुँदै

  • भदौ १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

बराहक्षेत्र । प्रदेश नम्बर एक स्थित सुनसरीको बराहक्षेत्रमा आजसम्मकै ठूलो धनराशी पुरस्कार भएको सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता २०७७ हुने भएको छ।

बिहीबार पत्रकार भेटघाट गर्दै सदाबहार मिडिया प्रालिद्वारा आयोजना हुन गइरहेको प्रतियोगिता भाद्र १३ गतेदेखी कार्तिक २८ गतेसम्म संचालन हुने जनाईएकोछ।

प्रतियोगिताको पहिलो चरण अन्तर्गत भाद्र १३ गतेदेखी २८ गतेसम्म आबेदनको रुपमा सहभागीले सदाबहार मिडियाको अफिसियल पेजमा आफ्नो टिकटक भिडियो लिंक पठाउनेछन भने त्यसमध्ये भ्युजको आधारमा उत्कृष्ट १सय सहभागीलाई दोस्रो चरणमा प्रवेश गराइने कार्यक्रम संयोजक देब भट्टराईले बताए।

असोज १९ गते दोस्रो चरणमा उत्कृष्ट २० जनाको भिडियोमा आएको भ्युजको आधारमा छनोट गरिनेछ। क्रमशः ५ औं चरणसम्म भोटिङको आधारमा उत्कृष्ट १५, १०,५, ३ छनौट हुनेछन् । कार्तिक २८ गते बिजेता घोषणा गरिने बिज्ञप्तीमा उल्लेख गरिएको छ।

सहभागीले अर्को चरणमा प्रवेश गरेपछि प्रत्येक नयाँ चरणमा नयाँ भिडियो पठाउनुपर्ने र अश्लीलता भएको भिडियो अमान्य हुने, कुनै जात, धर्म, पेशा, समुदाय र राष्ट्रियतामा आच आउने खालको भिडियो भएमा मान्य नहुने व्यवस्थापक रमेश यादबले जानकारी दिए।

आयोजकले प्रतियोगिताको विशेषस् प्रतियोगीले आवेदन शुल्क तिरेको रसिद, नाम, ठेगना, सम्पर्क नम्बर सदाबहारको फेसबुक पेजमा इन्बक्स गर्नुपर्ने, १५ सेकेन्ड भन्दा माथीको नेपाली भाषाको भिडियो हुनुपर्ने, सहभागीले आफ्नै अभिनयको भिडियो पठाउनुपर्ने, सहभागीले सर्त पालना नगरे भिडियो रद्द गरिने र आवेदन शुल्क फिर्ता नहुने लगाएतका नियमहरु राखेको प्रतियोगिताका प्रबक्ता किरण चौलागाईंले बताए।

प्रतियोगितामा प्रथम हुनेले प्रमाणपत्र सहित नगद रु। १ लाख ५० हजार, द्वितीय र तृतीय हुनेले क्रमशः नगद रु। १ लाख र ५० हजार र प्रमाणपत्र प्राप्त गर्ने आर्थिक संयोजक भरत खड्काले बताए।

यसअघि बराहक्षेत्रलाई मात्र लक्षित गर्दै प्रथम बराहक्षेत्र टिकटक प्रतियोगिता गरिसकेको सदाबहार मिडिया प्रालिले यसपटक ञभिडभाड रहित दशै मनाऔ, सामाजिक दुरी कायम गर्दै टिकटकमा रमाऔझ भन्ने नाराका साथ राष्ट्रव्यापी रुपमा संचालित भएको हुदा नेपालमा स्थायी बसोबास गरि हाल बिश्वका जुनसुकै ठाउमा भएकाले पनि सहभागी हुन पाउने सदाबहार मिडिया प्रालिका अध्यक्ष भवानी धिमालले बताए। उनले भने, हामीले बुझेका छौ कि यो कठिन परिस्थिति छ। त्यसैले हामीले यसको सदुपयोग र लुकेर बसेका कलाहरुलाई स्थान दिएका हौ।

प्रतियोगितामा भाग लिन सहभागीले रु। १०० प्रवेश शुल्क स्वरुप आयोजकले तोकेको खल्ती एप, आई।एम।इ पे मार्फत बुझाउनुपर्ने छ।

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved